निर्णय नं. १३८ - .
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३८ - . भाग: ४ साल: २०१८ महिना: कार्तिक अंक: ४ फैसला मिति :००००/००/०० २३२८ निर्णय नं. १३८ ने.का.प.२०१८ रिपोर्ट नं. ४१९ दर्ता मिति २०१८।५।२९।५ २०१८।६।५।५ डिभिजन बेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री (१) घर बनाउनेको १० नं. को वाक्यांशमा रहेको “घर बनाउन हुँदैन” भन्नेको अर्थ – अदालतले झगडाको टुंगो नलाग्दै अन्तरिम आदेशबाट घर बनाउन रोक्न नमिल्ने । हक नपुगेको वा झगडा परेको जग्गामा घर बनाएमा घर बनाउनेको १० नं. बमोजिम अदालतले बीचैमा रोक्न मिल्छ, मिल्दैन ? भन्ने प्रश्नको निर्णय गर्नु पर्ने भएको छ । घर बनाउनेको १० नं. मा “आफ्नो हक नपुगेको जग्गा होस वा झगडा परेको जग्गा होस्, त्यस जग्गामा घर बनाउनालाई हक नपुगी वा झगडा नछिनी बनाउनु हुँदैन भन्ने लेखिएकोबाट पनि झगडा पर्दा पर्दै घर बनाउन दिन नहुने प्रष्ट छ” भनी रिपोर्टमा राय व्यक्त भएको देखिन्छ र उक्त वाक्यांशबाट “घर बनाउन हुँदैन” भन्ने सम्म लेखिएकोले सर्वसाधारणलाई यस्तो गर्न हुँदैन भन्ने निषेध गरेको भन्ने सम्म प्रष्ट छ । यस्तो अबस्थामा यस्तो गर्न हुँदैन भन्ने उल्लेख भएबाट अदालतले सो कुरामा झगडाको टुंगो नलाग्दै बीचमा अन्तरिम आदेशबाट घर बनाउन रोक्न हुन्छ भन्ने अर्थ गर्न मिल्दैन । (प्रकरण नं. १) (२) घर बनाउनेको १० नं. को वाक्यांशमा रहेको “हटक गर्दा गर्दै वा मन्जुरी नलिई मिची बनाई” भन्नेको अर्थ – अदालतबाट मन्जुरी लिने भन्ने प्रश्न नउठ्ने – हटक मनाहि गर्नु पर्ने अबस्था पक्षलाई नै पर्न आउने । घर बनाउनेको १० नं. को ऐनमा “हटक गर्दा गर्दै” भन्ने मात्र नभई “हटक गर्दा गर्दै वा मन्जूरी नलिई मिची बनाई” भन्ने वाक्यांश देखिएबाट मन्जुरी नलिई भन्ने कुरालाई पक्ष विपक्षहरूको पारस्परिक हक हुने नहुने कुरामा हकवालाको बेवर्जित अदालतबाट मन्जुरी लिने भन्ने प्रश्नै नउठ्ने हुनाले पक्षबाट नै मन्जुरी लिनु पर्ने भन्ने देखिएको र मन्जुरी पक्षबाट लिनु पर्ने भएपछि त्यसैसाथ रहेको “हटक गर्दा गर्दै” भन्ने वाक्यांशले अदालतले हटक गर्नु पर्ने स्पष्ट नखुलेपछि सो हटक गर्ने तर्फ पनि पक्षको निमित्त लेखिएको भन्नु पर्ने र व्यवहारिक दृष्टीबाट पनि आफ्नो जग्गामा अर्काले खिचोला गरेको प्रथमतः पक्षलाई नै थाहा हुने हुनाले हटक मनाही गर्नु पर्ने अबस्था पक्षलाई नै पर्न आउने । (प्रकरण नं. १) (३) अदालतबाट नै हटक गर्नु पर्ने तुलनात्मक बिषय– धर्माधिकारको १० नं. मा – भात पानीमा हटक गर्नु पर्नेलाई “मुद्दा पर्नासाथ हटक गरी इन्साफ गर्नु” भन्ने लेखिएकोमा – अदालतको काम – अदालतबाट नै रोक्का हटक गर्ने बिषयमा कानूनमा भएको व्यवस्थाको तुलनात्मक अध्ययन गरी हेर्दा मुलुकी ऐन धर्माधिकारको १० नं. मा भात पानीमा हटक गर्नु पर्नेलाई “मुद्दा पर्नासाथ हटक गरी इन्साफ गर्नु” भन्ने लेखिएकोले सो हटक पर्ने स्पष्ट किटानसाथ ऐन मै उल्लेख भएको र मुद्दा पर्ने ठाउँ अदालत र इन्साफ गर्ने काम अदातलको भएको हुनाले सो हटक गर्ने काम पनि अदालतकै हो भन्ने स्पष्ट हुन आउँछ । त्यस्तै जग्गा मिच्नेको १४ नं. मा “रैकर जग्गा वा तिरो दबाई घुसाई खायो खुवायो भन्ने समेत नालिस उजुर परेमा र दुनियाँ दुनियाँको जग्गामा तेरो मेरो भन्ने नालिस उजुर परी झगडा परेमा समेत सो मामिला नछिनी सो झगडा परेको जग्गाको बाली कसैले खान दिन भराउँन समेत हुँदैन । झगडा नछिनुन्जेल साल बसालको बाली देहायमा लेखिए बमोजिमको हिसाबसँग थाती थुनुवा गरी इन्साफ गर्नु भन्ने समेत उल्लेख भएकोबाट पनि त्यो थाती थुनुवा गर