निर्णय नं. ३०७२ - लेनदेन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०७२ - लेनदेन । भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४४/०२/१८ ३१२३ निर्णय नं. ३०७२ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४१ सालको दे.पु.नं. ६१९, ६२० मुद्दा : लेनदेन । पुनरावेदक/वादी: जि.धनुषा, जनकपुर नगरपञ्चायत वडा नं. ९ स्थित जनकपुर चुरोट कारखाना लि.को तर्फबाट ऐ.ऐ. को कार्यकारी अध्यक्ष देवेन्द्र बहादुर शाह। विरुद्ध विपक्षी/प्रतिवादी: पर्सा जिल्ला, वीरगञ्ज नगरपञ्चायत वडा नं. ११ मिना बजार बस्ने सुन्दरबहादुर गोर्खाली । पुनरावेदक/प्रतिवादी: सुन्दरबहादुर गोर्खाली । विरुद्ध विपक्षी/वादी: जनकपुर चुरोट कारखाना लि.को तर्फबाट ऐ कारखानाका कार्य कारिणी अध्यक्ष तथा महाप्रबन्धक राजनारायण सिंह थापा । फैसला भएको मिति: २०४४।२।१८।२ मा बाँकी रुपैयाँ नबुझाएकोले विपक्षी प्रतिवादीबाट दिलाई पाउँ भन्ने वादीको मुख्य फिराद जिकिर भएकोले प्रस्तुत विवादलाई करार कार्यान्वयन सम्बन्धी मुद्दाको समकक्षमा राख्नु पर्ने अवस्था भएको नपाइने । (प्रकरण नं. १४) भुक्तानी पाउने वालाले रकम भुक्तानी गरी फछ्र्यौट गर्न बराबर ताकेता गर्दा पनि भुक्तानी नदिई आखिरीमा आएर आचरणबाट समेत रकम भुक्तानी दिन इन्कार गरेको देखिएकोले यस स्थितिमा विन्तिपत्रमा उल्लेख भएको व्यहोरालाई साँचो नै मान्नु पर्ने र म्याद थामी पाएको मान्नु पर्ने । (प्रकरण नं. १४) छुट्टाछुट्टै मितिमा फरक फरक भर्पाई देखिन आएकोले भुक्तानी भएको मान्नु पर्ने हुँदा दुई पक्षका बीच कारोबार भइरहेको बेला खडा भएको भर्पाईको लिखत पछि मात्रै पेश हुन आएको कारणले प्रमाणको निमित्त ग्राह्य नहुने स्थिति नपर्ने । (प्रकरण नं. १५) दुई पक्षहरूका बीचमा भएको कबूलियत बमोजिम ०२२।१०।२८ देखि ०२४।६।१२ सम्म हुने ब्याज रु. ३२४।४३ र ०२४।६।१३ देखि ०३३।३।३२ सम्मको हुने ब्याज रु. ५,२८१।६६ समेत जम्मा पाउनु पर्ने रु. ५,६०६।१० मा पुनरावेदक वादी जनकपुर चुरोट कारखानाले भौ.नं. ५३१ बाट आ.व. २०२६।२०२७ मा रु. ७४६।६६ मात्र प्रतिवादी सुन्दरबहादुरलाई क्रेडिट दिएको देखिएकोले सो कटाई बाँकी हुन आउने रु. ४,८५९।४४ कबूलियत बमोजिम ब्याज वापत सुन्दरबहादुरले पाउनु पर्ने नै देखिने हुँदा भुक्तानी दिन नमिल्ने भन्न न्यायोचित नहुने । (प्रकरण नं. १६) पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त उल्लेखित मुद्दा : के.डि.वि. विरुद्ध ज्यान बहादुरको मुद्दामा पूर्ण इजलासबाट सिद्धान्त प्रतिपादित। फैसला न्या.प्रचण्डराज अनिलः मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०४१।३।१४ मा भएको फैसला उपर दुवै पक्षको पुनरावेदनको लागि अनुमति पाउँ भन्ने निवेदन परी पुनरावेदनको लागि अनुमति प्रदान भई पुनरावेदनमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. यस कारखानाबाट विपक्षीलाई बिक्री वितरणको लागि उधारो चुरोट दिने गरेको थियो पटक पटक गरी विपक्षीले तिरेको रकम कट्टा गरी रु. २,१५,२००।२४ बाँकी रहेकोमा पटक पटक ताकेता पत्रहरू पठाउँदा पनि आज भोली भन्दै आलटाल गर्नु भयो । अन्तमा रकम असूल उपर गराउनलाई नारायणी अञ्चलाधीशज्यूलाई पनि अनुरोध गर्यौं । जहाँ विपक्षीले यदि कारखानाबाट शुरुदेखिको स्टेटमेण्ट सहितको हिसाब पाइयो भने र लिनुपर्ने बोनस, कमीसन र भाडा भरौट कट्टा गरी बाँकी रहेमा दिनु पर्ने रकम दिन्छु भनी ०३३।२।२१ मा क