निर्णय नं. १२० - बकसपत्र बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२० - बकसपत्र बदर भाग: ४ साल: २०१८ महिना: श्रावण अंक: १ फैसला मिति :२०१७/०६/०३ २४८० निर्णय नं. १२० ने.का.प.२०१८ डिभिजन बेञ्च का. मु. प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री दे. अ. नं. २ अपीलाट, वादी : मधुसुधन उपाध्याय विरुद्ध विपक्षी, प्रतिवादी : श्यामा देवी समेत मुद्दा : बकसपत्र बदर (१) वादीले आफै बन्देज तोडेमा प्रतिवादीले मात्र बन्देजको अधिनमा रहनु पर्छ भनी कर लगाउन नमिल्ने । वादी स्वयम् आफैले आफ्नो पंक्ति मौजा भैरवप्रसादलाई बिक्री गरी बन्देज तोडेको देखिएको हुँदा प्र. श्यामा देवीले मात्र सो ८१ सालको बन्देज अधिनमा रहनु पर्छ भनि कर लगाउन नमिल्ने । (प्रकरण नं. ७) (२) आफ्नो पतिको सम्पत्ति आफ्नो खुसी गर्न पाउँदैन भनि भन्न नमिल्ने । बिधवाको सम्पत्ति हुँदा बिधवा अंश धनको १ नम्बरको देहाय २ दफाले चलमा सबै अचलमा दशौंद बाँकी राखी अरू श्री सम्पत्ति आफ्ना खुस गर्न पाउने । प्र. श्यामा देवीले आफ्नो पतिको सम्पत्ति आफू खुसी गर्न पाउँदैन भनि भन्न मिल्दैन । बिधुवाको सम्पत्ति हुँदा के कति निजले आफू खुसी गर्न पाउँछिन् ? भनि बिधवा अंश धनको १ नम्बरको देहाय २ दफा हेर्दा चलमा सबै अचलमा दसौंद बाँकी राखी अरू श्री सम्पत्ति आफू खुस गर्न पाउने लेखिएको देखिँदा सो ऐन बमोजिम अचलमा दसौंद सम्म बदर गरी अरू बकसपत्र दिएको सदर ठहर्नेमा जम्मै बदर गरेको ललीतपुर अदालतको र जम्मै सदर गरेको अपील दोश्राको इन्साफ केही गल्ती ठहर्छ । (प्रकरण नं. ७) प्रतिवादी तर्फबाट : प्लिडर हेरम्बप्रसाद फैसला १. अघि दिएको फिरादमा वतन नमिलेको भनी खारेज भएकोले अघिका फिराद जिकिर बमोजिम ३ पुस्ता भित्रको ऐनले उमेर नपुगेका बिधवा भाउजु श्यामादेवीको र मेरो ८१ साल चैत्र ३० गते बन्देजको मन्जुरनामा भएको । सो मन्जुरी समेतको बर्खिलाप प्रतिवादी भाउजु श्यामा देवीले मौजे मुरैया पंक्ति समेत मुक्तिनाथका नाउँमा चल अचल श्री सम्पत्ति अष्ट लोह गै¥ह शेषपछिको बकसपत्र ९४ साल पौष १३ गते पास गराई लिनु दिनु गरेको हुँदा सो बकसपत्र बदर गरी पाउँ भन्ने समेत वादी मधुसुदन उपाध्यायको फिराद । २. श्यामादेवीले मधुसुधनका सल्लाह बेगर केही गर्ने छैन भन्ने बन्देजको कागज झुक्याई गरेको हो र सो कागज ऐन बर्खिलाप हुँदा त्यसै रद्दी हुन्छ । श्यामादेवीको आफ्नो हकको मौजी समेत मलाई बकसपत्र गरी दिएको । सो मलाई गरी दिएको बकसपत्रले मैले पाउने हुँदा बकसपत्र सदर गरी पाउँ भन्ने समेत प्रतिवादी मुक्तिनाथ । ३. बर्दिया जिल्लाको मुरैया मौजाको जिमिदारी ससुराको शेषपछि मेरो खसम नरनाथका नाउँमा दर्ता भएको शेषपछि सासु महादेवीका नाउँमा दर्ता भयो । ८१ सालमा सासु मरेकी र म केही नजान्ने देखि बाजेका पालैमा माना छुट्टीसकेका ३ पुस्ता परको वादीले सो मुरैया मौजा दर्ता हवस भनी बर्दिया मालमा दर्खास्त दिँदा मैले उजुर गरेपछि वादीले तिमीले जिमिदारी काम चलाउन सक्तैनौं । जो गर्नु पर्ने काम गरी साल भरको बासलात बनाई आधा काम गरे वापतमा खान्छु । तिम्रो हक कायमै रहने गरी आधा मेरा नाउँमा र आधा तिम्रो नाउँमा दर्ता गराउदा राम्रो हुन्छ । सो गराउन कागजमा सही गरी दिनु पर्यो भन्दा सही गरी दिएपछि सो बमोजिम किनार लाग्यो भनेको र सोही बमोजिम गरी आएको । पछि ८४ साल देखि आयस्ता नदिएकाले ८६ सालमा उजुर गरेबाट वादीले लिनु पर्ने ठहरेको रूपैयाँ तुरुन्त दिलाई दिनु । नदिए प्रतिवादीको नाउँमा दर्ता भएको सो मुरैया मौजा समेत लिलाम गरी भराई दिनु । सो नभएसम्म थुनामा राख्नु भ