निर्णय नं. १३३ - सरसियोररीको रीट जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३३ - सरसियोररीको रीट जारी गरी पाउँ भाग: ४ साल: २०१८ महिना: कार्तिक अंक: ४ फैसला मिति :२०१८/०४/१८ २०६६ निर्णय नं. १३३ ने.का.प.२०१८ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री रि. नं. २८ निबेदक : गेडे बोहरा विरुद्ध विपक्षी : पुष्करनाथ समेत मुद्दा : सरसियोररीको रीट जारी गरी पाउँ (१) भूमिसम्बन्धी ऐन, २०१४ को दफा १८ को (३) मुताविक सुरक्षित किसानको हकसम्मको निरोपणा गर्नु पर्ने भएमा – मालको हाकिम बडाहाकिमको सम्मिलित संयुक्त इजलासबाट हेर्न मिल्ने । सो जग्गाको पक्ष विपक्ष मध्ये सुरक्षित किसान कुन चाही हो ? भन्ने कुराको निर्णय दिनु पर्ने हुन आएकोले लगत खडा गर्ने र सुरक्षित किसानको हक कायम गर्ने कुरामा लेखिएको निर्देशन बमोजिम रीत पुर्याई गर्नु पर्ने गरी सो कामको अभिभारा मालका हाकिम बडाहाकिम वा मैजिष्ट्रेटलाई नै भूमिसम्बन्धी ऐन, २०१४ को दफा १८ को (३) ले प्रदान गरेको जग्गा कमाउने किसान भई तेरो मेरोको प्रश्न उठे पनि आखिर सुरक्षित किसानको हकसम्मको निरोपण गर्नु पर्ने हुनाले त्यस्तोमा मालको हाकिम बडाहाकिमको सम्मिलित संयुक्त इजलासबाट हेर्न नमिल्ने भनी भन्न मिल्दैन । (प्रकरण नं. ९) निवेदक तर्फबाट : एडभाकेट कृष्णप्रसाद भण्डारी सरकार तर्फबाट : एटर्नी जनरल श्री शम्भुप्रसाद ज्ञबाली आदेश १. जगी विष्ट समेत ४ जनाको उजुरी परबाजेका दिन देखि प्रतिवादीका परबाजेहरूबाट बांझो पर्ति जग्गा माँगी आवाद गरी कुलो पानी झिकी जिल्लाका रीती स्थिति बमोजिम निजहरूकै नाउँमा जग्गा दर्ता राखी घर समेत बनाई तिरो दर्तावाला मार्फत बुझाउने गरी आएको रसीद दिने गरेको थिएन । तल्लो नायल खेत १ सान्सेरा गैरी खेत १ सान्सेरा खेत १ जिमु खोली गारो पाखो १ समेत जग्गा हामीले भोग चलन गरी मट्टेलाई मानी आएकोमा ०१५ साल मार्ग महिना देखि यो जग्गा हाम्रो हो जग्गा खान पाउँदैनौ भनी जग्गा खोसी पजनी गरेको थामी पाउँ भन्ने वादी दावी। २. उक्त उजुरी झुट्टा नकरा भई निजहरू हाम्रो जग्गामा बसी खाई आएका छैनन् । जगीको दाज्यू नन्दे विष्ट सेरुवाको बाबु नरी विष्ट गोडेको बाबु उजले महर विरमानको घर धुरीसम्म दर्ता छ । निजको जग्गा ९५ साल देखि झगडियाहरूको भोगचलन छैन । गोडे महरको अघि पनि जग्गा थिएन । हाल पनि छैन । निजहरूबाट तिरो दिने गरेको छैन । गोडे महर जगी विष्ट बसत मौजामा रणध्वज गोपालबाट जग्गा लिई बसेको बीरमान थामी नौतड मौजामा अन्तराम जैशीबाट सेवाद्री भन्ने जग्गा लिई बसेको छ । सेरुवा विष्टले ललित विष्टको सिमल खेत भन्ने जग्गा अधियामा भागेको छ । झगडियाहरूले लेखेको जग्गा केही बल्देव विष्टले केही गेडे बोहराले केही गोपे खत्री समेतले र अरु अक्कलदेव समेतले भोग चलन गरेका छन् । ९५ सालमा उजुर गर्दा माघ महिनामा निकाला गर्यो भनी सबुद प्रमाण बुझाउन नसकी नापी गोश्वाराबाट जिती पाएको इवीले झुट्टा उजुर गरेका हुन् । जग्गामा उजुरवालाको कुनै हक प्राप्त छैन भन्ने मुख्य जग्गा दर्तावालाहरूको प्रतिवादी भएकोमा । ३. अवैधानिक तबरबाट बैतडी गौंडाका बडाहाकिमज्यू र मालका हाकिम समेत मिली ०१६।१२।१८।६ मा बैतडी गौंडा माल कमिटिबाट गरेको फैसला भनी झगडा परेको जग्गा लेखिएको बुँदा प्रमाणबाट सुरक्षित किसान कायम गरी पाउँ भन्ने उजुरवालाको जिकीर मुनासिव ठहर्छ भनी मेरो दर्ता तिरीको जग्गाबाट बन्चित गरी अवैधानिक निर्णय गरेको कसैले पनि दाबी उजुर गर्दा अ. बं. को ९८ बिपरीत गई नालिस उजुर गर्न पाउने व्यवस्था प्रदान गरिएको छैन । ४. जगी विष्ट