निर्णय नं. १२५ - जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२५ - जग्गा भाग: ४ साल: २०१८ महिना: असोज अंक: ३ फैसला मिति :२०१७/१०/०४ २२८८ निर्णय नं. १२५ ने.का.प.२०१८ फुलबेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री फु. ठा. नं. ७६० निवेदक, वादी : मानकुमारी विरुद्ध विपक्ष, प्रतिवादी : हरिबहादुर प्रधान मुद्दा : जग्गा (१) बेगर सबुदले, फैसला कायम ठहरेको कुत भन्दा बढी लिन नमिल्ने । जग्गा बढाई दिएकोबाट फैसलाले पाउने भन्दा बढी कुत लिने दिने गरेको भन्ने सबुद दिन प्र. हरिबहादुरले नसकेको । मुद्दा परी फैसलाले कायम ठहरेको कुत ५०। भन्दा बढी लिन पाउने सबुद बेगर बढी कुत लिन पाउँछ भन्न नहुने (प्रकरण नं. ४) (२) कस्तो कबुलियत प्रमाण नलाग्ने ? प्र. का जिकिर बमोजिम ९०।१०।११।४ का कबुलियत बमोजिम मो. रु. ५। कुत लिन पाउने हुन् कि भन्न डिल्लीबजार बस्ने हाकुभाजु पुनबीर १ कान्छा भन्ने हर्कमान महर्जनले गरिदिएको ९०।१०।११।४ को कबुलियत मुद्दा छलफल बहस हुँदा प्र. हरिबहादुरले सक्कल कबुलियत लेखत यही हो यसबाट रु. ५। खास मैले पाउनु पर्छ भनी पछाडी पट्टी स. जं. को छाप लागेको लेखत देखाउनु भएबाट सो देखाउनु भएको सक्कल लिखत हेर्दा सो सक्कल लिखत कबुलीयतको ८।९ हरफमा (आ. मै. त. ) १२ हरफामा (छ) १३ हरफमा (५०५ पाँच) १६ हरफमा (५) मितिमा (९०) समेत अक्षर अंक पुरापुर सच्याएको र मितिको (माघ ११।४) भन्ने अक्षर अंक र उक्त पेट व्यहोरामा सच्चिएका अंक अक्षर समेत बेगल मसिले सच्चाई लेखेको । उक्त सचिएका ५। को अंक अघि ४ अंक अक्षरले लेखिएमा त्यसैलाई सच्चाई ५ गरेको स्पष्ट देखिएको । जुन कबुलियत लेखनबाट मैले रु. ५ पाउनु पर्छ भन्ने प्र. हरिबहादुरको जिकिर हो, त्यही लिखत शुरु मुख्य अंक नै सच्चाई प्रष्ट देखिँदा देखिँदै त्यस्तो ऐनले प्रमाण नलाग्ने । (प्रकरण नं. ४) ३. घरायसी टिप्पणी स्याहा प्रमाण मान्न नहुने । त्यसपछिका रु. ५। बुझाएको टिप्पणी स्याहा प्रमाण लाग्न आउँछ भन्न नहुने । मैले रु. ५०। बुझाएकोमा रु. ५ मा सहीछाप गराएकोमा अंक अक्षर नजान्ने निअक्षरी भन्ने वादीले लेखेको । त्यस्तो निअक्षरीलाई प्र. हरिबहादुरले आफ्नो सबुद प्रमाण पुर्‍याउन सक्छु कि भनि खडा गरेको घरायसी टिप्पणी स्याहा मान्न नहुने । (प्रकरण नं. ४) निवेदक तर्फबाट : प्लीडर पूर्णनारायण फैसला १. यसमा मैतिदेवी घट्टेकुला देखि दक्षिण पट्टी सडक किनाराको अं. जग्गा ‍= पर्तिमा ८८ सालमा रैकर दर्ता गराउन एगृकल्चरमा दर्खास्त दिँदा हिरामानका गुठी भित्रका जग्गा ठहरी साल १ का रु. ५०। हिरामानलाई ८८।८९ सालको रु. १। बुझाउने ठहरी दे. पै. बाट ९०।३।६ गते फैसला भएकोले रु. ५०। बुझाई आएको रसिद दिएको छैन । अहिले हरिबहादुरले जग्गा लिएँ भनी निजैले तिरो लाग्ने गरेको । लोग्ने छोरा मरे । जग्गा मेरो नाममा दर्ता भयो । कबुलियत छ । घरबाट निक्ली जा भनेकोले साविक बमोजिम तिरो तिरी छाप्रोमा बस्न पाउँ भन्ने समेत मानकुमारीको बयान । २. यो घर जग्गा पुजारी खान्गीको मेरो नाउँमा दर्ता भएको जग्गाको बहाल कुत मलाई नबुझाएकोले उठी जाउ भनेको हुँ । ९।९।४ गते पुनबीर ज्यापुसँग मो. रु. ४३। मा राजिनामा गरी लिई वादीको लोग्ने हाकु भाजु र कान्छा भन्ने हर्कमान ज्यापुलाई रु. २।५०। का दरले कुत लिने गरी मगनीमा दिएको । ९९ सालदेखि बाली बाँकी राखेकोले नालेस गर्ला भन्ने चलाकीले झुट्टा उजुर गरेको हो भन्ने समेत रा. हरिबहादुरको बयान । ३. वादीका लोग्नेले गरी दिएको प्र. ले पेश गरेको ९०।१०।११। का कबु