निर्णय नं. ३०६८ - कीर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०६८ - कीर्ते भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०९/०६ २४३९ निर्णय नं. ३०६८ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको फौ.पु.नं. ५४१ सम्वत् २०४३ सालको फौ.पु.नं. ५४२ मुद्दा : कीर्ते । पुनरावेदक/प्रतिवादी: का.जि.का.न.पं. वा.नं. २ लाजिम्पाट बस्ने माधव प्रसाद उपाध्याय। ऐ.वा.नं २९ बकैनापाटी बस्ने लीलादेवी थपलिया । विरुद्ध विपक्षी/वादी: गुल्मी अर्ताथोक तोस घर भई का.जि.का.न.पं.वा.नं. १७ क्षेत्रपाटी डेरा गरी बस्ने माधवप्रसाद उपाध्याय अर्याल । फैसला भएको मिति : २०४३।९।६।१ मा पुनरावेदन तहबाट नै निर्णय गर्न सकिने हुनाले एक पटक बोलिसकेको कुरामा नै पुनः निर्णय गर्न पठाउने गरेको फैसला बदर हुने । (प्रकरण नं. १५) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दाः X फैसला न्या.हरिहरलाल राजभण्डारीः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।८।१९।४ को फैसला उपर यस अदालतबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. लक्ष्मीकुमारी मानन्धरका नाउँमा काठमाडौं मालको साविक मौजा ठमेलको हा.नं. ११७ को लगतमा हिलेडोल भन्ने खेत २ रोपनी दर्ता भएको २०२१ सालमा भू.सु. नापी हुँदा गोंगबुं पञ्चायत वा.नं. ४(ग) कि.नं. २८९ को क्षेत्रफल ०–१५–० पन्ध्र आना जग्गामा जग्गाधनी लक्ष्मीकुमारी र मोहीमा म फिरादीको नाम देखाई मेरो हकमा दाजु जीवराम समेतले सही गर्नु भएको छ । सो बमोजिम नापीमा दर्ता हुन बाँकी भई कृष्णकुमारी र लक्ष्मीदेवीको मालपोत कार्यालयमा निवेदन परी कारवाही भइरहेको अवस्थामा लीलादेवी थपलियाले उक्त जग्गामा घर बनाउने नक्शा पास गरिपाउँ भनी का.न.पं. मा दर्खास्त दिएकोमा जग्गावालाको उजूर परी नक्शा पास हुन सकेन । सो सम्बन्धमा विपक्षीहरूले माल र का.न.पं. मा पेश गरेका प्रमाणहरू हेर्दा विपक्षी माधवप्रसादले आफूलाई मोही भनी पशुपति अमालकोटमा उक्त जग्गा दर्ता गराई सोही आधारमा लीलादेवी थपलियालाई बकसपत्र गरी दिएको रहेछ । सो मुद्दामा प्रतिवाद गर्दा विपक्षी माधवप्रसादले मोही आफैं हो भनी झुठ्ठा व्यक्ति खडा भई आएको हुँदा विपक्षीले कीर्ते कागजको १, ३ र ४ नं. को अपराध गरेको स्पष्ट हुँदा फिल्डबुकमा लेखिएको माधवप्रसाद मलाई नै कायम गरी विपक्षीलाई कीर्ते कागजको १५ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको गुल्मी घर हुने माधवप्रसाद उपाध्याय अर्यालको मिति २०३७।१२।१० मा काठमाडौं जिल्ला अदालतमा परेको फिरादपत्र । ३. विपक्षीले दावी गरेको जग्गा पशुपतिनाथको गुठी हो र नापीमा सो नाम लेखिनु पर्नेमा भूलबाट लक्ष्मीकुमारी लेखिएको सो जग्गा पशुपति अमालकोट कचहरीमा दर्ता भएको जग्गा हो । सो जग्गा अघिदेखि नै मैले जोत कमोद गरिआएको मोही हुँ । सोही बमोजिम मेरा नाममा मोही दर्ता र जग्गाधनीमा पशुपति माल अवालको नाम दर्ता हुन मैले निवेदन दिई सोही बमोजिम गोरखापत्रमा सूचना प्रकाशित गर्दा पनि विपक्षीबाट उजूर पर्न नआई मबाट बाली असूल गरी लिई दर्ता गरी रसीद दिएको हुँदा प्र.मध्येकी लीलादेवी थपलियालाई मिति २०३६।११।२६ मा हालै देखिको बकसपत्र पारीत गरी दिएको हुँ । वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत लाजिम्पाट बस्ने माधवप्रसाद उपाध्याय अर्यालको मिति २०३८।२।२३।६ को