निर्णय नं. ३०७९ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०७९ - ज्यान भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४४/०१/२९ २४४१ निर्णय नं. ३०७९ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४३ सालको फौ.सा.नं. ११५ मुद्दा : ज्यान । पुनरावेदक/प्रतिवादी:झापा गारामनी गा.पं.वार्ड नं.३ घर भै हाल चन्द्रगढी कारागारमा थुनामा रहेका प्रल्हाद भन्ने कमल कार्की । विरुद्ध विपक्षी/वादी: ध्रुव कुमार सुवेदीको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति: २०४४।१।२९।३ मा मुलुकी ऐन अ.बं. १७६ नं. हेर्दा गैह्र मुद्दामा अभियोग लागेको मानिस फैसला नहुँदै मर्यो भने सो मर्नेलाई खत वापत लाग्दैन, सकार गरेको मुद्दामा पनि सकार गर्ने व्यक्तिलाई सो सकार गरेको नाताले मात्र अपराधी ठहर्याउन हुँदैन । (प्रकरण नं. १३) पुनराबेदक,प्रतिवादी तर्फबाटःX विपक्षी वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.रुद्र बहादुर सिंहः साधक सदरको लागि पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. मेरो भाइ युवराज २०३९।९।४ गते अं. ४ बजे घरबाट पुण्यराज र धुनियाँलाई दिनु पर्ने रु. १,६००।– लिई गएको साँझसम्म घर आएन सोही रात अं. ८ बजे मेरो घरबाट पश्चिमतर्फ मानिसहरू हल्ला गरेको मार्यो भन्ने शब्द भाइ युवराजको जस्तो सुनी म र भाइ विमल हल्ला भएको ठाउँमा जाँदा हल्ला शान्त भएको र अघि कहाँ हल्ला भएको भनी पौडेलको घरमा सोध्दा कान्छा राईको घरतर्फ हल्ला भएको थियो भनी भनेकोले कान्छा भनेको बहादुर राईका घरमा जाँदा भाइ युवराजको लाश रगत पक्ष भई बमबहादुरको आँगनमा लडी रहेको देखे बमबहादुर र निजका परिवार समेतलाई कस्ले के गर्यो भनी सोद्धा अरु बोलेनन् मार्ने मानिस मैले चिनेको छु ऐले बताउदिन प्रहरीमा बताउँला भन्नु भयो । यस कार्यालयमा मौखिक जाहेर गरी प्रहरी समेत घटनास्थलमा गई सोधपुछ हुँदा मर्ने भाइ युवराज, प्रल्हाद कार्की समेतले रक्सी खाई निजहरूको बीच झगडा भएको थियो भन्ने बुझिएकोले प्रल्हाद कार्कीकै कर्तव्यबाट भाइको मृत्यु भएको शंका लाग्छ । निजलाई पक्राउ गरी को को भई मारेका हुन् निजबाट खुलाई अपराधी उपर सजायँ गरी भाइका साथमा भएको रुपैयाँ समेत दिलाई पाउँ भन्ने समेत धु्रवकुमार सुवेदीको जाहेरी दर्खास्त। ३. २०३९।९।४ गते अं. ४ बजे प्रल्हाद कार्की अं. ५ बजे तिर मर्ने युवराज सुवेदी मेरो घरमा आई रक्सी खाई निजहरू बीच झगडा भएको र प्रल्हादले मेरो घरमा राखेको खुकुरी कुन समयमा झिकी लगी प्रहार गरी मारेछ भन्ने समेत बमबहादुर राइको र प्रल्हाद र युवराजको बीच झगडा भएकोले प्रल्हादको कर्तव्यबाट नै युवराजको मृत्यु भएको हो भन्ने दुर्गा देवी राइको र हाम्रो घरको खुकुरी नहुनु र युवराजलाई मार्नुमा प्रल्हादको नै कर्तव्य हो भन्ने समेत चन्द्रकला राइ समेतको प्रहरीमा भएको संयुक्त कागज । ४. २०३९।९।४ गतेका दिन अं. ३।४ बजे दयाराम उप्रेती, कैलाश कटुवाल र म, बमबहादुरका घरमा आयौं दयाराम कैलाश घरतर्फ गए म त्यही बसें साँझ पर्न लाग्दा युवराज र सुरेन्द्र लिम्बू म बसेको बमबहादुरको घरमा आएर बमबहादुरको श्रीमतीसंग रक्सी मागी हामी तीनैजना रक्सी खान थाल्यौं । खाँदा खाँदै अस्ती तैले पर्वतलाई कुट्सि भनी युवराजले भन्यो मैले होइन भने युवराजले निहुँ खोजी मलाई एक पटक हिर्का भन्यो मैले हिर्काइन सो पछि विभिन्न कुरा निकाली मलाई हिर्काउँदै घरभित्र पसायो । त्यसपछि मैले हातमा खुकुरी लिई आफ्नो घरतर्फ भागें युवराजले खेद्दै आयो सडकमा आइपुगेपछि निजले मलाई भ