निर्णय नं. ३०७१ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०७१ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/११/०६ २५२३ निर्णय नं. ३०७१ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको साधक नं. १०२ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी: कालो पुनको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: जि.रुकुम नुवाकोट गा.पं. वार्ड नं. १ नाउँको बस्ने झुपे राना समेत । फैसला भएका मिति: २०४३।११।६।४ मा मृतकले जग्गा आफ्नो बाबुलाई नदिई देवरलाई घरसारमा दिई भन्ने रीसले आफ्नो घरमा बोलाई अमानुसिक किसिमबाट हत्या गरेकोमा कसको चोटबाट मृतक अमृतीको प्राण गएको हो सो खुल्न नआएकोले प्र. झुपे राना र प्र.देवबहादुर रानालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) अनुसार जन्मकैद र प्रतिवादी दुर्गी रानाले मार्न संयोग पारी दिन निमित्त मृतकको जिउ हात खुट्टा समाती राखेको देखिनाले प्र.दुर्गी रानालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(४) बमोजिम जन्मकैद गर्ने इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. २०) फैसला न्या.प्रचण्डराज अनिलः मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भई साधक निकासाको लागि पेश हुन आएको प्रस्तुत कर्तव्य ज्यान मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. जि.रुकुम नुवाकोट गा.पं. वार्ड नं. १ नाउली बस्ने अमृती पुनः मगर्नीलाई २०३९ चैत्र २२ गते विहान बाबु झुपे राना भेट्न भनी घरमा जाँदा बीचको तलामा २ वटी सानी छोरीहरू मात्र सुतेका र सो तलामा छोरी अमृतीलाई नदेखि भुँई तलाको ढोका खुला देखि पसी हेर्दा ऐ २१ गते राती कुन समयमा हो घरको निदालको पाखुरीमा भाउजू अमृतीले नाम्लाको पासो घाँटीमा लगाई झुण्डी मरेको देखि मृतकका बाबु झुपे रानाले तत्काल मलाई जानकारी दिएकोले गाउँ घरका मानिस र पञ्च सदस्य समेत भई दाइ सर्वजितको घरको भुँई तलामा गई हेर्दा झुण्डी मरेको देखि नाउलीका मानिसलाई लाश कुरुवामा राखी यो जाहेरी दर्खास्त चढाएको छु । भाउजू अमृती आफैं झुण्डी आत्महत्या गरी मरेको हुँदा कसै उपर शंका लाग्दैन लाश शदगतको पूर्जा पाउँ भन्ने समेत २०३९।१२।२३ को कालो पुनको जाहेरी दर्खास्त । ३. मिति २०३९।१२।२५ को लाश प्रकृति मुचुल्का रहेछ । ४. २०३९।१२।२० गते हामै्र गाउँका केशरबहादुर पुनका घरबाट ल्याएको मरेको भैंसीको मासु खान भनी बोलाए अनुसार २०३९।१२।२१ गते साँझ छोरी अमृती र दुई नातिनी आएका हुन्, सो साँझको खाना खाई सकेपछि छोरी अमृती र २ नातिनी माथिल्लो तल्लाको पूर्व पट्टि सुते छोरा देवबहादुर पनि सोही तलामा ढोका नजिकै सुत्यो म र स्वास्नी दुर्गी भुँई तलामा नै बस्यौं । दिउँला भनेको जग्गा हामीलाई नदिएर देवर कालो पुनलाई नै दिई तसर्थ निजलाई आज मौका परेको छ । मारिदिउँ भनी सल्लाह गरी सुती निदाएको अवस्थामा मैले छोरीको गला घाँटी वेश गरी दवाएँ दुर्गीले हात समाती छोरा देवबहादुरले खुट्टा दवायो । कोखा कोखामा मुक्काले हान्यो र उत्तीसको दाउराले निजको योनी मुत्रद्वारमा घुसार्‍यौ । यत्तिकैमा छोरी अमृती मरेको विश्वास लागेकोले, दुर्गी आफ्नै घरमा बसी र छोरा देवबहादुरले लाशलाई पीठिउँमा राखी म झुपे रानाले पछाडिबाट सहारा दिई झुण्डी मरेको बहाना पार्न निज मृतककै घरको पूर्व पट्टिको ढोकाबाट भुँइ तलामा लगी नाम्लो सहितको बरियो घाँटीमा गाँठो पारी निदाल अड्याउने थाममा रहेको चुकूलको उत्तर पट्टि भागमा झुण्डाई मृतकको थैलीमा रहेको साँचो निकाली घरको मूल ढोका खोली आफ्नो घर गयौं भन्ने समेत झुपबहादुर राना मगर, द