निर्णय नं. ३०७० - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०७० - अंश भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :2043/11/03 २६५१ निर्णय नं. ३०७० ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४३ सालको दे.पु.नं. ५११ मुद्दा : अंश । पुनरावेदक/प्रतिवादी: जि.बारा गंजभवानीपुर गा.पं. वडा नं. ८ बस्ने मीश्रीलाल साह कानु। विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. बस्ने मटुक साह कानु । फैसला भएको मिति: २०४३।११।३।१ मा एका सगोलको सम्पत्ति नै अंशियारमा भागबण्डा हुनु पर्ने सम्पत्ति हो, प्रतिवादीले तायदातीमा निजी आर्जनको भनी देखाएको देखिन्छ तापनि निजी आर्जनको हो भन्ने सबुद निजले पेश गर्न सकेको देखिँदैन, निजी आर्जनको सम्पत्ति भागबण्डा नलाग्ने भन्ने ऐनको संशोधन पछि मात्र निजी आर्जनको सम्पत्ति भाग बण्डा नलाग्ने हुँदा प्रतिवादीले तायदातीमा खुलाई देखाएको सगोलको सम्पत्ति अंश भाग लाग्ने नै देखिन आयो । (प्रकरण नं. १३) भूमिसुधारको फैसला स्वतन्त्र रुपमा भएको देखिँदैन, किनभने शुरु जि.अ.को फैसलाको परिणाममा पहिलो फैसला भएको तथा क्षेत्रीय अदालतको फैसला पछि दोश्रो फैसला भएको छ, जुन फैसलाले अदालतको फैसलामा प्रतिकूल असर पार्न नसक्ने । (प्रकरण नं. १३) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस फैसला न्या.प्रचण्डराज अनिलः श्री मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको मिति २०४३।१।७ को इन्साफमा चित्त नबुझी पुनरावेदक प्रतिवादी मिश्रीलाल साह कानुको यस अदालतमा पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. बलदेवका २ छोरा जेठो म फिरादी मटुक साह र कान्छो विपक्षी मिश्रीलाल साह कानु भएको, बाबु बलदेव र आमा जसोदिया अघि पछि गरी स्वर्गवास हुनु भएको धेरै वर्ष व्यतित भई सक्यो । बाबु आमाको स्वर्गवास पछि पनि विपक्षी र म फिरादी एकसाथ सगोलमा रही बसी सगोलमै सबै सम्पत्ति जोड्दै दाजु भाइले भोगचलन गर्दै आएकोमा, दुवै भाइका सल्लाहले २०२९ सालमा घरसारमा बण्डापत्रको कागज लेखिएकोमा फेरी दुवैको सल्लाहले बण्डापत्र पास नगर्ने भनी पास भएन र सगोलमा नै बसी श्रीसम्पत्ति भोग गर्दै श्रीसम्पत्ति बढाई आएकोमा यता एक वर्ष देखि विपक्षीले परिवारमा समानता नदेखाई आफ्नो परिवारमा बढी खर्च गर्न थालेकाले मनमोटाव भई केही महीना देखि बराबर अंश माग्दा नदिएकोले, नालिश परेका अघिल्ला दिनसम्मको सम्पूर्ण चल अचल श्रीसम्पत्तिको ऐन बमोजिम तायदाती फाँटवारी विपक्षीबाट लिई २ खण्डको १ खण्ड मेरो अंश भाग विपक्षीबाट छुट्याई मेरा नाउँमा दर्ता समेत गरिपाउँ भन्ने समेत व्यहोराको मटुक साह कानुको मिति २०४०।१।५ को फिरादपत्र । ३. बाबु आमाको स्वर्गवास भएपछि घरको मुख्य व्यक्ति विपक्षी दाजु नै हुनुहुन्थ्यो । विपक्षी दाजुले नै मिति २०२९।१।१७ मा घरसारमा बण्डापत्र खडा गरी अंश वापतमा निजले आफ्ना नाउँ दर्ताको जि.वारा गंगभवानीपुर गा.पं. वडा नं. ८ को कि.नं. ६४ को जग्गामा बनी राखेको खपडाको छाना भएको घर जग्गा ०–०–४ मध्ये पूर्व तर्फबाट ज.वि. ०–०–७ तथा ऐ.ऐ. वडा नं. ९ को कि.नं. २० को ०–११–० मध्ये पूर्वतर्फबाट ०–५–१० तथा ऐ.ऐ. वडा नं. ८ को कि.नं. ६८ को ०–३–१० मध्ये पूर्वतर्फबाट ०–१–१५ समेत जम्मा ज.वि. ०–७–१२ मिति २०२९ सालकै बाली देखि मलाई दिई भिन्न गरिदिनु भएकोमा मैले पाएको उक्त जग्गा दाजुकै नाउँमा राखी भोगचलन गरी आई रहेको छु । हाम्रो