निर्णय नं. ३०६० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०६० - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/१२/०८ ३४०२ निर्णय नं. ३०६० ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको फौ.पु.नं. ६४७, ६५७ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/प्रतिवादी: कारागार शाखा खलंगाबजार, प्युठानमा थुनामा रहेको चेतबहादुर रावत। विरुद्ध विपक्षी/वादी: यामकुमारीको जाहेरीले श्री ५ को सरकार फैसला भएको मिति: २०४३।१२।८ मा लाशको मौकामा हुनु पर्ने लाश प्रकृति मुचुल्का हुन सकेन र त्यस्तै शव परिक्षण हुन सकेन भन्दैमा अपराध र अपराधीको छानबीन नै नगर्ने भन्ने होइन उपलब्ध भए सम्मका प्रमाणबाट न्याय निरोपण हुनु गर्नु पर्दछ । (प्रकरण नं. २३) सह अभियुक्तको पोललाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि हुनु गराउन सक्नु ज्यादै राम्रो कुरा हो तर त्यो छैन भन्दैमा सहअभियुक्तको पोललाई विचारै नगर्ने भन्ने होइन, यो कुरा मुद्दाको तथ्यमा भर पर्दछ । अन्य प्रमाणबाट समर्थन गराउनु वा समर्थन भएको छ छैन भनी केलाउनु एक कुरा हो तर यसैलाई अनिवार्य तत्व हो भनी सम्झनु हुन्न, यसलाई वाञ्छनीय तत्व हो भनी माने पनि अनिवार्य तत्व हो भनी यसलाई मान्न नसकिने । (प्रकरण नं. २५) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री गणेशराज शर्मा तथा विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव विपक्षी, वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दा : § बागलुङ जिल्ला सर्कुवा गा.पं. को पत्रले श्री ५ को सरकार विरुद्ध लक्ष्मी दत्त उपाध्याय समेत भएको ज्यान मुद्दा (ने.का.प. ०४२ फाल्गुण डि.वे.नि.नं. २५४५ पृ. १०१४) मा सिद्धान्त प्रतिपादित भएको) § श्री ५ को सरकार विरुद्ध शुसिला शाह भएको ज्यू मास्ने बेच्ने मुद्दामा (ने.का.प. २०४३ आश्विन नि.नं. २७६३ पृ. ५८४) सिद्धान्त प्रतिपादित । § विष्णुबहादुर गिरी समेत विरुद्ध श्री ५ को सरकार भएको खुन डाँका मुद्दामा (ने.का.प. ०४२ नि.नं. २२६६ पृ. १४४) पूर्णइजलासबाट सिद्धान्त प्रतिपादित । फैसला न्या.गजेन्द्रकेशरी बास्तोलाः मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर प्रतिवादीहरूको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ। २. अन्यायी तेजबहादुरले जग्गा किन्दा ऋण लागेको छ मलाई ८।१० तोला सुन दिनु पर्यो भन्दा विश्वासमा परी ८ तोला सुनको गहनाहरू दिएको, सो माग्दा नदिएको मेरो पतिको र निजको बीचमा झगडा भएको र मेरो वारीको कान्लोमा भएको आँपको रुख मेरो पतिले रु. ६००।– मा बेचेकोमा आधा मोल दिनुपर्छ भनी मेउकीले भनी आफ्नो ज्वाईं तेज बहादुरलाई बोलाई दुवै जनाले मेरो पतिसंग धुमधाम झगडा गरी तँलाई के गर्ने छौं थाहा पाउलास् भनी धम्की दिएका थिए । ०३८।३।१४ गते मेरो पति तेजबहादुरको दोकानमा गई मेरो सुन दिनु पर्यो कि तमसूक गरी दिनु पर्यो भनी तेजबहादुरसंग भन्दा तेजबहादुर र निजको आफन्त चेतबहादुर समेतले तँलाई २।४ दिनमा नमारी छाडदिन भनी धम्की दिएको कुरा देवबहादुर, जीतबहादुर समेतले सुनेका रहेछन् सोही १४ गतेको रातमा मेरो पति यामबहादुर रातामाटाको घरबाट चिती खोलाको घरमा आइरहेको अवस्था तेजबहादुरले आफ्नो मानिस चेतबहादुरको मद्दतबाट मेरो लोग्नेलाई कुटपिट गरी मारेछन् सो कुरा ऐ १५ गते विहान साहिंली सासु रमिले भनेबाट थाहा पाई लाश भएको ठाउँमा गई हेर्दा लाशमा घाउ चोट लागेको देखि कर्तव्य गरी मारेमा शंका लागेकोले क्रियाबाट फुर्सद प