निर्णय नं. १२२ - बेहिसावको नालिस खारेज गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२२ - बेहिसावको नालिस खारेज गरी पाउँ भाग: ४ साल: २०१८ महिना: भाद्र अंक: २ फैसला मिति :२०१८/०२/१३ ३०७८ निर्णय नं. १२२ ने.का.प.२०१८ फुलबेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री दे. फु. नं. ४२ निवेदक : कृष्णप्रसाद न्यौपाने विरुद्ध विपक्षी : कालुमान शाक्य मुद्दा : बेहिसावको नालिस खारेज गरी पाउँ (१) अ. बं. ९० नम्बर – वारिस दिन हुने मुद्दामा अख्तियारनामा ऐन बमोजिम रीत नपुगेको भएमा रीत नपुगेको जति कुरा खोली ल्याएमा लाग्ने । ऐनले वारिस दिन हुने मुद्दामा वारिस हुनेलाई वारिस गरी पठाएमा वारिस भई आउनेले पेश गरेको अख्तियारनामा ऐन बमोजिमको रीत नपुगेको भए रीत नपुगेको जति कुरा खोली रीत पुर्‍याई ल्याए लाग्नेछ भनी सो अख्तियारनामाको पिठमा लेखि फिर्ता पठाउनु पर्ने अ. बं. ९० नं. मा व्यवस्था भएको । (प्रकरण नं. १५) (२) अ. बं. ८९ नं. देहाय ३ दफा – नाउँ फरक भएको अख्तियारनामाबाट मुद्दा दायर गराई कारवाई गर्न नमिल्ने । अ. बं. ८९ नं. को देहाय ३ दफा बमोजिम अख्तियारनामा जुन सँगको मुद्दा हो, त्यसैको नाउँ खोली लेखि आएपछि वारिस हुनेको पनि सकारनामा गराई कारवाई हुनु गर्नु पर्ने भएकोमा सानुमान उपर घर हकसफाको नालिस दिई पुर्पक्ष गर्न अख्तियारनामा दिई कृष्णप्रसाद न्यौपानेलाई वारिस गरी पठाएकोमा अख्तियारनामामा नलेखिएको कालुमान उपरको फिरादपत्र दिए लिएको समेत ऐन बमोजिम भए गरेको देखिएन । त्यस्तो ऐनको रीत नपुर्‍याई लिएको बेरीतको फिरादपत्र लिई कारवाई भएको सो हकसफा मुद्दामा गोविन्दप्रसाद मुडभरीले लेखि दिएको अख्तियारनामामा लेखिएको मुद्दाको बिषय र फिरादपत्रमा लेखिएको मुद्दाको बिषय भिन्दा भिन्दै नभई एकै भएको । अरू सबै कुरा मिली सिर्फ नाउँ सम्म फरक देखिन आएको र कालुमानले सो झगडा परेको घर किनी लिएमा सावितै भई प्रत्तिउरत्तर दिएबाट सो अख्तियारनामामा लेखिएका सानुमान साक्य र फिरादपत्रमा लेखिएका यै वादीकालुमान भिन्दा भिन्दै नभई, एकै देखिन आउँछ तापनी अ. बं. ८९ नं. को देहाय ३ दफाले नाउँ फरक भएको अख्तियारनामाबाट मुद्दा दायर गराई कारवाई गर्न नमिल्ने भएबाट समेत अपीलको इन्साफ सदर ठहर्‍याएको ०१७।७।१८ गतेको डिभिजन बेञ्चको इन्साफ मनासिब भन्न मिल्ने देखिंदैन । (प्रकरण नं. १५) (३) अड्डाका कर्मचारीका गल्तीले पक्षले ऐनबाट पाएको सुविधाबाट बन्चित हुनु नपर्ने । त्यस्तो बेरीतको फिरादपत्रबाट केहि कारवाई गर्नु नपरि खारेज हुने हो कि ? भन्नालाई बेरीतको अख्तियारनामा लिई फिरादपत्र दिन आएकै मौकामा अ. बं. ९ नं. बमोजिम गरी दरपिठ गरी फिर्ता दिएको भए उसैबखत ऐनको रीत पुर्‍याई अख्तियारनामा लिई म्यादै भित्र नालिस गर्न पाउने हुन जाने थियो । उस बखतमा त्यसो नगरी कारवाई हुँदै आएकोमा हाल त्यस्तो अख्तियारनामाबाट दिएको फिरादपत्रबाट केही कारवाई गर्न नमिल्ने भनी खारेज गरी दिँदा अड्डाका कर्मचारीका गल्तीले पक्षको ऐनबाट पाएको हक सुविधामा आघात पर्ने देखिन्छ । ईन्साफको रोह रीतबाट समेत जो पाउनु पर्ने सुविधा पक्ष विपक्षले पाउनु पर्नेमा अदालतका कर्मचारीका गल्तीबाट पक्षहरूले ऐनद्वारा प्रदत्त हकबाट समेत बन्चित हुँन पर्ने अवस्था पर्न आउने हुनाले हकसफा मुद्दा दिई इन्साफ माग्न ऐनको रीत पुर्‍याई आजका ३ दिन भित्र सम्बन्धीत शुरु इलाका अदालतबाट नालिस गर्न जानु । (प्रकरण नं. १५) निवदेक तर्फबाट : वकिल श्री पुरेन्द्रप्रसाद मैनाली विपक्षी तर्फबाट : वकिल श्री नारानप्रसाद श्