निर्णय नं. ३०७५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०७५ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४४/०२/०८ ३२१७ निर्णय नं. ३०७५ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको रि.नं. २२९९ विषय : उत्प्रेषण निवेदक : काठमाडौं नगरपञ्चायत वार्ड नं. १७ कुरले चौउर बस्ने भैरवप्रसाद उपाध्याय भट्टराई । विरुद्ध विपक्षी : श्री ५ को सरकार मन्त्रीपरिषद् सचिवालय। श्री ५ को सरकार सामान्य प्रशासन मन्त्रालय । श्री ५ को सरकार अर्थ मन्त्रालय । श्री ५ को सरकार अर्थ मन्त्रालय भंसार विभाग । आदेश भएको मिति: २०४४।२।८।६ मा पर्चामा के कति कारणबाट सफाईको सबुद पेश गर्ने मौका दिँदा अव्यवहारिक हुने हो सो नखुलाएको वा कारण उल्लेख गरेकै भए पनि दिइएको कारण मनासिब नदेखिएमा त्यस्तो पर्चाको आधार लिई सफाईको सबुद पेश गर्ने मौकासम्म पनि नदिई गरेको निर्णयलाई कानूनसंगत मान्न नमिल्ने । (प्रकरण नं. १३) नि.से.नि., २०२१ को नियम १०.९(३) मा नै सजायँको आदेशको एकप्रति नक्कल सम्बन्धित व्यक्तिलाई विना दस्तुर दिइनेछ भन्ने किटानी व्यवस्था भएकोले यस अवस्थामा कागज जाँचको ऐनको १७ नं. को आधार लिई नक्कल नपाउने भनी नदिएको कानून मिल्दो नदेखिने । (प्रकरण नं. १४) कुनै कर्मचारीलाई तथ्यगत आधारमा बाहेक सजायँ गर्ने अधिकार पाएको अधिकारीको चित्तमा लागेको कुराको आधार बनाई सजायँ गर्न पाउने कानूनी व्यवस्था नभएको । (प्रकरण नं. १६) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री वेदप्रसाद शिवाकोटी विपक्षीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.हिरण्येश्वरमान प्रधानः नेपालको संविधान धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको निवेदन तथ्य एवं जिकिर निम्न प्रकार छ । २. म निवेदक २०२० साल कार्तिक महिनामा श्री ५ को सरकारको प्रशासन सेवाको राज प्रत्रांकित तृतीय श्रेणीको शाखा अधिकृत पदमा नियुक्ति भई शिक्षा मन्त्रालय, गृहमन्त्रालय, अर्थ मन्त्रालय आदि श्री ५ को सरकारले खटाएको ठाउँहरूमा इमान्दारी पूर्वक सेवा गर्दै आइरहेकोमा गत २०४१ साल चैत्र महीनामा मलाई सर्लाही भन्सार कार्यालयको भन्सार अधिकृतमा सरुवा गरिए अनुरुप सोही कार्यालयमा भन्सार अधिकृतको पदमा रही इमान्दारी पूर्वक सेवा गरिरहेको थिएँ । ३. विपक्षी नं. २ ले विपक्षी श्री ५ को सरकारको मिति २०४३।११।१० को निर्णय अनुसार म निवेदकलाई निजामती सेवा ऐन, २०१३ को दफा ६ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश (ख) बमोजिम पर्चा खडा गरी निजामती सेवा नियमावली, २०२१ को नियम १०.६(५) अनुसार आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेको कसूरमा सोही नियमावलीको नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाइएको व्यहोराको मिति २०४२।११।१४ को पत्रबाट आफू सो पदबाट हटेको कुरा थाहा भयो । म निवेदकले के कस्तो आचरण गरेको हो भन्ने कुरा उक्तपत्रमा पनि नखुलेको र सबै विपक्षी कार्यालयहरूमा पर्चाको नक्कल पाउँ भनी अनुरोध गर्दा नक्कल समेत दिन इन्कार गरेकोले पर्चामा के कस्तो अभियोग लगाइएको छ थाहा हुन सकेन म संग विपक्षीहरू कसैले पनि कुनै प्रकारको स्पष्टीकरण माग गरेका छ्रैनन् । ४. विपक्षी श्री ५ को सरकारले म निवेदकलाई नोकरीबाट हटाउने निर्णय गर्दा नि.से.ऐन, २०१३ को दफा ६(१) र सो अन्तर्गत बनेको नि.से.नि., २०२१ को नियम १०.९ अनुसारको स्पष्टीकरण सम्म लिन नपर्ने भन्ने कुरा सम्म संकेत गर