निर्णय नं. ३०७४ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०७४ - लिखत बदर भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०८/०९ २३५० निर्णय नं. ३०७४ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४२ सालको दे.पु.नं. ५१० मुद्दा : लिखत बदर । पुनरावेदक/वादी: ल.पु.जि.चापागाउँ गा.पं. वडा नं. ६ ताहाखेल बस्ने रामकुमार विष्ट ऐ.ऐ २ को सरक्षिका आमा भै आफ्ना हकमा समेत ईश्वरी विष्ट । विरुद्ध विपक्षी/प्रतिवादी: ल.पु.चापागाउँ गा.पं. वडा नं. ६ बस्ने सानुनानी विष्टिनी ऐ.ऐ. वडा नं.४ बस्ने मुकुन्द प्रसाद आचार्य । फैसला भएको मिति: २०४३।८।९।२ मा सगोल अंश हकको जग्गा बकसपत्र गरी दिँदा सगोलको अंशियारको मन्जूरी लिन पर्ने । (प्रकरण नं. १३) अंशबण्डाको १९ नं. मा भएको व्यवस्थामा स्वास्नी छोरा वा विधवा बुहारी भएका मानिसलाई आफ्नो घर व्यवहार चलाउन अचलको आधिसम्म आफ्नो खुश गर्न पाउने गरी अधिकार प्रदान भएको देखिन आउँछ, प्रस्तुत मुद्दामा जस्तो विधवा बुहारी नाति छोरा भएका स्वास्नी मानिसलाई सो अधिकार दिएको भन्न मिल्दैन, प्रस्तुत मुद्दामा सगोलको सम्पत्ति राजीनामा बिक्री गरी दिएको नदेखिई हालैको बकसपत्र गरी दिएको देखिन आएको दान बकसको महलमा सो बमोजिम गर्न पाउने अधिकार कसैलाई प्रदान गरेको नदेखिने । (प्रकरण नं. १३) पुनरावेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।५।१२ को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. विपक्षी सासू बजै सानुनानी र देवर कान्छा बाबु सानुकाजी विष्ट तथा हामी फिरादीहरू सगोलमा बसी आएको, हाम्रा पति बाबुको स्वर्गे भइसकेकोमा विपक्षीहरूले बाजे, ससुरा, रणबहादुरका नाउँमा रहेको जग्गा मध्ये ल.पु.जि.चागागाउँ गा.पं. वार्ड नं. ६ कि.नं. २ को २–८–२ हामीहरूलाई थाहा नदिई लेनदेन व्यहोराको १० नं. विपरीत मुकुन्दप्रसाद आचार्यलाई २०३९।१।७।३ मा हालैको बकसपत्र गरिदिएकोले ३ खण्डको १ खण्ड बकसपत्र लिखत बदर गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०३९।२।२४ को फिरादपत्र । ३. वादी दावी झुठ्ठा हो । विपक्षीका लोग्ने बाबु गणेशबहादुर प्र.मध्ये सानुकाजी समेतले २०३३ सालमा मलाई थाहा नदिई २०३३।७।२७ मा जिल्ला कार्यालय ललितपुरमा मिलापत्र गरेको छु । सो मिलापत्र अनुसार मैले बकसपत्र गरिदिएको जग्गा सानुकाजीको अंश भाग हो, गणेशबहादुरको भाग पनि छुट्याई निजले भोग गरेको हो । तसर्थ झुठ्ठा दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत व्यहोराको सानुनानी र सानुकाजीको संयुक्त प्रतिउत्तरपत्र । ४. विपक्षीका पति बाबु र प्र.सानुसानी, सानुकाजी बीच पहिले अंशबण्डा छुट्टि सकेको छ, अंश बण्डा लाग्ने भन्ने जग्गामा पनि सो महलको १९ नं. ले घरको मुख्यले अघिसम्म व्यवहार चलाउन आफूखुस गर्न पाउने व्यवस्था छ, तसर्थ झुठ्ठा फिराद दावीबाट फुर्सद पाउँ भन्ने मुकुन्दप्रसाद आचार्यको प्रतिउत्तरपत्र । ५. आधा भन्दा बढी जग्गा प्रतिवादीले मौजुदै राखी विवादित २–८–२ जग्गा हालै देखिको बकसपत्र गरिदिएको कानून अनुरुप नै देखिँदा वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतको मिति २०३९।८।९ को फैसला । ६. सो फैसलामा चित्त बुझेन इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको वादीहरूको वागमती अञ्चल