निर्णय नं. ९१४५ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१४५ - बन्दीप्रत्यक्षीकरण भाग: ५६ साल: २०७१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७०/१०/२८ ३९३२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री प्रकाश वस्ती ०७०–WH–००४० आदेश मिति : २०७०।१०।२८।३ विषयः बन्दीप्रत्यक्षीकरण । निवेदक : भारत विहार, सहर्षपुर जिल्ला विहार थाना, ग्राम विहार घर भई हाल जिल्ला प्रहरी कार्यालय, रूपन्देहीमा थुनामा रहेको वर्ष ३८ को अनिल शर्मा भन्ने पप्पुदेव भूमिहार यादवका कानून व्यवसायी अधिवक्ता दिमोद श्रेष्ठ विरूद्ध विपक्षी : नेपाल सरकार गृह मन्त्रालय, सिंहदरबार काठमाडौं § कानूनबमोजिम बाहेक वा कानूनको उचित प्रक्रिया पूरा नगरी कसैको पनि वैयक्तिक स्वतन्त्रतामा अङ्कुश लगाउन वा अपहरण गर्न पाइँदैन । वैयक्तिक स्वतन्त्रताले कानूनी औचित्यता पुष्टि हुन नसक्ने प्रकृतिका थुना, गिरफ्तारी तथा गैरकानूनीरूपमा शक्तिको प्रयोग गर्नबाट सुरक्षित राख्दछ । कसैले कसैलाई निजको वैयक्तिक स्वतन्त्रता सीमित गरेमा वा त्यस्तो स्वतन्त्रताको प्रयोग गर्नबाट वञ्चित गरेमा वा कुनै पनि व्यक्तिलाई गैरकानूनीरूपमा बद्नियत वा प्रवृत्त भावना लिई निजको वैयक्तिक स्वतन्त्रताको अपहरण गरेमा गैरकानूनी बन्दीको अवस्था सिर्जना हुन जाने । § कानूनको उचित प्रक्रिया पूरा नगरी कसैको पनि वैयक्तिक स्वतन्त्रता हनन् गर्न पाइँदैन । व्यक्तिको यस्तो सारभूत अधिकारबाट वञ्चित गर्दा कानूनले तोकेको उचित प्रक्रियाको अनिवार्यरूपमा अनुशरण गर्नुपर्ने । § कुनै व्यक्तिलाई गैरकानूनीरूपमा वा कानूनको उचित प्रयोगबिना वैयक्तिक स्वतन्त्रताको उपयोग गर्नबाट वञ्चित गर्ने गरी नियन्त्रणमा राखिएको छ भने त्यस्तो अवस्थामा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी थुनामुक्त गरी दिनपर्ने । (प्रकरण नं.३) निवेदकका तर्फबाट : अधिवक्ता दिमोद श्रेष्ठ विपक्षीका तर्फबाट : उपस्थित विद्वान उपन्यायाधिवक्ता चन्द्रकान्त खनाल अवलम्बित नजीर : सम्बद्ध कानून : § सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को दफा ४(२) आदेश न्या.रामकुमार प्रसाद शाह : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : मेरो पक्ष अनिल शर्मा भन्ने पप्पुदेव यादव भूमिहार जाली राहदानी मुद्दामा मिति २०६०।४।२३ गतेदेखि गणना हुने गरी काठमाडौं जिल्ला अदालतको मिति २०६२।१२।८ को फैसलाले लागेको कैद भुक्तान गर्न कारागार शाखा जगन्नाथदेवल, काठमाडौं कैदमा रहेका थिए । लागुऔषध खैरो हिरोइन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट भएको फैसला उल्टी भई पुनरावेदन अदालत, पाटनबाट मिति २०६६।१०।७ मा मेरो पक्षलाई वर्ष १० कैद हुने गरी फैसला भएको थियो । यसरी जाली राहदानी मुद्दामा लागेको कैद भुक्तान गरी रहेको अवस्थामा मेरो पक्षउपर मोरङ जिल्ला अदालतमा मुद्दा नं. १२०/०५८/०५९ को जीउ मास्ने बेच्ने मुद्दा दर्ता भई मिति २०६५।९।६ मा उक्त मुद्दा फैसला हुँदा वर्ष १० कैद हुने गरी फैसला भएकाले मुलुकी ऐन, दण्डसजायको महलको १० र ४१ नं. बमोजिम जाली राहदानी मुद्दा र लागुऔषध मुद्दामा पुनरावेदन अदालत, पाटनबाट भएको फैसलाबमोजिमको कैद सजाय मोरङ जिल्ला अदालतबाट जीउ मास्ने बेच्ने मुद्दामा भएको कैद सजायमा मोरङ जिल्ला अदालतबाट मिति २०७०।९।१४ मा सजाय हद हुने गरी आदेश भएको थियो । उक्त आदेशबमोजिम मेरो पक्ष १० वर्षको कैद सजाय भन्दा बढी समय कैद थुनामा बसी २०७०।९।२२ मा थुना मुक्त भएका थिए । कैद मुक्त भएपश्चा