निर्णय नं. ३०६७ - उत्प्रेषणयुक्त परमादेश सहित जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०६७ - उत्प्रेषणयुक्त परमादेश सहित जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०६/१२ २३३५ निर्णय नं. ३०६७ ने.का.प. २०४४ अङ्क ४ डिभिजन बेञ्ज माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नं. २३९६ विषय : उत्प्रेषणयुक्त परमादेश सहित जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। निवेदक : झापा जि.घैलाडुवा गा.पं. वडा नं. ७ बस्ने कृष्णानन्द गिरी। विरुद्ध विपक्षी : प्रहरी चौकी, घैलाडुवा, झापा। झापा जिल्ला चारपाने गा.पं वार्ड नं.३ बस्ने मोहन राजवंशी। ऐ.ऐ बस्ने जमुलाल राजवंशी। ऐ. घैलाडुवा गा.पं वडा नं.७ बस्ने शैशलाल राजवंशी। ऐ.ऐ बस्ने जि.पं.स गंगा प्रसाद प्रसाई। ऐ.ऐ बस्ने दिपक पोखरेल। ऐ.ऐ बस्ने राजेन्द्र पोखरेल। ऐ. डागीवाडी गा.प. बस्ने हंश नारायण चौधरी। जिल्ला प्रहरी कार्यालय,झापा। आदेश भएको मिति: २०४३।६।१२।१ मा प्रत्यर्थीहरूले गरेको भनिएको काम कारवाहीका सम्बन्धमा जाहेरी दिन जाँदा प्रहरी चौकीले दर्ता नगरेको भए हुलाक मार्फत समेत पठाउन सकिने अवस्था नभएको होइन । त्यसरी अन्य बाटो पहिल्याउने अवस्था छँदाछँदै सो तर्फ नगई दर्ता गरेन भन्ने भनाईलाई मात्र पत्यार लाग्दो मान्न नसकिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल प्रत्यर्थीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री जीतबहादुर कार्की उल्लेखित मुद्दाःX आदेश न्या.हरिहरलाल राजभण्डारीः नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ :– २. मेरी छोरी सुश्री उमा गिरी मावली घैलाडुवामा बसी पढ्ने गरेकी थिइन् । यस्तैमा निजलाई All India test competition examination मा भर्ना गराई पठाउन लिन २०४२।२।२१ मा लिन गई चारित्रिक प्रमाणपत्र लिई ससुराली घरमा आउँदा नदेखि जेठानलाई सोध्दा थाहा छैन भन्ने जवाफ प्राप्त भयो । खोजतलास गर्दा प्राप्त नभएपछि नजिकको प्रहरी चौकी घैलाडुवामा मेरी नावालिक छोरी खोजतलास गरी लुकाउनेलाई कानून बमोजिम कारवाही र सजायँ समेत गरिपाउँ भनी दर्खास्त दिएँ । ३. विपक्षीहरू र अन्य मैले नाम नजानेका मानिसहरू समेत प्रहरी चौकी घैलाडुवामा मेरी नावालक छोरी समेत उपस्थित भएको थाहा पाई मिति २०४२।२।२३ मा गई कुन उद्देश्यले के कसको मिलोमतोबाट अपहरण गरी लगेका हुन् यकिन गरी मुद्दा समेत चलाई पाउँ भनेकोमा हुने कुरा भइगयो आफ्नो छोरी जिम्मा बुझिलिएँ भनी कागज गर भनी जबरजस्ती पहिलेदेखि लेखी राखेको कागजमा सहिछाप गर्न बाध्य गराइयो । छोरी लिई प्रहरी हाता बाहिर आएपछि मलाई प्रहरी बाहेकका विपक्षीहरू समेत भई कुटपिट गरियो । ४. विपक्षीहरूको काम कारवाहीलाई आपत्ति जनाउँदै पुनः जिल्ला कार्यालय झापामा उजूरी दिएकोमा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय भद्रपुरमा पेश गरेकोमा बुझ्दै नबुझी मलाई कार्यालयमा प्रवेशसम्म पनि गर्न दिइएन । छोरी वेपत्ता गर्ने कसूरदार विपक्षीहरूलाई मद्दत पुर्याएको र कानूनले श्री ५ को सरकार वादी भई हेर्नु चलाउनु पर्ने मुद्दाका सम्बन्धमा परेको उजूरीलाई मुद्दा नचलाई गुम गर्न कागज गराउने झापा घैलाडुवा प्रहरी चौकी र विपक्षी अन्य मानिसहरूले छोरी जिम्मा बुझिलिएँ भनी जबरजस्ती गराएको मिति २०४२।२।२३ को कागज उत्प्रेषणको आदेशद्वारा बदर गरी पत्र बुझी मुद्दा कानून बमोजिम गर्नु भन्ने झापा जिल्ला प्रहरी कार्यालयका नाउँमा परमादेशको आदेश सहित