निर्णय नं. ३०७७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०७७ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/१०/०५ २९३० निर्णय नं. ३०७७ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४२ सालको फौ.पु.नं. ३६० मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी: भरत तेलीको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: जि.नवलपरासी रामनगर गा.पं. वा.नं.८ बस्ने जनक नारायण शाह । ऐ.ऐ बस्ने सुरेन्द्र विक्रम शाह । ऐ.ऐ बस्ने जिव विक्रम शाह । ऐ.ऐ बस्ने रेख विक्रम शाह । ऐ.ऐ बस्ने देव विक्रम शाह । ऐ.ऐ बस्ने बोध नारायण शाह । फैसला भएको मिति: २०४३।१०।५।२ मा एक पटक स.स.अ. तथा प्रहरीको संयुक्त अभियोग पत्र दायर भइसकेपछि पुनः सोही विषयमा उही प्रतिवादीहरू उपर अर्को अभियोग लगाई अभियोग पत्र दायर गर्न पाउने कानूनी व्यवस्था भएको नपाइने । (प्रकरण नं. २३) प्रहरीको संलग्नता नभएको अभियोग पत्रलाई रीतपूर्वकको मान्न नमिल्ने । (प्रकरण नं. २३) पुनरावेदक, वादीतर्फबाट: विद्वान उप-न्यायाधिवक्ता श्री बलराम के.सी विपक्षी,प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाः X फैसला न्या.रुद्र बहादुर सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ । २. मिति ०३७।७।३ गते उखु लिन गएको छोरा गोमलप्रसादलाई मतौडी बस्ने ५।६ जनाले कुट्दै लगेको छ भनी श्यामलाल तेली समेतले भनेपछि १५।१६ जना मानिस जाँदा जनक नारायण शाहको घरमा छ भन्ने थाहा पाई गई छोरासंग सोध्दा जनक नारायण शाह समेतले कुटपिट गरे भनेपछि उपचार गराउन जाँदा परासी हेल्थ पोष्टले यहाँ उपचार हुन नसक्ने भनेकोले बुटवल अस्पतालमा लगी भर्ना गरेको छु । निज बोल्न सक्ने भएपछि सबै निजबाटै खुल्न सक्ने हुँदा हाल अदालतमा नालेश गर्न घा जाँच गराउन भएको व्यहोरा जाहेर गरेको भन्ने समेत व्यहोराको भरत तेलीको ०३७।८।४ को दर्खास्त । ३. गाउँदेखि दक्षिणमा पर्ने उखु खेतमा उखु काट्न गएको छोरा गोमालप्रसादले उक्त समय उखु तोड्न आएका भतौडी गाउँका ५।६ जनालाई उखु तोड्न नदिँदा गाउँबाट अरु ५।६ जना आई छोरालाई कुट्दै भतौडीतर्फ लैजाँदै गरेको बेला अन्दाजी ७ बजेको समयमा चकोस अहिर समेतले घरमा आई भनेपछि जाँदा जनक नारायण शाहको घरमा छोरालाई थुनी राखेको रहेछ र सोद्धा मलाई कुटपिट गरे भनी भनेकाले औषधि उपचार गर्न नवलपरासीमा लाँदा यहाँबाट उपचार हुन नसक्ने भनेपछि बुटवल अस्पतालमा लगी भर्ना गरेकोमा त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि पाल्पा अस्पतालमा लान रिक्सामा राखी गेटमा पुर्‍याउँदा खेरी नै छोराको मृत्यु भएकोले वचन दिई कुटपिट गर्ने जनक नारायण शाह समेतलाई कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको भरत तेलीको ०३७।८।५ को जाहेरी दर्खास्त । ४. मैले गोपाल तेलीलाई कुटपिट गर्नु पर्ने र मार्नु पर्ने कुनै अवस्था थिएन, रिसइवी समेत छैन, निज मर्नु भन्दा पहिला नै प्यूठान घरमा गएको हुँ । के कसरी निजको मृत्यु भयो, मलाई थाहा छैन भन्ने समेत जीव विक्रम शाहको प्रहरीमा भएको बयान । ५. गोमलप्रसाद तेलीलाई बचन दिएको र कुटपिट गरेको होइन, विरामी दाजुको उपचार गर्न गई ०३७।११।२९ मा मात्रघर आएको हुँ भन्ने समेत रेख विक्रम शाहको प्रहरीमा भएको बयान। ६. गोमलप्रसादलाई कुटपिट गरेको थाहा छैन । मिति ०३७।७।२५ मा छोरा जीव विक्रमलाई लिई प्यूठान गएको हुँ भन्ने देव विक्रम शाहको प्रहरीमा भएको बयान । ७. मिति