निर्णय नं. १३१ - कुटपीट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३१ - कुटपीट भाग: ४ साल: २०१८ महिना: कार्तिक अंक: ४ फैसला मिति :२०१६/१०/११ २५६८ निर्णय नं. १३१ ने.का.प.२०१८ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री स. अ. फौ. डे. नं. २६ अपीलबाट, वादी : रगी अैर विरुद्ध रेस्पोन्डेन्ट, प्रतिवादी : जगी अैर र दामी अैर समेत मुद्दा : कुटपीट (१) वादीका घा खत यस किसिमबाट परेको हो भन्ने र फलानाको बयान यस कारण झुट्टा हो भन्ने कुराको प्रमाण प्रतिवादीले गुर्जानु पर्ने । घा जाँच मुचुल्काबाट र वादी उजुरी र निज तर्फका साक्षी कालु कृष्णदत्तका बयानबाट वादीका आङमा घा खत नील परेकै देखिएको । कालु कृष्णदत्तको बयान यस कारणले झुट्टा भन्न र वादीको घा खत यस किसिमले वा यस परिबन्दले पर्न गएको हो वा हो भन्ने पक्का प्रमाण प्रतिवादीहरूले पेश गर्न नसकेका । प्रतिवादीहरू वादीका पुरातन देखिका इविवाला देखिएकाले पुलिसका ३ जनालाई हात लिई कुटपिटको वारदात गरी वादीका आङमा घा खत नील पारेकै ठहराई शुरु र डोटी अपीलको इन्साफ बदर गर्ने गरेको राय सर्वोच्च अदालत पश्चिम दौडाहाका श्री मा. न्या. भैरवप्रसाद उपाध्यायको राय मुनासिव । (प्रकरण नं. १२) फैसला १. यसमा दामी जगी अैरसँग हाम्रो गुहार जग्गा मुद्दा परी रहेको इवीवाला हुँदा हामीलाई कुटाउन नामालुम अरुलाई कसरी मिलाए छन् । २०१३।४।३ का बिहान ७।८ बजेका बखत म आँगनमा बसी रहेको टायममा अन्यायवालाहरू आई प्र. सिद्धराज पन्तले तेरा कुक्कुरले टोकेकाले कुक्कुर मारी तलाइ पक्री लैजान्छौं । हिंड् भनेको । म जाँदैन भन्दा २ चोट गालामा थप्पर हानी लछार पछार गरे । पुर्जी देखाउ भन्दा जगीले पिटी देउ भनेकाले सिद्धिराजले आगाको अगुल्टोले हानी निधारको बायाँ पट्टी जन्मभर कुरूप हुने खत १ र गर्दनमा छाला खोल्सीएको १ बायाँ नारीमा छाला खोल्सिएको १ रबहादुरले लट्ठीले देब्रे खुट्टामा हानी नील १ सर्व सिंले लात्तीले २ चोट हानी बाँधी दिन रात अन्न पानी बन्द गरी जगीका कोठामा थुनी भैलीपल्ट ४ गते फुकाई घोक्र्याउँदै डडेलधुरा लगेर कुक्कुर लगी मलाई छोडी दिए । सजाय गरी पाउँ भन्ने समेत वादीको २०१३।४ को फिराद रहेछ । २. हामीलई गुहार बन्द गर्यो भन्ने झुट्टा मुद्दा दिई झगडिया भएकाले वादीले टोक्ने कुक्कुर पाली २०१३।४ सालमा निजको कुक्कुरले जगीको बुहारीलाई टोकी घाउ पारी दिएको डडेलधुरा ठानामा दर्खास्त दिंदा जाँच गराई नालिस गर्नु भनी सुनाएको थियो । जंगली जडीबुडीबाट घाउ बनाई नालिस गरेको हो । कुटे काटेको हैन भन्ने समेत २०१३।७।७ को जगी दामी अैरको प्रतिउत्तरपत्र रहेछ । ३. वादीले मेरा दाजुसँग लगेको भैंसीको रूपैयाँ मैले पक्री असूल गरेको इवीले जंगली जडी बुटीबाट घा बनाई मेरा नाउँमा समेत झुट्टा मुद्दा दिएको हो । सो दिन अफिस मै हाजिर रहेको हाजिरी फाराम मौजुद छ भन्ने समेत २०१३।७।१० को बहादुर भनेको कन. डमरुदत्तको प्रतिवादी रहेछ । ४. सो श्रावण ३।४।५।६ गते सम्म रात दिन ड्यूटिमा हाजिर छौं । आफिसको फाराम रोज नामचा बुझे देखिने छ । २०।१२।१ मा घ्यू तेल किन्न वादीका घर जाँदा सानो र बेछापे मानाले कं. रु. १ को १ माना दिएको । कं. रु. नहुँदा मो. रु. दिंदा झगडा भएको । घ्यू पनि फिर्ता लिएन । त्यसै इवीले बनावटी घा बनाई झुट्टा उजुर गरेको हो भन्ने समेत कं. सिद्धिराज र कं. सर्व सिंको प्रतिवादी रहेछ । ५. बुझिएका वादीका ३ जना साक्षीको बकाइबाट पनि कुटपीट भए अन्न पानी बन्द गरेको देखेकै छु भनी यस यसले कुटेको हो भनि खुलाउन लेख्न नसकेको । ठाना बुझेमा