निर्णय नं. ३०६६ - घरबाट उठाई निष्कासन गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०६६ - घरबाट उठाई निष्कासन गरिपाउँ भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/११/११ २२९६ निर्णय नं. ३०६६ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ६९५ मुद्दा : घरबाट उठाई निष्कासन गरिपाउँ। पुनरावेदक/वादी: का.जि.का.न.पं. वडा नं. ३२ रामशाहपथ पुतलीसडक बस्ने दलबबहादुर कार्की। विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने दिलिपकुमार कार्की। फैसला भएको मिति: २०४३।११।११।२ मा घर पसलबाट बसिरहेका मानिसलाई कुनै व्यहोराले उठाउन पर्ने भएमा ३५ दिन अगावै सूचना दिई उठाउन पाउने । (प्रकरण नं. ११) पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री दीपकराज जोशी विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल उल्लेखित मुद्दाःX फैसला न्या.हरगोविन्द सिंह प्रधानः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।११।२२ को इन्साफमा चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा अनुमति भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. का.जि.का.न.पं. वडा नं. ३२ को कि.नं. ७४९ मा बनेको तीनतले आधुनिक तरिकाले बनेको पक्की घर मेरो स्वआर्जित सम्पत्ति हो । २०२०।२।७ को बण्डापत्रमा समेत सो घर मेरै अंश भागमा परेको हुँदा सो घरमा मेरो एकलौटी हक भएकोमा २०३८ साल कार्तिक सम्म कुनै खर खिचोला थिएन । विपक्षी दिलिपकुमारले गत मार्ग महीनामा आई मेरो घरमा मैल बहालमा राखेका व्यक्तिहरूलाई जबरजस्ती निकालेछन् । विपक्षीलाई मेरो घर छाडिदेउ भनी २०३८।९।३ मा लिखित सूचना समेत पठाएकोमा कुनै वास्ता नगरी बहाल समेत नदिई आजसम्म बसिरहेका छन् । म यहाँ नभएको मौका पारी विपक्षीले मेरो घर जबरजस्ती कब्जा गरेकोले मेरो घरबाट विपक्षीलाई अड्डैबाट निष्काशन गरिपाउँ भन्ने समेत व्यहोराको दलबहादुर कार्कीको मिति २०३८।१२।६ को फिरादपत्र । ३. प्र.दिलिपकुमारको नाउँको मिति २०३९।१।१६।५ मा तामेल भएको इतलायनामाको म्याद गुजारी प्रतिउत्तर नदिई गयल भई बसेको । ४. वादीले २०२०।२।७ को बण्डापत्रको आधारमा विवादको घरमा आफ्नो हक भएको प्रमाण पेश गरेकोबाट निजको हक पुगेको देखिएको र प्रतिवादीले बाबुको दावालाई खण्डन गर्न उपस्थित नभई बसेबाट दावामा चित्त बुझाएको भन्नु पर्ने अवस्था रहेको समेत हुँदा वादी दावी अनुसार प्रतिवादीलाई घरबाट उठाई दिनु पर्ने ठहर्छ भन्ने समेत व्यहोराको का.जि.अ.को मिति २०३९।३।७ को फैसला । ५. वादीले सहारा लिनु भएको घर बनाउनेको महलको ८ र ९ नं. को व्यवस्था बहालमा बस्ने र बस्न दिने नातामा मात्र सीमित रहने कुरा हो हामी जस्तो बाबु छोराको रगतको नातामा मिल्ने कुरा होइन । अंशियारहरूको बीचमा आपसी समझदारी र सहमतिबाट सो काठमाडौं घर साझा सबैले उपयोग चलन गर्न पाउने गरी राखिएको कुरा २०२० सालको बण्डापत्रको शिर खण्डमा १२–१५–१५ जग्गा मात्र वादीले आफू खुस गर्न पाउने भनेबाट सो बाहेक अरुमा आफूखुस गर्न नपाउने स्वतः सिद्ध हुन आएको समेतबाट विपक्षी वादीले दुःखपूर्ण काम गर्नु भएको प्रष्ट भएकोले फिराद खारेज गरी झुठ्ठा दावाबाट अलग फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको दिलिपकुमार कार्कीको मिति २०३९।५।१५ को प्रतिउत्तर सरहको पुनरावेदनपत्र । ६. विवादको घर वादीको भागमा परेको कुरा प्रतिवादीले स्वीकार गरेको र त्यसरी वादीको भागमा परेको घरमा प्रतिवादी पनि बस्न पाउने स्पष्ट रुपमा सो बण्डापत्रमा उल्लेख नभएकोले वादी प्रतिवादी अंश