निर्णय नं. ३०७३ - लिखत बदर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०७३ - लिखत बदर । भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०७/२७ २३७८ निर्णय नं. ३०७३ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४१ सालको दे.पु.नं. ६०३ मुद्दा : लिखत बदर । पुनरावेदक/प्रतिवादी: जिल्ला प्यूठान सारी गा.पं. वार्ड नं. ५ तल्लासारी बस्ने सावित्री जैशीनी । विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. बस्ने मित्रा देवी अधिकारी । फैसला भएको मिति: २०४३।७।२७।५ मा विशेषज्ञबाट सहिछाप जाँच गराइएकोमा पनि अन्तर साक्षी पुनारामको नाउँमा लागेको ल्याप्चेको जात विवाद रहित पुनारामले २०३१।११।१०।७ मा दिएको राजीनामा ७ नं. फारामको महलमा लागेको पुनरामको ल्याप्चे सहिछापको जातै नमिलेको भनी विशेषज्ञ अदालतमा आई बकपत्र गर्दा समेत स्पष्ट भनेबाट सो ल्याप्चे पुनारामको भन्न नमिल्ने । (प्रकरण नं. १०) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षी, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दामा लिएको पुनरावेदन जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छन् । २. पति पुनाराम छँदै दाङ साहिपुरमा जग्गा लिई प्यूठान सारी र दाङमा २ पाही गरी आएकोमा पहाडको जग्गा हामी दुई दम्पत्ति र दाङको जग्गा छोरा भेषराजको भागमा गराई ०३१ सालमा छुट्टिई बेगल बसेका, पति पुनारामको ०३७ सालमा परलोक भएपछि मेरो भाग एकलौटी हकभोग भई आएको जिल्ला प्यूठान तल्लासारी गाउँको तिरो रु. ४।५० को आठविशे भन्ने खेत मुरी ।१० को कित्ता १, तिरो रु. ५।९९ को खेत मुरी विरेवाङ भन्ने ३।५।३ को कित्ता । तिरो रु. ३०।२ लागेको खेत मुरी १६।५।३ को कित्ता १ तिरो १।२। मध्ये ।३ को विरेवाङ भन्ने पाखो खरेन कित्ता समेत जम्मा कित्ता जग्गा हकै नपुग्ने भेषराजले दिने सावित्रीले लिने गरेकोेमा जालसाजतर्फ छुट्टै नालेश गर्ने हुँदा बिक्री बदरतर्फ नालेश गरेको छु, विपक्षीहरूले उक्त जालसाज गरी लिनु दिनु गरेको मिति ०३६।१०।१५ को रजिष्ट्रेशन बदर गरिपाउँ भन्ने फिराद दावी । ३. लेनदेन व्यवहारको १० नं. को म्याद नाघिसकेपछि ऐ को ४० नं. को २ वर्ष भित्रको हदम्याद कायम गरी नालेश दर्ता हुन नसक्ने गलत ऐनको प्रयोग गरी झुठ्ठा दावी गरेकोले दावी खारेज गरिपाउँ भन्ने समेतको प्र.सावित्री जैशेनीको प्रतिउत्तर । ४. प्र.भेषराजले २०३८।१२।११ मा तामेल भएको इतलायनामाको म्याद गुजारी प्रतिउत्तर नै नफिराई बसेको । ५. प्र.भेषराजले प्र.सावित्रीलाई गरिदिएको राजीनामामा पुनाराम समेत साक्षी बसेको देखिन्छ । यदि पुनारामको हकभोगको जग्गामा बिक्री गर्न सहमत नभएको भए साक्षी नबस्नु पर्ने साथै उक्त राजीनामामा भएको पुनारामको सहिछाप कीर्ते हो भनी सो कुरा वादीबाट प्रमाणित हुन पर्नेमा सो भएको समेत नदेखिएकाले वादी दावी पुग्न सक्तैन भन्ने समेत शुरु प्यूठान जिल्ला अदालतको मिति ०३९।३।२८ को फैसला । ६. दाङको जग्गा अंश लिई भेषराज छुट्टि भिन्न भई बसेको २०३१।८।१६ को कागज पेश भइसकेको कीर्ते जालसाजी गरी लिनु दिनु गरेमा छुट्टै नालेश गरेको, अ.बं. ७८, १३३ नं. मा व्यवस्था भए अनुसार कानूनी सहुलियत नपाएको प्रमाण ऐन अनुसार प्रमाणमा लिनु हुने २०३१।११।१९ मा धनी बिनु अधिकारी ऋण