निर्णय नं. ३०७६ - हक कायम लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०७६ - हक कायम लिखत बदर भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०९/०९ २३८७ निर्णय नं. ३०७६ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४२ सालको दे.पु.नं. ४८६ मुद्दा : हक कायम लिखत बदर । पुनरावेदक/वादी: जिल्ला कास्की पो.न.पं. वडा नं. ५ पस्याङ बस्ने गीरा कोइराला । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने रमादेवी कोइराला । ऐ.ऐ बस्ने शंकर प्रसाद कोइराला । फैसला भएको मिति: २०४३।९।९।४ मा अदालतमा मुद्दा नपरी घरसारको रजिष्ट्रेशन पारीत भएको बण्डापत्रमा अंशबण्डाको २० नं. को त्रुटि हुने अवस्था नै भएन बिज माना ।।२ को जग्गा मध्ये बिज माना ।।१ को जग्गा अंशियारको अंश भागमा पर्ने भन्ने उल्लेख भएको अवस्थामा बाँकी बिज माना ।।१ को जग्गाको सम्बन्धमा वादीलाई जानकारी भएन र बण्डापत्रमा जग्गा नै उल्लेख गरेन भन्न मिलेन । (प्रकरण नं. ९) दावीको जग्गा राजीनामा गरिसकेपछि मात्र दपोटमा उजूर गरेको देखिँदा सगोलको सम्पत्ति किने बेचेको अवस्थामा वा सगोलमा रहँदाको अवस्थामा मात्र लेनदेन व्यवहारको १० नं. अन्तर्गत उजूर लाग्ने हुँदा लेनदेन व्यवहारको १० नं. को त्रुटि भएको भन्न पनि मिलेन । (प्रकरण नं. ९) छुट्टी भिन्न भएको अंशियारले हस्तान्तरण भई सकेको सम्पत्ति लिखत बदर गराउन पाउँछ भन्न मिलेन । (प्रकरण नं. ९) पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री रेवन्तकुँवर विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे उल्लेखित मुद्दाःX फैसला न्या.रुद्र बहादुर सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् :– बुढा ससुरा दिनानाथका नाउँमा २०१९ सालका जाँचमा द.नं. ८२ मा दर्ता भएको विजमाना ।।६ मध्ये बिजमाना ।।२ हाम्रो पछिको हक हुन आएकोमा हामीहरूको पनि ०३२।१०।२१ मा बण्डापत्र रजिष्ट्रेशन पास गरी अंश छुट्टि भिन्न भएको सो बिज ।।२ मध्ये बिज ।।१ बण्डापत्रमा कुनै उल्लेख छैन बण्डापत्रको कागजमा दवाएको रहेछ । दवाएको पाको गराउन पनि शंकरप्रसादले कान्छी सासु विपक्षी रमादेवीलाई हालको क्षेत्रफल उल्लेख गरी रु. १५,०००।– हजार मूल्य देखाई बेइलाका परासी मालपोत मार्फत ०३५।५।२६ मा राजीनामा पारीत गरेछन् यसरी दवाएर राखी बिक्री समेत गरेको सम्पत्ति मेरो हक लाग्ने हुँदा अंशबण्डाको २७ नं. र लेनदेन व्यवहारको ४० नं. बमोजिमको प्रयोजनार्थ उक्त लिखत बदर गरी हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको ०३७।६।३१ को फिरादपत्र । २. बण्डापत्र खडा गरेको कुरामा अंश बण्डाको २७ नं. प्रयुक्तै हुँदैन विपक्षी सासु ज्ञान धाराका भागमा बिज ।।१ भन्ने बण्डापत्र भई लेखिएको छ । हाल सर्भेबाट कायम भएको कि.नं. १०७२ को क्षेत्रफल ३–२–३½ मध्ये १–११–१ मात्र मैले लिएको हुँ १–७–२½ अझ बाँकी छ । विपक्षीको लोग्नेले सरकारी बाँकी बुझाउन म बाट रकम लिई त्यसमा जग्गा राजीनामा गरी दिएको हो पुरै लिखतको सम्पत्तिको हकदार पनि वादी होइनन् । दपोटको सम्पत्ति नहुँदा लिखत बदर हुनु पर्ने होइन भन्ने समेत व्यहोराको रमादेवीका प्रतिउत्तरपत्र । ३. प्रतिवादीले अनिवार्य रुपमा लेनदेन व्यवहारको १० नं. बमेजिम लिनु पर्ने मञ्जूरी नलिई राजीनामा पारीत गरी प्रतिवादी रमादेवीले लिएको उक्त सम्पूर्ण लेखत बदर हुन्छ । कि.नं. १०७२ को जग्गा वादी दावी बमोजिम अंश बण्डाको २७ नं. बमोजिम हुने ठहर्छ भन्ने समेत ०३७।