निर्णय नं. ३०८० - उत्प्रेषणको आदेश जारी गरिपाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०८० - उत्प्रेषणको आदेश जारी गरिपाउँ । भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४४/०४/१७ २२०० निर्णय नं. ३०८० ने.का.प. २०४४ अङ्क ४ एक न्यायाधीशको इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०४४ सालको रिट नं. १२९८ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक : का.न.पं.वडा नं. १४ कूलेश्वर बस्ने पूर्ण लक्ष्मी श्रेष्ठ । विरुद्ध विपक्षी : परराष्ट्र मन्त्रालयका सचिव नरेन्द्रविक्रम शाह । अतिथि सत्कार विभागका निमित्त महा-निर्देशक भजोकृष्ण तमोट । आदेश भएको मिति: २०४४।४।१७।१ मा निजामती सेवा नियमावली, २०२१ को नियम १०.११ अनुसार परिक्षणकालको अवधिमा नियुक्ति भएकोलाई निजको कुनै दोष अथवा अनुपयुक्तताले गर्दा परिक्षण कालको अवधिभित्र अथवा परिक्षणकालको अवधिको अन्तमा कुनै निजामती कर्मचारीको नोकरी अन्त गर्नु परेमा नियम ११.९ तथा १०.१० को कार्यविधि अपनाउनु नपर्ने अर्थात् स्पष्टीकरण माग नगरिकन पनि अन्त गर्न सकिने । (प्रकरण नं. ५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुधीर श्रेष्ठ विपक्षी तर्फबाटःX उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंहः नोकरीबाट अवकाश दिएको उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ :– २. परराष्ट्र मन्त्रालय अन्तर्गत अतिथि सत्कार विभागको शितल निवासमा बैठके पदमा स्थायी नियुक्ति भई काम गरी आएको परिक्षणकाल १ वर्ष पुग्न २ महीना बाँकी छँदै मलाई प.सं. ४१६ मिति २०४४।२।३१ को अवकाश गरिएको पत्र मलाई बुझाउन पर्नेमा मेरो बुवाको अफिस सर्वोच्च अदालत मुद्दा फाँट भन्ने जनाई रजिष्टर्ड गरी रामकृष्ण खड्काले कानून विरुद्ध पठाएको देखियो । निवेदकलाई हाकिम भजो कृष्ण तमोटले २०४४।२।२० गते देखि टेलिफोनबाट बोलाउने मानिस पठाउने गरेकोले बुझ्न जाँदा मेरो इच्छा पुरा गरी दिएनौ भने तिम्रो नोकरी झिकी दिन्छु भन्दै एक्कासी हातपात जबरजस्ती गर्न खोजेकोले कराई भागी आफ्नो ड्यूटी पूरा गरी पाँच बजाउन जाँदा हाजिर गराउने व्यक्तिले भोलिदेखि त्रिपुरेश्वरमा जानु यहाँ आउनु पर्दैन भनेबाट ०४४।३।१ गते जाँदा हाजिर गर्न नदिई गोप्य बन्दी खाम बुझ भनेकोले भोलि बुझ्छु भनी घर गएँ । पखाला लागि विरामी भई हाजिर हुन नसकेकोले २०४४।३।२ गते विरामीको रिपोर्ट गरी भएको व्यहोरा परराष्ट्र मन्त्रालयमा ०४४।३।३ गते निवेदन दिएको कुनै कारवाही नभएको हुँदा सम्मानीत अदालतमा निवेदन गर्न आएकी छु । ३. परिक्षणकालमा अवकाश दिँदा अपनाउनु पर्ने कार्यविधि नअपनाई मौका समेत नदिई अवकाश दिएको नेपालको संविधान र नि.से.नि. प्रतिकूल हुँदा बदर गरी नोकरी कायम गरिपाउँ । परिक्षणकालमा अवकाश दिँदा दोष अथवा अनुपयुक्तता हुनु पर्ने सो केही जानकारी दिएको नभई अवकाश पत्रमा सन्तोषजनक नभएको भन्ने छ । कुन कार्य सन्तोषजनक भएन सो उल्लेख अवकाश पत्रमा गरेको छैन । मलाई नोकरीबाट अवकाश दिएको मेरो मौलिक हक विपरीत कानून प्रतिकूल भएकोले उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः नोकरीमा प्रवेश गराउन परमादेश समेत जारी गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर । ४. निवेदिका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सुधीर श्रेष्ठले निवेदिकाको कुन दोषमा निजलाई अवकाश दिइएको खुलाइएको छैन । परिक्षणकाल समाप्त नभएका कर्मचारीको सेवा अन्त्य गर्नु पर्दा स्थायी कर्मचारी सरहको कार्यविधि अपनाउनु नपरेपनि बिना कुनै आरोप, आफ्नो कुरा भन्ने मौकासम्म पनि नदिई विवेक शून्य तरीकाले सेवाको अन्त