निर्णय नं. १३४ - थुनछेक
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३४ - थुनछेक भाग: ४ साल: २०१८ महिना: कार्तिक अंक: ४ फैसला मिति :२०१६/०६/०६ ४१८३ निर्णय नं. १३४ ने.का.प.२०१८ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री मीनबहादुर थापा फौ. अ. डी नं. ६ अपीलबाट : भू. पु. बडाहाकिम मेघप्रसाद उपाध्याय विरुद्ध विपक्षी : गणेशकुमार शर्मा समेत मुद्दा : थुनछेक (१) सार्वजनिक शान्ति सुरक्षा ऐन, २००७ अन्तर्गत नजरबन्द राख्न सक्ने बडाहाकिमको अख्तियार भएकोमा – ऐनसम्म फरक पारेर थुनेकोमा – जरिवाना गर्न नमिल्ने । शान्ति सुरक्षा निमित्त सार्वजनिक शान्ति सुरक्षा ऐन, २००७ अन्तर्गत नजरबन्द राख्न सक्ने अधिकार गोश्वाराका बडाहाकिमले पाएकै र उक्त ऐनले राख्न पाउने अबधी भित्रै उजुर परी आदेशले मिसिल बा. ब. अपीलमा गएको देखिएकोले शान्ति सुरक्षा ऐन प्रयोग गरी नजरबन्द राख्न पाउनेले मुलुकी ऐन प्रयोग गरी थुनुवामा राखेको ऐन फरक परेकोमा बेरीतसँग थुनेको भनी जरिवाना गर्न नमिल्ने । (प्रकरण नं. ५) (२) ऐन छाडी गल्ती गरेमा र नलग्ने ऐन लगाई जरिवाना गरेमा – अ. बं. २८९ नं. बमोजिम तजविजी जरिवाना हुने । ऐन छाडी गल्ती गरेमा सो पर्चा गरी थुन्ने दाङ्ग दे. गो. का व. हा. अ. अ. ना. सु. खरिदार समेतलाई अ. बं. २८९ नं. ले तजबिजी मो. रु. ६। रूपैयाँ जरिवाना लाग्छ ....नलाग्ने ऐन लगाई जरिवाना गरेमा बाँके बर्दिया अपीललाई अ. बं. २८९ नं. ले तजविजी कं. रु. १ जरिवाना हुन्छ । (प्रकरण नं. ५) फैसला १. यसमा हामीले लुटपीट समेत कौनै कसूर नगरेकोमा पनि पार्टी पार्टीको पारस्परिक द्वैश भावले गर्दा राष्ट्रिय प्रजा पार्टिका सदस्य समेत भएका झंगुप्रसाद समेतको उजुरी लिई बयान गराई दाङ देउखुरी गोश्वाराले हेर्न नहुने मुद्दा हेरी हामीलाई अन्याय साथ थुनी राखेको हुनाले तारिखमा छुट्न पाउँ भन्ने समेत गणेशकुमार उपाध्या १ जुद्धबहादुर नेउपाने क्षेत्री १ केशवकुमार शर्मा १ चित्र बीर गिरी १ तिलकबहादुर डांगी १ शेरबहादुर कार्की १ समेत जना ६ को ०११।९।१४ को निबेदनमा बाँके बर्दिया अपील के ब्यहोरा साँचो भए मिसिल झिकी थुनछेक तर्फ हेरी थुन्न नहुने मानिस थुनेको भए ऐन सबालको रीत पुर्याई छाडी जाहेर गर्नु होला भन्ने समेत ११।१२।२९।२ को श्री माननीय प्रधान न्यायाधीशज्यूको आदेश र निवेदकहरूको सकार बयान समेत । २. उक्त तोक आदेश बमोजिम दाङ्ग देउखुरी गोश्वाराले पठाएको तपसिल बमोजिमको उजुरी मुद्दाको मिसिल थान १९ ऐन बमोजिम जाँच्दा निज थुनिएका प्रतिवादी गणेशकुमार समेत उपर दाङ्ग भमके बस्ने वादी झंगुप्रसाद शर्मा, लोकबहादुर, रेशमबहादुर समेतको कसैको डाका आगलागिमा र धेरै जसोको लुटपीटमा उजुर परी सो उजुरबाट ५०० देखि १२०० जवान सम्मको जमान गरी ११ साल कार्तिक १७ गते देखि ऐ. २३ गते तक अराजकताको रूपबाट डाका लुटपीट गरेको भन्ने देखिएको र निज गणेशकुमार समेतको बयान गराउदा डाका लुटपीट गरेकै होइन भनी “इन्कार” बयान गरेको भए पनि बुझिएका सारा सरजमिनले डाका लुटपीट गरेकै हो भनी बकी लेखी दिएको र साबित हुने रोहबर सिंह समेतका केही मानिस ले प्र. गणेशकुमार समेतलाई पोली बयान समेत गरी दिएकोले वादी वारदात झुट्ठा हो भन्न नहुने । मुद्दाको रूपबाट लुटपीटको चोरी र चोरीको लुटपीट समेत हुने हालसम्म बुझिएको प्रमाणको आधारबाट साबित ठहरेको भन्नु पर्नाले निज गणेशकुमार समेतका मानिसलाई अ. बं. १५२ नं. को २ दफाको देहाय १ दफा बमोजिम दाङ्ग दे. गोश्वाराले पर्चा गरी खाली थुनामा राखाी कारवाई गरेको मुनासिबै हो कि ? भन्नालाई, इन्कारी भएका प्रतिवादीलाई साबित ठहरेको भन्ने आधा