निर्णय नं. १२१ - धनमाल करकाप
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२१ - धनमाल करकाप भाग: ४ साल: २०१८ महिना: श्रावण अंक: १ फैसला मिति :२०१८/०१/०६ २७९० निर्णय नं. १२१ ने.का.प.२०१८ डिभिजन बेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री कालीप्रसाद उपाध्याय फौ. डि. नं. १५०।२ निबेदक, प्रतिबादी : सिद्धबहादुर श्रेष्ठ विरुद्ध विपक्षी, वादी : दुर्गालक्ष्मी श्रेष्ठनी मुद्दा : धनमाल करकाप (१) बयान र लेखाई आपसमा परस्पर नमिल्दो एकदम फरक देखिन आएमा र लागेको ल्याप्चे स्वभाविक रूपले लाने ठाउँमा नलागी उल्टो पट्टी लागेको देखिएमा – शंकाजनक हुन आउने । प्रमाण निमित्त आएको यिनै वादी प्रतिवादीका लेनदेन मुद्दामा सामेल रहेका धनी यिनै प्रतिवादी सिद्धीबहादुर ऋणी यिनै वादीका लोग्ने सुज्र्येबहादुर भएको ०९।११।१।५ को मोहरू ७०१। को कपाली तमसुकको पछाडी १०।६।६।३ को मिति कच गरी “मुनी आजसम्मको व्याज चुक्ति भई सावाँ मध्ये भर्ना मोहरू २००। हस्ते सुज्र्येबहादुरको स्वास्नी का. ई. डल्लो तुलसीधारा बस्ने दुर्गालक्ष्मी श्रेष्ठनी” भन्ने लेखी दरपिट गरी राखेको देखिएको र सोही लेनदेन मुद्दाको साहु सिद्धीबहादुरले दिएको फिरादमा दुर्गालक्ष्मीको लोग्ने सज्ुर्येबहादुरले ०९।११।१।५ मा मसँग मोहरू ७०१। दसौंदका दरले व्याज सहित बुझाउने गरी लिई कपाली तमसुक लेखी दिएको । निज सुज्र्येबहादुर मरेकोले निजका स्वास्नी अन्यायवाला दुर्गालक्ष्मीले सावाँ व्याज मध्ये ०१०।६।६।३ मा मोहरू २००। मात्र बुझाई भन्ने उल्लेख भएको देखिएको र मेरै सामुन्ने बुझाएकोले मेरै हस्ताले दरपिट गरी दिएको हुँ भनी वकिल वलभद्र मिश्रले भन्नु भएकोले झिकाई निजको बयान गाराउँदा व्याज अघिनै लिईसकेको भनी सिद्धीबहादुरले भन्नु भएको र मेरो सामुन्ने सावाँ रु. २००। मात्र दुर्गालक्ष्मीले बुझाई सिद्धबहादुरले बुझी लिएको हुँदा आजसम्मको व्याज चुक्ती भई सावाँ मध्ये मोहरू २००। भनी लेखी दरपिट गरी दुर्गालक्ष्मीले ल्याप्चे सही गरेको हो । व्याज के दरले बुझी लियो दियो सो अघिनै बुझाईसकेको भनी सिद्धीबहादुरले भन्नु भएको । मेरो सामुन्ने नबुझाएकोले मलाई थाहा छैन भन्ने बयान गर्नु भएकोबाट उपरोक्त तिनै लेखाइमा कुरा परस्पर नमिली एकदम फरक देखिन आएको र सो कपाली तमसुकको पिठमा दरपिटमा लागेको कारणीको ल्याप्चे भनेको हेर्दा साधारणतया स्वभाविक रूपले लाग्ने ठाउँमा ल्याचे लागेको नभई उल्टो पट्टी गरेको देखिनाले शंकाजनक जस्तो देखिन आउने भएकोले समेत कारणीले आफ्नो मुनासिबले शान्ति व्यवहारबाट लोग्नेको ऋण मध्ये २००। बुझाई दरपिट भएको जिकिर पुग्न नआउने । (प्रकरण नं. ९) (२) बिक्री गरेकै घरमा बसेको देखिन आएमा धनमाल रहे भएकै देखिने । घर फार्छे बदर गरी पाउँ भन्ने तर्फ सुजन कलाल समेतका सबै साक्षीले प्रतिवादीहरूले धनमाल कब्जा गरेकै हो भन्ने बकी लेखी दिएको । प्र. का साक्षी नारान महर्जन; सानु महर्जनले वादीका लोग्ने सुज्र्येबहादुर श्रेष्ठले प्रतिवादी बसेको ठूलो घरमा मरेको हो भनी बकी लेखी दिएको । सो बिक्री गरेको घरमै वादी बसेको देखिन आएपछि धनमाल रहे भएकै देखिने । (प्रकरण नं. ६) (र; सिंगल बेञ्चको बुँदाको हकमा हेर्नोस्) (प्रकरण नं. ५) निवेदक तर्फबाट : वकिल बलभद्र मिश्र झा विपक्षी तर्फबाट : वकिल नारायणप्रसाद फैसला १. लोग्ने सुज्र्येबहादुरको अरू हकदार कोही नभई बैनी र ज्वाई अन्यायी सिद्धिबहादुरलाई ल्याई पाली राखेको । मेरो लोग्ने सूर्ज्येबहादुर ०१० साल श्रावण ३ गतेका दिन परलोक हुनु भयो । कृया बस्नु परेकोले ४५ दिन सम्म छुवाछुत गर्न हुन्न भनी साँचो नदिएको ।