निर्णय नं. १४१ - जालासजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४१ - जालासजी भाग: ४ साल: २०१८ महिना: कार्तिक अंक: ४ फैसला मिति :२०१८/०१/११ २१९५ निर्णय नं. १४१ ने.का.प.२०१८ डिभिजन बेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश रत्नबहादुर विष्ट क्षत्री अ. डि. नं. ५९०।३ अपीलाट, वादी : कृष्णमायाँ गुरुङसीनी समेत विरुद्ध विपक्षी, प्रतिवादी : जगेसाली पन्त पाध्या समेत मुद्दा : जालासजी (१) फलानाकै हकको हो भनि सबुद गुजार्न नसकेमा, र मालको दर्ता उतारबाट एकैमात्रको नभई विभिन्नको नाममा दर्ता देखिएमा – सबै हक नपुग्नेबाट गराई लिएको राजीनामा बदर हुने । चामुको दर्ता हकको जग्गा जति जम्मै धनश्रीको मात्र हक हो भन्ने कुराको प्रतिवादीहरूले सबुद केहि गुजार्न नसकेकोमा पनि मालबाट आएको दर्ता उतारबाट चामुको मात्र नभई अरु मोही दयाराम, दुलु, भानु, नैन सिं, उधे समेतको नाउँमा दर्ता देखिएकोले प्रतिवादी गंगामूर्ति जगेसालीले लिएको समुचा जग्गामा हक रहेछ भन्न मुनासिब नपरेकोले सबै हक नपुग्नेबाट राजिनामा गराई लिएको जालसाजी बदर हुन्छ । (प्रकरण नं. ५) अपीलाट तर्फबाट : प्लिडर मायानाथ उपाध्याय प्रतिवादी तर्फबाट : एडभोकेट कृष्णप्रसाद भण्डारी फैसला १. यसमा धनवर भन्ने खेत कलम ९ को कित्ता जोड गरी खेत ।२१।७।४ को दामासाहीले तिरो बुझाउने गरी म दामुले र हर्षे गुरुङ, दया गुरुङ, बागदल गुरुङ, चामु गुरुङ समेत ५ पाँच घरले हकभोग गरी आएको र चामु दयाराम २ भाई र हर्षेको छोरा बागदल गुरुङ समेतको ३ अंशबण्डा गरी २ कलमको कित्ता जोडमा कुन भन्ने कुवले खेत ।९।१५ को कित्ता १ समेत चामुकै नाउँमा दर्ता गराई आफ्ना भाग बमोजिम भोग गरेको । दयारामको छोरी बलके मुलुराले र बागदलको छोरी सेती लुराको भाई इन्द्रजीतले विवाह गरी बागदल दयारामको छोरा नहुँदा सासु ससुराले घर ज्वाई राखेकोले पालताल गरेको । ससुरा दयारामको म लुराले काज कृया गरी साहु समेत बुझाई अपुताली भोगी आएको । बागदलको स्वास्नी धनश्रीको छोरी सेती पोइला गएकोले इन्द्रजीतले म कृष्ण मायालाई विवाह गरी चामु मरी अपुताली बागदलले हक गरेको र आफ्नो समेत गरी २ तर्फको छोरा नहुनाले बुढा बुढीले धान्न नसकी मो. रु. १००। मा पदेरा डाँडा खेत २१।७।४ मध्ये ५ भागको १ भाग ।४।७।४ को कित्ता १ कावु भन्ने कुल्दे ।९।१५ मध्ये ३ भागको एक भाग ।३।५ र केराबारी पाखो १ काफल बोटे १ कुदुले १ कुसुमा थान १ देवी थान स्वारा १ समेत ।९० तिरोको खेत पाखो २०००।९।२१ मा मेरो लोग्ने इन्द्रजीतलाई राजिनामा गरी दिएको भोग तिरो गरेकाछौं । लोग्ने इन्द्रजित बिदेशबाट बिदा लिई ०९ सालमा आएको मौका बागदल मरेकोले निजको स्वास्नी धनश्रीले साहु धानी खान सक्दैन भनी ९००। मा निजको हकका धनबर्ले खेत ४।७।४ का कुलमे खेत ।३।५ र ३ कित्ता पाखो समेत ०९।९।१५ मा लोग्ने इन्द्रजीतलाई दिए पछि लोग्ने नोकरीमा बिदेश तर्फ जानु भएको । लिखत पास नगरी दिएमा म कृष्णमायाको पासमा नालिस परेको दायरै छ । सो राजिनामा भएपछि मैले चलन गरे बाहेक अरु साहिलो दमाई मुक्त सिं गुरुङ सन्तबीर गुरुङलाई भोग दिई मेरो हक भोग भएकोमा निज धनश्रीलाई पाल्छु भनी योगेले लगी आफ्ना नाउंमा बकसपत्र गराई जगेसाली साहु गंगामुर्ती लेखक अरु अन्तरसाक्षी भई र धनश्री असामी गराई ०१०।९।१३ गते मो. रु. १८००। को थैली राखी पदेरा मुनी खेत २१।७।४ को कित्ता १ काबु भन्ने खेत ।९।१५ को कित्ता १ समेत २ कित्ता खेत छोरी सेती समेत सनाखत साक्षी राखी ऐ १४ गते पास समेत गराएछन् । जग्गा बालीमा दावी गरी जगेसालीले मेरो नाउँमा नालिस दिएको नक्कल आएकोले त्यस्तो जालसाजी राजीनामा