निर्णय नं. ३०५७ - उत्प्रेषण युक्त परमादेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०५७ - उत्प्रेषण युक्त परमादेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/११/२८ २४८५ निर्णय नं. ३०५७ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रि.नं. २१९१ विषय : उत्प्रेषण युक्त परमादेश जारी गरिपाउँ। निवेदक : जि.मकवानपुर हेटौंडा नगर पञ्चायत वार्ड नं. ४ चिसापनी बस्ने द्वारिकानाथ ढकाल। विरुद्ध विपक्षी :श्री इन्द्र सिंह कार्की निमित्त महाप्रबन्धक दि टिम्बर कर्पोरेशन अफ नेपाल, केन्द्रीय कार्यालय हेटौंडा। श्री संचालक समिति,दि टिम्बर कर्पोरेशन अफ नेपाल बबर महल काठमाडौं। श्री गोबिन्द राम भक्त माथेमा महाप्रबन्धन दि टिम्बर कर्पोरेशन अफ नेपाल बबर महल काठमाडौं। श्री दि टिम्बर कर्पोरेशन अफ नेपाल केन्द्रिय कार्यालय हेटौंडा मकवानपुर। आदेश भएको मिति: २०४३।११।२८।५ मा सहायक स्तर पदमा महाप्रबन्धकले नियुक्ति गर्ने र परिच्छेद ७ को नियम ७.२ अनुसार सजायँको आदेश दिने अधिकार महाप्रबन्धलाई हुनेछ भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । निवेदक सहायकस्तरको कर्मचारी भई निजलाई निमित्त महाप्रबन्धकले बर्खास्ती गरेकोमा विवाद देखिएन, सो नियमको परिच्छेद २ को नियम २.८ मा महाप्रबन्धक नायब महाप्रबन्धकको हकमा सञ्चालक समितिले का.मु. गर्ने भन्ने कानूनी व्यवस्था भएकोमा निमित्त महाप्रबन्धकको हैसियतले निवेदकलाई बर्खास्त गरेको निर्णय नियम विपरीत अनाधिकार हुनुको साथै सो निर्णय उपर पुनरावेदन सुनी उक्त निर्णय सदर गरेको सञ्चालक समितिको निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १७ र १८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली तथा विद्वान अधिक्ता श्री भोजराज सेढांई विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री कुलदेवराज शाही आदेश न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको तथ्य एवं जिकिर यस प्रकार छ । २. निवेदक लोक सेवा आयोगको सिफारिश बमोजिम विपक्षी टिम्बर कर्पोरेशन अफ नेपाल र (यसपछि कार्पोरेशन भनिएको) चौथो तहमा नियुक्ति भएको स्थायी कर्मचारी हुँ नियुक्ति भएपश्चात आफ्नो श्रम शक्ति र शिपलाई इमान्दारी पूर्वक विपक्षी कर्पोरेशनमा दिँदै आएको परिणाम स्वरुप २०३६ सालमा निवेदकको पाँचौ तहमा बढुवा भई विपक्षी कार्यालयको हेटौंडा स्थित सेल्स शाखामा पदस्थापना भई कार्यभार संभाल्दै आएको थिएँ । ३. आफ्ना जिम्मा रहेको गेटपास तथा विल प्याडहरू सुरक्षित राख्नु पर्नेमा असुरक्षित राखी आम्दानी खर्चको रेकर्ड समेत नराम्रो राखी गेटपासका पानाहरूमा सहिछाप गरी ०३७।१२।१६ का दिन ना.अ. १५८ नं. को ट्रकमा वाकल राखी बाहिर लैजान समेत मौका दिएको भन्ने कथित आरोपमा निवेदकलाई विभिन्न मितिमा विभिन्न प्रकृतिका अस्पष्ट स्पष्टिकरण सोधिएको र २०४०।७।२५ मा निवेदकलाई संस्थानमा नियुक्ति बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त २०३५ को परिच्छेद १० को दफा १(ङ) अनुसार संस्थाको नोकरीको लागि अयोग्य नठहरिने गरी विपक्षी कर्पोरेशनको नोकरीबाट बर्खास्त गरिएको सो उपर विपक्षी सञ्चालक समितिमा पुनरावेदन गरिएकोमा सो बर्खास्ती मनासिब भएको ठहर गरी सो समितिबाट निर्णय भएको जानकारी मिति २०४२।१०।२१ मा जारी भएको सूचनाबाट अवगत भएकोले अन्य कानूनी उपचारको अभावमा यस सम्मानीत अदालतको असाधारण अधिकार क्षेत्रको ध्यानाकर्षण गर्न उपस्थित भएको छु । ४. सामान्य सिद्धान्तको परिच्छेद १० को प्रकरण