निर्णय नं. ३०७८ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०७८ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/११/१० २३४८ निर्णय नं. ३०७८ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४२ सालको रिट नं. १८२० विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक : भ.पु.जि.चपाचो गा.पं. वार्ड नं. २ कुण्डोल बस्ने डम्बरबहादुर खड्का । विरुद्ध विपक्षी :माननीय निर्माण तथा यातायात राज्यमन्त्री श्री प्रसाद बुढाथोकी । निर्माण तथा यातायात मन्त्रालय,बबर महल । काठमाडौं नगर विकास योजना कार्यान्वयन समिति,भक्तपुर । श्री महेन्द्र चपाचो आर्दश गा.पं कार्यालय,ठिमी भक्तपुर । आदेश भएको मिति: २०४३।११।१०।१ मा निर्देशिकामा व्यवस्था भएका कुराहरू सम्म उल्लेख नभएकोमा ऐन नियम प्रतिकूल हुने गरी निर्माण गरी सो उल्लंघन भएको भनेर कुनै आधार कारण नखोली गरेको प्रत्यर्थी काठमाडौं नगर विकास योजना कार्यान्वयन समिति भक्तपुरको निर्णय र सो सदर गर्ने गरेको प्रत्यर्थी माननीय निर्माण तथा यातायात राज्यमन्त्रीबाट भएको पुनरावेदन फैसला समेत मनासिब भन्न नमिल्ने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री राजकिशोर सिंह उल्लेखित मुद्दाःX आदेश न्या.रुद्र बहादुर सिंहः नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. चपाचो गा.पं. वडा नं. २ अन्तर्गत कुण्डोलमा भक्तपुरबाट काठमाडौं जाने मूल सडकको उत्तरपट्टि म निवेदकले नक्शा पास बेगर पक्की घर बनाउन लागेको हुँदा घर बनाउन रोक्का गरिपाउँ भन्ने समेत चपाचो गा.पं. को पत्रानुसार कारवाही उठी निर्माण गरेको घर सडकको केन्द्र रेखाबाट १५ मिटर हटाई बनाउन पर्नेमा सडकको केन्द्र रेखाबाट ११ मिटर मात्र भएको र पछाडी तर्फको भाग १३ मिटर २ फिट मात्र भएको भन्ने जा.ना.सु.को प्रतिवेदन परेको तथा नियम थाहा नभई १३ मिटर २ फिट ४ इन्च मात्र छोडी घर बनाएको हुँ भन्ने समेत मेरो बयान भएको र पुनः हाल निरीक्षण गर्दा घर साविक बमोजिमकै अवस्थामा नै राखिएको देखाएको प्रतिवेदन मिति २०३९।२।२० मा परेको स्वीकृति बेगर का.उ.न.वि. को नियम अनुसार छाड्नु पर्ने दूरी समेत नछाडी पक्की घर निर्माण गरी नगर निर्माण योजना कार्यान्वयन ऐन, २०२९ को दफा ५(१)(ग) विपरीत कार्य गरेको देखिएकोले श्री ५ को सरकारले चाहेका बखत हटाउने छु भन्ने शर्तनामाको कागज गराउने र ऐ ऐनको दफा ६(१) बमोजिम रु. २,०००।– जरिवाना गर्ने र बनेको घर नियमानुसार सडकको केन्द्र रेखाबाट १५ मिटर हटाउने छु भन्ने शर्तनामाको कागज गराउने नमाने कार्यान्वयन समिति तर्फबाट घर हटाउने भन्ने तपसील खण्डमा उल्लेख गरी काठमाडौं नगर विकास योजना कार्यान्वयन समिति भक्तपुरबाट मिति २०३९।२।२७ मा फैसला भएको । ३. उक्त फैसलामा चित्त नुबझी निर्माण तथा यातायात मन्त्रालयमा पुनरावेदन गर्दा माननीय निर्माण तथा यातायात राज्यमन्त्री श्री प्रसाद बुढाथोकीबाट उक्त मिति २०३९।२।२७ को फैसला मनासिब ठहर्छ भनी मिति २०४२।६।३० मा मलाई उपस्थित नगराई मौलिक हक हनन् हुने गरी त्रुटिपूर्ण फैसला गर्नु भयो । ४. मेरो विवादित घर भएको ठाउँ नगर क्षेत्र भित्र नपर्ने र पुरानो पराले छानो भएको घर भत्किए पछि साविक जग्गा मै साविक बमाजिम घर बनाई सकेपछि समितिबाट रोक्का भएको हो । उक्त ऐनले