निर्णय नं. १४० - खुन (ज्यान)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४० - खुन (ज्यान) भाग: ४ साल: २०१८ महिना: कार्तिक अंक: ४ फैसला मिति :२०१८/०१/१४ ३२१७ निर्णय नं. १४० ने.का.प.२०१८ फुलबेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री कालीप्रसाद उपाध्याय फौ. फु. नं. ४ निवेदक, प्र : अम्बरबहादुर समेत विरुद्ध विपक्षी वा. : चन्द्रबहादुर राई मुद्दा : खुन (ज्यान) (१) यसैले यसो गरी दिएको भन्ने कुराको एकै मुख भएमा फलाना फलानै कारणबाट फलानै ठाउँमा भन्ने कुरामा दुई राय नभएमा – र “आगोमा हाली पोली दियो” भन्ने शब्दबाट आगो सल्की गरेको अर्थ नआउने कामातुरबाट मानसिक स्थितिमा बाधकलाई जे गर्न पनि सम्भावना हुने । खुन जस्तो फौज्दारी मुद्दामा नियत र मनसायको धेरै महत्व हुने । आइमाईको बयानको कुरामा आगोमा हालेको समयमा केही फरक देखिए पनि यिनै सिपाहीहरूले नै पोली दिएको कुरामा सबैको एकैमुख भएको । मर्नेकी आमा आफ्नो छोरा हेर्न लिन जाने बिषयमा बयानहरूमा केही कुरा फरक परेको हकमा ८ जना मध्ये ६ जनाको बयानमा स्वास्नी मानिसहरूले घर गई भनेपछि नै आमा गएकी । उसमा पनि पुलिसमा पहिला रिपोर्ट दिने मर्नेकी बाबुले आफ्नो जहानहरूबाट नै कुरा सुनी थाहा पाई छोरी बुहारीले भन्न आएपछि आमा गएको भनेको नै भएकोले त्यतिको फरक परेको भन्न नहुने । मुख्य आरोप लगाइएका सिपाहीहरू त्यति रातको बीच आफ्नो क्याम्पको अडर उर्दी मिची सो वारदात भए गरेको खला–गरामा लुकी छिपी गएकोमा साबितै रहेको । त्यस्तो आफू र आफ्नु नोकरीमा समेत धक्का पुग्ने किसिमको काम साधारण रूपले नै गर्‍यो होला भन्न नमिल्ने । उजुरवालाहरूको यिनै सिपाहीहरू सित केही अधिको रीसइवी थियो भनी कतैबाट देखिन नआउने । तसर्थ, ति आइमाईहरूले आफूहरुमाथि त्यस्तो बेईज्जत हुने कुरा बनाई झुट्टा आरोप लगाउने कारण देखिन नआएको । मर्नेकी आमाले घटनास्थलबाट छोरा ल्याएपछि पुलिस कारवाई पट्टी नगई प्रथमतः त्यहि फुश्रे मलाया क्याम्पमा नै गई उजुरी गरेको कुरा मेजर मानशेर राईको बयानबाट पनि देखिन आएको । निज सिपाहीहरूको बयानबाट वारदात भएको दिन बेलुकी ४ बजेको टायममा सर्दुखोलामा नुहाउँन गएको बखत राइनी केटीहरूले भरे राती तपाँईहरू खलामा आउनु भनेबाट गएको र सबै मिली रक्सीहरू खाएको देखिएको र त्यसपछि करणीको कुरा बिषय ति आइमाईहरूको बयानमा किटानसाथ उल्लेख भएकोले त्यस्तो कामातुरको अबस्थामा पुगेपछि त्यसमा बाधक हुनेलाई जे गर्न पनि सम्भावना हुन जाने । पोष्टमार्टम रिपोर्टबाट मर्ने चंखे आगाले नै पोली मरेको र दुबै पक्षका कुराबाट पनि मर्नको कारण घटनास्थल इत्यादि कुरामा २ राय नभएको र मर्ने चंखेले आमालाई आगोमा हाली पोली दियो भन्ने कुराबाट पनि आफै आगो सल्की डढी मरेको भन्ने अर्थ गर्न नमिल्ने । यस्तो खुन जस्तो फैजदारी मुद्दामा नियत र मनसायको पनि धेरै महत्व हुने । त्यस्को सम्भावनाको बिचार गर्दा वादी तर्फबाट प्रतिवादी सिपाहीहरूले जिकीर लिए जस्तो बदनाम गराउने नियतबाट नै गरेको हो कि ? भन्नालाई त्यस्तो आगामा पोली छोरो मरणासन्न भएको अबस्थामा छोरोको ज्यान औषधी उपचारको आशा समेत लिई जाने आमाले सो मलाया क्याम्पमा पुगेपछि नभए नगरेको आरोपको कुरा गर्न जानु स्वभाबिक नदेखिने र उसमा पनि छोरालाई घटनास्थलबाट वर ल्याएपछि अरु निहित स्वार्थ भएका व्यक्तिहरूसँग मर्नेको आमाको राय सल्लाह भेटघाट मुलाकात भए गरेको न कसैको जिकीर भएको न कतैबाट देखिन आएको । उता प्रतिवादीहरू पट्टीको सम्भावना बिचार गर्दा माथि उल्लेख भए बमोजिम कामातुर भईसकेको मानसिक स्थितिमा बाधकलाई जे