निर्णय नं. ३०६९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०६९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०९/२८ २५६१ निर्णय नं. ३०६९ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नम्बर २१८० विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। निवेदक : काठमाडौं जिल्ला का.न.पं. वार्ड नं. ३० भोटाहिटी टोल बस्ने वर्ष ६९ की चन्द्रकुमारी श्रेष्ठ । विरुद्ध विपक्षी : श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालय, बबरमहल। श्री काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समिति माइतीघर,काठमाडौं । आदेश भएको मिति: २०४३।९।२८।२ मा कानूनी निकायले निर्णय गर्दा तजबिजी अधिकार प्रयोग गर्दा पनि कानून बमोजिम निर्णय गर्नु पर्ने हुन्छ साथै ऐन बमोजिम निर्णय गर्दा समान व्यक्तिहरूलाई समान संरक्षण दिनु पर्ने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली प्रत्यर्थीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.हरिहरलाल राजभण्डारीः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न बमोजिम रहेको छ । २. म निवेदिकाको हकभोगको का.न.पं. वडा नं. ३० भोटाहिटी स्थित साविकको पुरानो घरलाई भत्काई नयाँ घर निर्माण गर्नका लागि काठमाडौं नगरपञ्चायतमा दर्खास्त दिई सो न.पं.बाट मिति २०३७।४।३० मा घर बनाउन नक्शा पास पुर्जीलाई साविकको पुरानो घरलाई जमीनसम्म भत्काई नयाँ ६ तल्ला घर बनाई मिति २०३८।६।२५ मा छाना लगाई तयार गरिसकेकी थिएँ । ३. विपक्षी समितिबाट मलाई बोलावट भई मिति २०३८।७।२ मा बयान गराई तारेखमा राखेको र यही क्रममा मलाई हाजिर हुन मिति २०३९।४।२० को साधारण तारेख तोकिएको हुँदा सो तारेखका दिन हाजिर हुन जाँदा मिति २०३९।४।१४ मै फैसला भइसकेको कुरा सुनाइयो । उक्त फैसलामा नगरपञ्चायतबाट घरको उचाई ४५’४” को र दक्षिण र पश्चिम साइड पट्टी क्याष्टिलेभर राख्न नपाउने गरी नक्शा स्वीकृत भएकोमा उचाई ५२।४” को ७ तल्ले घर बनाउनुको साथै पश्चिम सार्वजनिक बाटो तर्फ क्याष्टिलेभर निकाली नगर निर्माण योजना कार्यान्वयन ऐन, २०२९ को दफा ५(१)(ग) विपरीत निर्माण गरेकोले ऐ ऐनको दफा ६(१) बमोजिम ५,०००।– पाँचहजार रु. जरिवाना गर्ने र ऐ ऐनको दफा ५(१)(ग) बमोजिम स्वीकृत नक्शा विपरीत बनेको भाग जति ३५ दिन भित्र भत्काउन लगाउने भन्ने निर्णय उपर विपक्षी निर्माण तथा यातायात मन्त्रालयमा पुनरावेदन गरेकोमा विपक्षी समितिको निर्णयलाई नै सदर गर्ने गरी मिति २०४२।९।१६ मा निर्णय भयो । ४. उपरोक्त बमोजिम विपक्षी समितिले मैले बनाएको घर मापदण्ड नघाई बनाएको हुँदा भत्काउने भनी निर्णय गर्दा अ.बं. को ३५ नं. मा लेखिए बमोजिमको नमुना किताब खडा गरी तारिख भर्पाईमा र झगडियालाई दिने पर्चा समेतमा सो व्यहोरा जनाई तारिख दिनु पर्ने र सो तोकिएको तारिखको दिन भगडिया हाजिर भएपछि तोकिए बमोजिमको काम कारवाही गर्नु पर्ने भन्ने व्यवस्थाको वास्ता नगरी अ.बं. १८४।१८५ ले गरेको व्यवस्था समेत प्रतिकूल कार्यविधि अपनाई मिति २०३९।४।१४।५ मा निर्णय भएको छ । ५. साथै उपरोक्त बमोजिम विपक्षीहरूको निर्णयमा असमानता र भेदभाव हुन गएको छ, किनकी नयाँ निर्माण गरेका कैयौं घरहरू मापदण्ड विपरीत भयो भनी जरिवाना र घरहरू भत्काउने गरेको विपक्षी समितिको निर्णय उपर पुनरावेदन पर्दा व