निर्णय नं. ३०६४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०६४ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०८/१९ २४५२ निर्णय नं. ३०६४ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नं. १४४२ विषय : उत्प्रेषण निवेदक : जि.प्र.का.कलैया मातहत सिमरौनगढ थानाका प्रहरी पद्म बहादुर बुढाथोकी। विरुद्ध विपक्षी/प्रत्यर्थी : जि.प्र.का. ओखलढुंगा। सगरमाथा अञ्चल प्र.का.राजविराज। ऐ.कार्यालय प्र.नि.नरेश कुमार सिंह लामा। ऐ.कार्यालय प्र.उ.नि.मोतिलाल बोहरा। पूर्वान्चल क्षे.प्र.का. का प्रहरी नायव महानिरीक्षक रण बहादुर चन्द। आदेश भएको मिति:२०४३।८।१९।५ मा विभागीय वर्खास्त गर्ने सम्बन्धमा दिइने निर्णय अर्ध न्यायिक अधिकार भएको हुँदा यस्तो निर्णय गर्न पाउने अधिकारी आफैंले सफाई पेश गर्ने मौका दिई सबुद प्रमाण समेतको मूल्यांकन गरी आफ्नो राय उल्लेख गरी निर्णय गर्नु पर्ने । (प्रकरण नं. ६) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल विपक्षी,प्रत्यर्थी तर्फबाटःX उल्लेखित मुद्दाःX आदेश न्या.हरगोविन्द सिंह प्रधान: नेपालको नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा मिति ०४२।४।२१।२ मा दर्ता भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ । २. १२ वर्ष अगाडि देखि नै प्रहरी जवान पदमा नियुक्ति भई सेवाको क्रममा विभिन्न कार्यालयमा रही आफ्नो ओहदा अनुरुप काम गर्दै आएको थिएँ । यसै क्रममा ०४१।८।२० गते बेलुका अं. १७:३० बजे मादक पदार्थ सेवन गरी आफ्नो कार्यालयका गार्ड कमाण्डरलाई नै कुटपिट समेत गरी कमाण्डर रिपोर्ट गर्न गएको अवथामा महिला कैदी बसेको ठाउँमा गई उनीहरूलाई गाली बेइजति गर्यो र थुनुवा मुगर के.सी.लाई हातपात गर्यो भन्ने समेत व्यहोराको जम्मु सेर्पा समेत जवान १४ ले म उपर कल्पित आरोप लगाई विपक्षी कार्यालयमा निवेदन दिएछन् । सो निवेदनको आधारमा विपक्षी कार्यालयबाट मिति ०४१।८।२८ मा स्पष्टीकरण माग गरियो । सोही दिन मलाई कल्पित कसूरको लान्छना लगाएको हो भन्ने व्यहोराको मैले स्पष्टीकरण पेश गरेको थिएँ । सो स्पष्टीकरणको मूल्यांकन नै नगरी झुठ्ठा निवेदन आरोपको आधारमा विपक्षी निरीक्षक नरेशकुमार सिंह लामा समेतले मलाई आचरणहीन काम गरेको आरोप लगाई मिति ०४१।९।२६।४ मा पर्चा समेत खडा गरी ऐ मितिमा च.नं. ८१८ को पत्रद्वारा सेवाबाट बर्खास्त गरेको जानकारी भएबाट अवगत भएँ । सो निर्णय उपर विपक्षी पु.क्षे.प्र.का. विराटनगरमा पुनरावेदन प्रस्तुत गरेकोमा शुरुकै निर्णय सदर गर्ने गरी मिति ०४२।२।१८।६ मा निर्णय भएको रहेछ । यसरी रिसइवीको कारणबाट दिएको कथित झुठ्ठा व्यहोराको निवेदन उजूरीको आधार विपक्षी कार्यालयले मलाई नोकरीबाट बर्खास्ती गर्ने गरी गरेको मिति ०४१।९।२६।४ तथा ०४२।२।१८।६ को निर्णय प्रहरी नियमावली, ०३३ को दफा ९(५) समेतको त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने मुख्य निवेदन जिकिर रहेछ । ३. यस अदालत सिंगल बेञ्जको मिति ०४२।४।२९ को आदेशले प्राप्त हुन आएको लिखितजवाफ यस प्रकार रहेछ । ४. रिट निवेदक पद्म बहादुर बुढाथोकीले ०४१।८।२० गते बेलुका मादक पदार्थ सेवन गरी कैदीहरू माथि अमानुषिक व्यवहार गरेको कुरा ०४१।८।२२ को चौकिदार जाङवु शेर्पा लगायत १४ जना कैदीको संयुक्त प्रतिवेदन मिति ०४१।८।२४ मा महिला कैदी मुगा के.सी. र मिति ०४१।८।२२ को कारागार गार्ड कमाण्डर प्र.ह.चीत्रबहादुर मगर समेतले यस कार्यालय लगायत भिन्न भिन्न कार्यालय समेतमा दिएको निवेदन प्रतिव