निर्णय नं. ८८४७ - उत्प्रेषणमिश्रित परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८४७ - उत्प्रेषणमिश्रित परमादेश । भाग: ५४ साल: २०६९ महिना: असोज अंक: ६ फैसला मिति :२०६९/०३/२४ ३७६२ ने.का.प. २०६९, अङ्क ६ निर्णय नं. ८८४७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री भरतराज उप्रेती २०६७–WO–११२७ आदेश मितिः २०६९।३।२४।१ विषय :– उत्प्रेषणमिश्रित परमादेश । निवेदकः जि.रुपन्देही सिद्धार्थनगर–९ घर भई मल्टीलेटरल इकोनोमिक एसेट डिभिजन महाशाखामा शाखा अधिकृत पदमा कार्यरत् रोशन खनाल समेत विरुद्ध विपक्षीः परराष्ट्र मन्त्रालय समेत § ५५ प्रतिशत सिट खुल्ला प्रतियोगिताबाट छनौट हुने र ४५ प्रतिशत समावेशीताका आधारमा छनौट हुने हुनाले एकै तहभित्र लिएको एउटै प्रश्न र पद्धतिको परीक्षामा उत्तीर्ण भएका बीच कोभन्दा को जेष्ठ वा कनिष्ठ भनी केवल विज्ञापन नम्बर र मितिक्रम वा निजामती सेवा ऐन, २०४९ को दफा ७ मा उल्लेख भएको क्रमको आधारमा निर्णय गर्न उपयुक्त तथा न्यायसंगत नहुने । (प्रकरण नं.५) · खुल्लातर्फ र समावेशीतर्फ छुट्टाछुट्टै विज्ञापन नम्बर, छुट्टाछुट्टै सिफारिश गर्ने हुनाले एउटाको सूचीअन्तर्गतको व्यक्तिलाई अर्काको सूचीअन्तर्गत समावेश गर्ने कुरा हुँदैन र एउटा विज्ञापन नम्बर अघिल्लो र अर्को विज्ञापन सोभन्दा पछिल्लो भएको नाताले मात्रै एउटै परीक्षाबाट चयन भएका उम्मेदवारहरू मध्ये ज्येष्ठ वा कनिष्ठ भनी छुट्याउने आधार वैज्ञानिक एवं न्यायोचित् नदेखिने । (प्रकरण नं.६) § एकैपटक एउटै प्रश्नपत्र तथा पद्धतिबाट चयन भएका परीक्षार्थीलाई विज्ञापन नम्बर तथा सिफारिश मितिका आधारमा नभै सबै विज्ञापन नम्बरमा छनौट भएकाहरूलाई एउटा टोकरीमा हाली निज समावेश भएको परीक्षाको मूल्याङ्कनमा प्राप्त गरेको अङ्कबाट नै तिनीहरूको योग्यताक्रमको निर्धारण हुनुपर्ने । (प्रकरण नं.११) निवेदकका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की तथा अधिवक्ताहरू बालकृष्ण नेउपाने, डा.भिमार्जुन आचार्य, माधवकुमार वस्नेत र सुवास आचार्य विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे, विद्वान वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल, शम्भु थापा तथा अधिवक्ताहरू हरिप्रसाद उप्रेती र दिनमणि पोखरेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५३ § निजामती सेवा ऐन २०४९ को दफा ७ आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७ (२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गतदायर भै पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यस प्रकार छ :– विपक्षी लोकसेवा आयोगबाट मिति २०६६।९।२९ मा नेपाल परराष्ट्र सेवाको शाखा अधिकृत पदको पदपूर्तिको लागि महिला विज्ञापन नं. १३४१/०६६–०६७ सूचना नं. १०५/०६७–६८, आदिवासी/ जनजाति विज्ञापन नं. १३४१/०६६–६७ सूचना नं. १०६/०६७–६८, मधेशी विज्ञापन मिति १३४१/०६६–६७ सूचना नं. १०७/०६७–६८, दलित विज्ञापन नं. १३४१/०६६–६७ सूचना नं. १०८/०६७–६८, अपाङ्ग विज्ञापन नं. १३४१/०६६–६७ सूचना नं. १०९/०६७–६८, पिछडिएको क्षेत्र विज्ञापन नं. १३४१/०६६–६७ सूचना नं. ११०/०६७–६८, खुल्ला विज्ञापन नं. १३४२/०६७–६८ सूचना नं. १११/०६७–६८ बमोजिमको सूचनाअन्तर्गत हामी निवेदकहरूले क्रमशः महिला, आदिवासी/जनजाति मधेसी, दलित अपाङ्ग, पिछडिएको क्षेत्रअन्तर्गत हुने प्रतियोगिताको लागि नियमानुसार आवेदन गरेपछि मिति २०६७।५।१० मा समावेशी समूहको लिखित परीक्षा र त्यसपछि मिति २०६७।५।११ मा खुल्ला/ समावेशी दुबैतर्फको अन्तर्वार्ता परीक्षा लिएकोमा