निर्णय नं. ११८-१ - जग्गा बाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११८-१ - जग्गा बाली भाग: ४ साल: २०१८ महिना: श्रावण अंक: १ फैसला मिति :२०१७/०८/०७ २४६१ निर्णय नं. ११८ (क) ने.का.प. २०१८ डिभिजन बेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री कालीप्रसाद उपाध्याय अं. नं. ३३५ अपीलाट, प्रतिवादी : हिरामान श्रेष्ठ विरुद्ध विपक्षी, बादी : रत्नकुमारी श्रेष्ठनी मुद्दा : जग्गा बाली (१) जग्गावालाको हक छुटाउने बदनियत चिताएको देखिएमा र ३ सालको बाली समेत नबुझाई बाँकी राखेमा बादीले मोही पजनी गर्न पाउने र बाँकी राखेको बाली समेत बुझाउनु पर्ने । .... सालको तिरो धान मुरी ५।५ को दामासाहीले जग्गा रोपनी ६।ऽ।।। को हुने साल १ को तीरो धान मुरी ३।९।५।६ को साल १ को तिरो धान मुरी ७।४।४।५ को रु. ३१।१५ मालले बुझी गरी दिएका रसिदबाट देखिएकोले त्यसको दामासाहीले सालको रु. १४।६७ प्र. हिरामानले सालमा कुत तिर्नु बुझाउनु पर्नेमा नबुझाएबाट वादीले बुझाएको ३,४ र ५ सालको साल ३ को जम्मा रु. तिरो ४४।१ र सोही साल ३ को जम्मा मुनाफा धान मुरी १०।९।१। को बादी दावी बमोजिम रु. १ को धान १।२ का दरले हुने मोहरू १६७।३१।१ समेत जम्मा बिगो रु. २११।३२ प्रतिवादी हिरामानले बादी रत्नकुमारीलाई तिर्नु बुझाउनु पर्ने ठहर्छ । आफ्ना नाता पर्ने बादीको सो जग्गै बादीको हक छुट्याउन प्रतिबादीले आफ्ना नाउँमा मालमा दर्ता गराएकोमा पछि बदर भएको ०३।४।११ का मालबाट फैसला भएकोबाट प्रतिबादीबाट बदनियत चिताएको देखिने र बुझाउनु पर्ने कुत तिरो बाली समेत ३,४ र ५ साल ३ को नबुझाई बाँकी समेत राखेकोले समेत मोही पजनी गर्न पाउँछ । (प्रकरण नं. ९) फैसला १. अन्यायवाला हिरामानको बाबु पृथ्वीमानसंग श्यामकृष्णले बालाज्यू अम्बलको कालीप्रसाद पल्टनको मे. ज. सेर शम्शेरको खान्गिमा दरिएको लखुपाताल भन्ने खेत जग्गा मध्ये धान मुरी ७।४।४।५ गहुँ ।३।३ ध्यू रु. ।६९।२ तिरो लागेको जग्गा र सोही जग्गामा बनेको आधा झिंगटि छानो भएको १ नाले पक्की समेतको ४ केवले घर समेत मोहरू १०५१। मा ७९।११।२४ गते पास राजिनामा गराई लिएको । सो घर जग्गा मध्ये निज पृथ्वीमानको घर बगैंचा केहरमानका घरबारी देखि दक्षिण तर्फको पर्खालले घेरिएको बारीको सालको तल्सीङ बोटी धान मुरी ५।५ गहुँ पाथी ।२ ध्यू रु. ।५० र नाफा बोटी धान मुरी ५।५ समेत जम्मा धान मुरी १०।१० मध्ये तिरोको हकमा हिरामानले नै बुझाउने नाफा बोटीमात्र निज श्यामकृष्णले लिने समेत व्यहोराको ८२।३।१७ मा हिरामानको कबुलियत गराई घर जिम्मा जग्गा समेत मगनिमा कमाउन दिएको । निज मरेपछि निजका स्वास्नी उत्तरकुमारीले हाल नापजाँच ठहर रोपनी ६ऽ ।। को धान मुरी ७।४।४।५ गहुँ ।३।३ घ्यू रु. ।६९।२ तिरो लागेको जग्गा निजसँग मैले मोहरू १०५१ मा ८६।११।२८ मा मलाई राजिनामा गरी दिई हिरामानको सो कबुलियत सौंपी दिएको । सो जग्गाका सर्भे बालाज्यू २१३ नं. मौजाबाट नापी हुँदा ।६ऽ।। रोपनी कायम भई मोहियामा मेरो नाउँमा र मगनिया हिरामानका नाउँमा दर्ता भई मेरो हक भईसकेको जग्गामा मेरो हक छुट्टाउने नियतले का. मालमा निज हिरामानका नाउँमा दर्ता गराएको थाहा भई उजुरी दिँदा टाँसीएको म्यादमा हाजिर हुनु नभएको र मालबाट मेरा नाउँमा गरी दिने ०३।४।११ मा फैसला समेत भई दर्ता समेत भएको छ । कबुलिएत बमोजिम ३ साल देखि सरकारको तिरो समेत हिरामानले नबुझाएको र बाली काँकी समेत छलछाम गरी नदिएकोले ०३ साल देखि ०५ साल तक बर्ष ३ को धान मुरी १५।१५ को रु. १। को धान पाथी १।२ का दरले मोरु २५२ र मैले तिरेको सरकारको तिरो मोहरू ९३।४५ समेत जग्गा मोहरू ३४५।४५ दिलाई भराई जग्ग