निर्णय नं. १३९ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३९ - लेनदेन भाग: ४ साल: २०१८ महिना: कार्तिक अंक: ४ फैसला मिति :२०१८/०३/१८ २४३८ निर्णय नं. १३९ ने.का.प.२०१८ डिभिजन बेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट डि. अ. नं. ६९७।६९८ अपीलाट, वादी : गोबिन्द राज पाण्डे, विरुद्ध विपक्षी, प्रतिवादी : क. गोबिन्द शम्शेर जंगबहादुर राणा मुद्दा : लेनदेन (१) दर्खास्तलाई दुवै पक्षले नयाँ एग्रिमेन्ट मानी प्रतिवादीतर्फबाट सोहीको नै आधारमा नयाँ मेनेजर नियुक्त गरी सो ले गरेको काम कारवाईमा कुनै बिरोध नदेखाई काम कारवाई गरी गराउदै आएमा पछि उपरोक्तलाई नयाँ एग्रिमेन्ट होइन भनी प्रतिवादीले जिकिर गर्न नमिल्ने । उक्त ०११।६।१२ मा काठमाडौं मैजिष्ट्रेटबाट पर्चा खडा भएपछि प्रतिवादी पक्षले उक्त दर्खास्तलाई कुन भावनाले हेरेर त्यस्को कुनै मान्यता राख्यो वा राखेन भनि बिचार गर्दा सो मैजिष्ट्रेटमा भएको पर्चा पछि प्र. गोबिन्द शम्शेरले गोबिन्दराजको ठाउँमा डाईरेक्टर वा संचालक पदको कार्यभार आफै ग्रहण गरी मैनेजर पदमा भेषविक्रम राणलाई नियुक्त गरेको देखिन आएको । सो मैनेजर भेषविक्रम राणले मिति ०११।९।८।४ मा गोबिन्दराज पाण्डेलाई लेखी त्यस्को बोधार्थ अर्थ मन्त्रालय गृह मन्त्रालयको सचिवहरू तथा मैजिष्ट्रेट अफिस समेतमा पठाएको चिठ्ठीमा “हामीहरूको काठमाडौं मैजिष्ट्रेटमा मिलापत्र हुँदा २ दफामा ३ दिन भित्र हिसाब छिन्ने ३ दफामा हिसाबमा नचलेको बाँकी छ भन्ने आईपरेको कुरा तर्फ संचालक गोबिन्दराजज्यूबाट फछ््र्याउने, गोबिन्द शम्शेरले जवाफदेही गर्नु नपर्ने लेखिएको । सो मिलापत्र बमोजिम आजसम्म हिसाब छिनी नदिएको । फिलिम झिकाउँदा नदिई रोकेकोले लेखी पठाएको छौं” भन्ने उल्लेख भएको । बंगाल मोसन पिक्चर्सलाई लेखेको अंग्रेजी हरफको चिठ्ठीमा पहिलेको पार्टी गोबिन्दराजबाट प्रभा सिनेमाको चार्ज हामीले लिईसकेको भन्ने र त्यस्तो चार्ज लिनु भन्दा अघि हामीहरूले अदालतमा निर्णय गराई सकेको छ कि अघिको बाँकी बक्यौता अघिको पार्टी गोन्दिराजले चुक्ता गर्ने छ भन्ने समेत उल्लेख भएबाट उक्त दर्खास्तलाई प्रतिवादी पक्षले स्वयम् पनि नयाँ एग्रिमेन्ट भनि सम्झी लेखापढी गरेको देखिएको छ । हो ति पत्रहरू प्रभा सिनेमामा प्र. गोबिन्द शम्शेर तर्फबाट नवनियुक्त मेनेजर भेषबिक्रम राणाले लेखेका छन् । तर पनि ति पत्रहरू लेखे वापत गोबिन्द शम्शेरले अहिलेसम्म कुनै आपत्ति केही नगरेपछि सो पत्र निजका तर्फबाट लेखेको होइन भन्न नमिल्ने र उता तिर प्रतिवादीको सो पर्चा खडा भएको मिति पछिका कामबाट पनि त्यस दर्खास्तमा लेखिएका शर्त बमोजिम काम भए गरेको देखिन्छ र सोही दर्खास्तको नं. ३ को शर्त अनुसार गोबिन्दराजले बुझाउनु पर्ने हिसाब बुझाई नदिएकोले सिनेमा हल ०११ साल पौषमा ठप्प बन्द भयो । हरहिसाब बुझाउन लगाई हर्जाना दिलाई पाउँ भन्ने प्रधान न्यायालयमा उजुरी बिन्तिपत्र दिई ठाडै बुझी दिनु भन्ने प्रधान न्यायालयबाट आदेश भई रा. का. दे. पै. मा गई प्र. गोबिन्द शम्शेरले बिन्तिपत्र मिलान बयान समेत गरी सकेपछि कोर्ट फी दाखेल नगरे वापत भनी मुद्दा खारेज गराएको अर्थात् अड्डामा बयान समेत गरी सकेपछि रीतपूर्वक कारवाई टुंग्याउने पट्टी नलागि खारेज गराएको देखिएको र साथै प्र. गोबिन्द शम्शेरका तहवीलका डिठ्ठा हर्षबहादुरले अर्थ विभाग नेपाल आयकर बिभागलाई ०११।६।१८।२ देखि ०११।१०।५ गते तकमा चलेको फिल्म ८, टेलर २ को विवरण यसैसाथ पेश गरेको छु भन्ने ०१२।१०।९ मा लेखेको पत्रबाट सो दर्खास्तवालालाई नयाँ एग्रिमेन्ट भनी मान्यता दिइएको छैन । त्यो