निर्णय नं. ३०६३ - हिसाब दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०६३ - हिसाब दिलाई पाउँ भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/१२/२६ ३१६३ निर्णय नं. ३०६३ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४२ सालको दे.पु.नं. ६९९ मुद्दा : हिसाब दिलाई पाउँ। पुनरावेदक/वादी: का.जि.का.न.पं वडा नं. ११ थापाथली बस्ने होटल लुम्बिनी प्रा.लि.का. सञ्चालक सोमराज गौतम । विरुद्ध विपक्षी/प्रतिवादी: नेपाल औद्योगिक विकास कर्पोरेशन, दरवार मार्ग, काठमाडौं फैसला भएको मिति: २०४३।१२।२६।५ मा वादीले दावी लिँदा वादीले जुन ऐन र दफाहरूको आधारहरू लिएका छन् सो दफाहरूमा कुनैमा पनि यस किसिमको दावी लिई फिराद दिन पाउने व्यवस्था नभएको हुँदा प्रस्तुत फिरादबाट इन्साफ दिन नपर्ने । (प्रकरण नं. १४) पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री चुडामणिराज सिंह मल्ल उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्रकेशरी बास्तोलाः मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी पुनरावेदक वादीको यस अदालतमा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. २०२८ सालमा होटेल लुम्बिनी प्रा.लि.को इजाजत प्राप्त गरी ने.औ.वि.क. मा होटल उद्योगको स्थापना र विकासको लागि ऋण पाउन निवेदन गरेकोमा ७० प्रतिशत सुरक्षित ऋण दिने योजना स्वकिृत गरी क्रमशः मिति ०२९।५।२७, ०३१।११।१८, ०३२।७।११ र ०३७।१।१३ को कबूलियत अनुसार किस्तामा पटक पटक गरी ऋण दिनु भएको हुँदा कुन मितिमा कति ऋण दिनु भएको हो सो साँवाको हालसम्मको ब्याज कुन दरले कति हुने सो खुलाई हिसाब दिनु पर्ने सो नदिई हचुवा तवरले लुम्बिनी अञ्चलाधीशको मिति ०३८ को पत्रद्वारा रु. १३,०१,२२०।– माग्नु भएको कहिले सो भन्दा बढी रकम माग गर्नु भएको हिसाब यकिन गरिपाउँ भनी मिति ०३९।९।४ मा ने.औ.वि.क.लाई पत्र पठाउँदा पनि हिसाब दिनु नभएकोले फिराद गर्न आएका छौं । ने.औ.वि.क.ले साँवा कुन कुन मितिमा कति कति दिनु भएको हो र हालसम्मको ब्याज कति हुने प्रष्ट खुलाई यस होटेलले तिर्नुपर्ने रकम यकिन गरी ने.औ.वि.क.बाट प्रष्ट हिसाब दिलाई कानून बमोजिम तिर्नुपर्ने अंक यकिन गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको सोमराज गौतमले मिति ०३९।९।१२ मा दिएको फिरादपत्र । ३. वादीको होटल सञ्चालन गराउने उद्देश्यले सर्वप्रथम मिति ०२९।५।२७ मा रु. ४,५५,३५०।– को ऋण सम्झौता भएपछि ०३१।११।१८ मा रु. २,७८,०००।– र ०३२।७।१ मा रु. १,२७,०००।– को थप ऋण सम्झौता भए अनुसार वादीले रु. ८,५५,६७०।– ऋण रकम भुक्तानी लिई सक्नु भई होटल सञ्चालन भई सकेपछि लिखत मध्येको रु. ४,५००।– ऋण खारेज भएको छ सो ऋण रकम रु. ८,५५,७६०।– को अतिरिक्त वादीको होटललाई चालु पुँजीको लागि ०३३।६।६ को सम्झौता अनुसार करपोरेशन जमानी भई नेपाल बैंकबाट रु. १,००,०००।– दिलाई दिएको वादीले नतिर्दा साँवा ब्याज रु. १,८८,१७६।– मिति ०३७।११।१६ को सम्झौता बमोजिम करपोरेशनले नेपाल बैंकलाई तिरी दिएको ग्यारेन्टी ऋण छ, उक्त लिखतलाई वादीले इन्कार गर्नु सक्नु भएको छैन । वादी लेख बमोजिम बढी ब्याज थप दस्तूर लगाई मागेको छैन । करपोरेशनले वादीलाई ०३९।८।१७ मा लेखेको पत्रबाट सम्पूर्ण साँवा रु. ८,५५,७६०।– ग्यारेण्टी ऋण रु. १,८८,१७६।– र ०३९ साल आषाढ सम्मको ब्याज रु. ४,९८,९१४।– थप दस्तुर रु. २,९५,६००।– बीमा ऋण रु. २९,४३७।– र बीमा ऋणको