निर्णय नं. ३०५९ - लकडी चोरी निकासी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०५९ - लकडी चोरी निकासी भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/११/२५ २४३४ निर्णय नं. ३०५९ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको फौ.पु.नं. ५९४ मुद्दा : लकडी चोरी निकासी। पुनरावेदक/वादी: श्री ५ को सरकार हरैचा रेन्जर कार्यालय। विरुद्ध विपक्षी/प्रतिवादी: जि.काठमाडौं का.न.पं. वार्ड नं. २४ वटुटोल बस्ने चन्द्रलाल श्रेष्ठ। जि.झापा दमक न.पं वार्ड नं.१० बस्ने गोपाल प्रसाद ढकाल। ऐ.ऐ वार्ड नं.१३ बस्ने जमुना प्रसाद जैसवाल । ऐ.ऐ वार्ड नं.१० बस्ने मान बहादुर रिजाल। ऐ.ऐ बस्ने ड्राइभर जय राई। जि.धनुषागा.पं लगमा वार्ड नं.२ बस्ने गौरीशंकर निधी। जि.काठमाडौं थानकोट गा.पं वार्ड नं.८ बस्ने पूर्णनन्द ग्वाला। ऐ.ऐ का.न.पं वार्ड नं.२४ वटुटोल बस्ने सुसिल लाल श्रेष्ठ। ऐ.ऐ थानकोट गा.पं वार्ड नं. ५ बस्ने श्याम प्रसाद उपाध्याय। फैसला भएको मिति: २०४३।११।२५।२ मा नियम संशोधन नगरी केवल निर्णयले मात्र मूल्यमा अन्तर हुन सक्दैन । त्यसमा पनि रोयल्टीको मूल्य वृद्धि भएकोलाई काठको मूल्य वृद्धि भएको मान्न नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदक, वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री शिवानन्द दाश सरस,विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल,विद्वान अधिवक्ता श्री विष्णुप्रसाद भट्टराई,विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित,विद्वान अधिवक्ता श्री गणेशराज शर्मा। उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्रकेशरी बास्तोला: पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ :– २. २०३९।२।१२ गते सलकपुर चेकपोष्टमा ना.अं. ८७३, ५२६, १९४३ र ११८२ नं. का ट्रकहरूमा चिरान लकडी लोड गरिएका, लकडीमा डि.एस.एम. टाँचा लागेका ढकाल समिल दमकको विल भएको लकडी निकासी गर्ने इजाजत हेर्दा छोड पुर्जीको व्यालेन्स भन्दा बढी लकडी ल्याएको देखिएकोले यस्मा के भएको हो जाँचबुझ गर्न लोड भएका ट्रक थान ४ यसैसाथ पेश गरेको छु भन्ने वनपाले गिरी रामको प्रतिवेदन परेको र म्यानेजर गौरी शंकरले काठ लिन व्यापारी आएपछि मुन्सीहरूले काठ नाप गरी ट्रकमा लोड गराई अन्तःशुल्कको माल निकासी माग फाराम समेत तैयार भएपछि म बेलुका आई हतारका बखतमा व्यालेन्स चेक नगरी सही गरेको भनी ठाडो कागज गरेको, ना.अं. ८७३ को ट्रक गोपाल ढकालको हो काठमाडौं लकडी लैजान भाडाको तय भएकोले मिलको टाँचा लागेको अन्तःशुल्क माल निकासी फाराम मिलको मेनेजमेन्टसिट बिल भएको लकडी यति नै सम्झी लकडी बोकेको हुँ भन्ने ड्रा. जय राईको ठाडो बयान ना.अं.११८२ का ड्रा.मानबहादुर ना.अं.५२६ का ड्रा. पूर्णानन्द, ना.अं. १९४३ का ड्रा. श्यामप्रसादले ढकाल समिल दमकबाट प्रति क्यू.फि. रु. १६।– का दरले भाडामा काठमाडौं लान अन्तःशुल्क माल निकासी फाराम मेनेजमेन्ट सिट ग्राहक रामबहादुर विष्ट मार्फत पठाएको लकडीमा मिलको टाँचा लागेको भन्ने समेत ठाडो बयान । पक्राउ भएको लकडीमा फाटफुट माटो लागेको देखिन्छ, लकडी प्राय मिलकै चिरानी देखिन्छ । लकडी यसै आ.व.का केही र गत आ.व.का केही छन्, तीनमा मिलको टाँचा लागेको देखिन्छ सो बाहेक अन्य टाँचा लागेको देखिँदैन भन्ने समेत सरजमीन मुचुल्का भएको । ३. ४ वटा ट्रकमा नाप जाँच पछि ठहर हुन आएको जम्मा १२७५–०–० क्यू.फि. लोड ग