निर्णय नं. ३०५८ - भ्रष्टाचार।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०५८ - भ्रष्टाचार। भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/१२/०४ २४३० निर्णय नं. ३०५८ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको फौ.पु.नं. ५६१ मुद्दा : भ्रष्टाचार। पुनरावेदक/प्रतिवादी: ल.पु.जि.न.पं. वा.नं. १ ब्लक नं. १/१०४ कोपुण्डोल बस्ने शा.अ.नरेन्द्रबहादुर थापा। विरुद्ध प्रत्यर्थी : श्री ५ को सरकार मन्त्रीपरिषद् सचिवालय, सिंहदरबार। श्री ५ को सरकार सामन्य प्रशासन मन्त्रालय हरिहर भवन। श्री ५ को सरकार विशेष प्रहरी विभाग। फैसला भएको मिति: २०४३।१२।४।४ मा अभियोग प्रमाणित भएको नदेखिएको, अनुमानको आधारमा अभियोग लगाई भेदभाव गरी निवेदकलाई भ्र.नि.ऐन, २०१७ को दफा २०(२) को अधिनमा नि.से.नि., २०२१ को १०.६(७) को कसूरमा सोही नियम १०.१(६) बमोजिम सरकारी नोकरीको निमित्त सामान्यतः भविष्यमा अयोग्य ठहरिने गरी गरेको श्री ५ को सरकारको निर्णय कानून अनुरुप भएको नदेखिने । (प्रकरण नं. २०) पुनरावेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की उल्लेखित मुद्दाः X फैसला न्या.बब्बरप्रसाद सिंहः श्री ५ को सरकारले निजामती सेवा नियमावली, २०२१ को नियम १०.६(७) को कसूरमा सोही नियमको १०.१(६) बमोजिम भविष्यमा सरकारी नोकरी निमित्त सामान्यतः अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने गरी मिति ०४१।८।१ मा गरेको निर्णय उपर भ्र.नि. ऐन, २०१७ को दफा २१ को उपदफा (२) बमोजिम दर्ता भएको पुनरावेदनको संक्षिप्त तथ्य यस प्रकार छ । २. मिति २०३९।२।४–०३९।२।१७ र ०३९।२।१९ का दिन त्रिभुवन विमानास्थल भन्सार कार्यालयका केही कर्मचारीहरूको र केही व्यापारी पार्टीहरूको मिलेमतोबाट ठूलो मात्रामा अवैध मालसामान गैरकानूनी किसिमले छाडी राजस्व छली कर्मचारी र व्यापारीलाई गैरकानूनी फाइदा पुर्याएको विषयमा विशेष प्रहरीबाट अनुसन्धान भई सो कार्यमा संलग्न कर्मचारीहरू मध्ये भन्सार अधिकृत श्री नरेन्द्रबहादुर थापालाई निजामती सेवा नियमावली, २०२१ को नियम १०.६(७) को कसूरमा सोही नियमावलीको नियम १०.१(६) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्न र भन्सार अधिकृतहरू श्री सुरेन्द्रमान कपाली, श्री इन्द्रदास रंजितकार एवं मुकुन्दप्रसाद शर्मालाई निजामती सेवा नियमावली, २०२१ को नियम १०.५(१) को कसूरमा सोही नियमावलीको नियम १०.१(४) बमोजिम खाई पाई आएको तल्लो टाइम स्केलको शुरु टाइम स्केलमा घटुवा गर्न मन्त्रीपरिषद् सचिवालयबाट मिति ०४०।२।९ मा निर्णय भई आएको थियो । ३. माथि उल्लेखित अधिकृतहरू मध्ये भं.अ.श्री मुकुन्दप्रसाद शर्माको राजपत्रांकित द्वितीय श्रेणीमा बढुवा भएकोले बढुवा पुर्जी पाउनासाथ माथि प्रस्तावित सजायँको कुनै असर नपर्ने देखि निजको हकमा ५ पाँच वर्षसम्मको तलब वृद्धि रोक्का गर्न र अरुको हकमा माथि प्रस्ताव गरे अनुसारको सजायँ गर्ने परामर्शको लागि लोक सेवा आयोगमा पठाएकोमा नरेन्द्रबहादुर थापा र अरु भन्सार अधिकृतहरूको काम कर्तव्यमा फरक थियो थिएन भए सबैलाई समान सजायँ हुनु पर्ने र ०२९।२।१९ को दिन ड्यूटीमा रहेका भन्सार अधिकृत श्री हरिहर शर्मा र विभागबाट रिचेक गर्न गएका शा.अ.श्री दिपेन्द्र विष्ट समेत उपर कुनै कारवाही नभएको सम्बन्धमा ध्यान आकर्षण गराउँदै सो आयोगबाट परामर्श प्राप्त भएकोले यी कुरा स्पष्ट गरी प्रस्तावित सजायँमा कुनै प