निर्णय नं. १३२ - जग्गा खिचोला लुटपीट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३२ - जग्गा खिचोला लुटपीट भाग: ४ साल: २०१८ महिना: कार्तिक अंक: ४ फैसला मिति :२०१८/०३/०६ २३५९ निर्णय नं. १३२ ने.का.प.२०१८ फुलबेञ्च का. मु प्रधान न्यायधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री ठा. फु. न. ४५ निवेदक : जीवनिधी पाण्डे जैशी विरुद्ध विपक्षी : खगनिधी तिवारी समेत मुद्दा : जग्गा खिचोला लुटपीट (१) जग्गा जमिनको गोश्वाराका ५ नं. मा सरकारबाट केही कुरा बनाउदा सरकारलाई चाहिने भएमा लेखिएको सरकारबाट बनिएको निस्सा प्रमाण नदेखिएमा र अदालतमा तेरो मेरोमा झगडा परी नै रहेको भएमा – बीचैमा अरुमा दर्ता गरी दिनु भनी लगत काट्ने निकासा दिएमा सो निकासा मुनासिब भन्न नहुने । भोगचलन गर्न पाउने हैन भन्न मुनासिब नपर्ने हुँदा शुरु कुन्छा अदालतको अपील तेश्राको सदर गरेको इन्साफ सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१७।११।२६।५ को मुनासिब छ । (प्रकरण नं. ५) जग्गा जमिनको गोश्वाराका ५ नं. मा सरकारबाट केही कुरा बनाउदा सरकारलाई चाहिने भएमा भन्ने लेखिएको । त्यस्तो सरकारबाट बनिएको निस्सा प्रमाण नदेखिएको । पब्लिक स्कूल बनाउन माग भई अदालतमा तेरो मेरोमा झगडा परेको किनारा नहुँदै बीचमा ९१ सालको दर्ता जग्गा पाठसालामा दर्ता गरी दिनु भनि निकासा दिई लगत काट्ने निकासा भएको र भई आएको नक्शा सरजमिन मुचुल्कामा पनि सो झगडा परेको जग्गामा सरकारी पाठशाला छैन । हाल सरकारी पाठशाला कटुवाल डाँडामा राखी पढाई आएको छ भन्ने समेत लेखिएको देखिनाले समेत अर्काको ९१ साल देखि दर्ता तिरो तिरी आएको जग्गा दर्तावालाका बेवर्जित, पाठशाला खडा गराउने गरेको समेत सिंगल बेञ्चको राय मुनासिब ठहराई गरेको ०१२।११।२३।३ को डिभिजन बेञ्चको फैसलाबाट भएको ईन्साफ मुनासिव भन्न नमिल्ने । १६।१२।२९।२ को डिभिजन बेञ्चको राय मुनासिव देखिएकोले शुरु र अपीलका फैसालामा लेखिएका बुँदा प्रमाणबाट समेत इन्साफ शुरुको सदर गरेको ०१०।७।१२।४ को अपील तेश्राको इन्साफ मुनासिब ठहर्छ । १२।११।२३।३ को डिभिजन बेञ्चको फैसलासँग सहमत नभई रुलिंग बाझिएको हुँदा निर्णय निमित्त फुलबेञ्चमा पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०१७।११।२६।५ को फैसला । (प्रकरण नं. ४) निवेदक तर्फबाट : वैतनिक वकिल कृष्णबहादुर सरकार तर्फबाट : बकिल श्री वेदप्रसाद धिताल फैसला १. यसमा ९१ साल जाँचमा बीज ५ मुठी मोही नं. ११ मा मेरा नाउँमा दर्ता तिरो भोग चलन गरेको मुल बाटो देखि पूर्व दत्तु पाँडेले लगाएको वांनु देखि पश्चिम ऋषिप्रसादको साउने पानी खेतको बांनो साँध देखि उत्तर मुरारीदत्त पन्त सन्ते दमाईको आवादी पाखा देखि दक्षिण यति ४ किल्ला भित्रको पाखो जग्गा दर्ता गर्न पाउँ भनी अन्यायवाला ऋषीप्रसादले कुन्छा तहसीलमा दर्खास्त दिंदा तेरो मेरोमा नालिस गर्नु भनि सुनाएकोले मेरो साविक दर्ता तिरोको जग्गा हो भनि मैले नालिस दिंदा पोखरा अदालतबाट मरो जग्गा ठहरी २००७।७।२६ मा फैसला भएकोले मेरो भोग चलन भईरहेको जग्गामा फुसको घर समेत बनाई परालको टौवा समेत हाली चलन गरेकोमा २००६।११।११ गते अन्यायीको मानिस समेत भई सो जग्गाको वन बुट्यानमा दाउरा काटी परालको टौवा समेत काटी बाली नोक्शान पारी भतिजोलाई कुटी मैले काटेको दाउरा भारी १५ पराल भारी १० लुटी जग्गामा समेत खिचोला गरेकाले नालिस गर्न आएको छु । बिगो रु. ३५। भराइ जग्गाको खिचोला मेटाई मेरै सदर थामी पाउँ भन्ने समेत जिवनीधि पाण्डेको फिरादपत्र । २. म खगनीधिका हक भोग तिराको ठाडा खोल्सी देखि दक्षिण ठाडो तेर्सो गली बाटो देखि पूर्व उ