निर्णय नं. १२६ - बन्धकी जग्गा निखनाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२६ - बन्धकी जग्गा निखनाई पाउँ भाग: ४ साल: २०१८ महिना: असोज अंक: ३ फैसला मिति :२०१७/०९/२० २३६९ निर्णय नं. १२६ ने.का.प.२०१८ फुलबेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री कालीप्रसाद उपाध्याय फुल नं. ४।१३ प्रतिवादी निवेदक : महेन्द्र नाथ विरुद्ध वादी विपक्षी : पुतली मुद्दा : बन्धकी जग्गा निखनाई पाउँ (१) दर्ता उपर चित्त नबुझेमा जग्गा पजनीका ३४ नं. का ऐनको म्याद भित्र उजुर गर्नु पर्ने । ९७ साल देखि महेन्द्रनाथका नाउँमा नम्बरी दर्ता भई निजैबाट भोग तिरो चलेको । सो दर्ता उपर ऐनको म्याद भित्र उजुर नपरेकोबाट सो जग्गामा उसै बखत देखि नै पुतलीको हक टुटी सकेको देखिन आउने (प्रकरण नं. १२) वादी पुतलीकै मन्जुरीले महेन्द्रनाथका नाउँमा ९७ सालमा नम्बरी दर्ता भई निजैबाट भोग तिरो समेत चलेको । सो दर्ता उपर चित्त नबुझी जग्गा पजनीका ३४ नं. का ऐनको म्याद भित्र उजुर नगरी ०६ सालमा मात्र वादीको उजुर परेको । (प्रकरण नं. ११) (२) मुद्दा दायर छँदै उही जग्गा राजिनामा गर्नु बेमुनासिब हुने । झगडा पर्दा पर्दैका अवस्था अपुतलीबाट दोलराजले राजिनामा गराई लिएको सदर पक्का नठहर्ने । (प्रकरण नं. १२) उजुर परी मुद्दा दायर छँदै पुतलीले बुद्धिकलाको लोग्ने दोलराजलाई यही जग्गा राजिनामा गरेको मुनासिब भन्न नहुने । मुद्दा टुंगो नलाग्दैको अवस्थामा पछि सोही जग्गा किनबेच गरेको थैलिकोसम्म नाताले तहतह सकार हुँदै आएको । त्यस्तो सकार गरेको माथि लेखिएका ऐनले सदर मान्न नहुने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : वकिल पूर्णनारायण विपक्षी तर्फबाट : ल्पीडर पुरेन्द्रकुमार मैनाली फैसला १. यसमा बैजनाथका नाउँमा राजबाधा खेतमुरी १०० मध्ये मेरा अंश भागको रानी सटा खेत मुरी ।२५ सोती भन्ने खेत मुरी ।२५ समेत २ कित्ताको खेत मुरी ।५० अन्यायवालालाई ९६।२।२५ मा मो. रु. १०५० मा भोगबन्धकी पास गरी दिएको । सो मोहरू ३००। निज महेन्द्रनाथलाई बुझाई सकेपछि रु. ७५०। बुझी नलिएबाट पाल्पा रजिष्ट्रेशनमा धरौट राखेमा डोरमा गरी दिएका मन्जुरीले मेरो नाउँमा दर्ता भएकोले र दरपीठ भएको समेत हैन बुझ्न मन्जुर छैन भनी कागज गरेकोले पाल्पा रजिष्ट्रेशनले नालेस गर्नु भनी सुनाएबाट नालिस गरेको छु । बाँकी मोहरू ७५० बुझाई जग्गा निखनाई पाउँ भन्ने समेत पुतलीको फिराद । २. वादी दावीको बन्धकी जग्गा डोरमा वादीका मन्जुरी बमोजिम मेरा नाउँमा मोहिया दर्ता भई तिरो गरी खाई आएको रजबाधा थैली रु. ३००। वादीले बुझी लिएको हुँदा वादी दावी झुट्टा हो भन्ने समेत प्र. महेन्द्रनाथको प्रतिउत्तर । ३. तमसुकमा दरपीठ भएको र त्यसको निस्सा समेत नभएकाले थैली रु. १०५०। तिर्नु पर्नेमा थैली भन्दा रु. ३००। घटी भनेको ठहर्छ । वादीले डोरमा हक छोडिदिएको भन्ने नजनिएको । पास समेत नभएको हुँदा वादीकै हक ठहर्छ । बाँकी रु. ३००। वादीले धरौट राखे जग्गा चलन गर्न पाउने ठहर्छ भन्ने समेत पाल्पा अदालतको फैसला । ४. इन्साफमा चित्त बुझेन भन्ने महेन्द्रनाथको अपील । ५. थैली घटीबढी तर्फ वादीको अपील नपरेबाट त्यस तर्फ विचार गर्न नपर्ने । जग्गाका हकमा डोरले प्रतिवादीका नाउँमा भौहराई दर्ता गराउनु पर्ने पत्यारलायक अवस्था देखाउन नसकेको र म्याद भित्र उजुर दिई दर्ता बदर गराउन नसकेकोले मन्जुरी बमोजिम प्रतिवदी भोग तिरो गरेको रैकर जग्गा वादीले निखन्न पाउँ भनी झुट्टा उजुर गरेको र शुरुले गल्ती इन्साफ गरेको समेत ठहर्छ भन्ने पाल्पा अपीलको फैसला । ६. इन्सा