निर्णय नं. ३०८१ - उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०८१ - उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४०/०४/१४ २१२७ निर्णय नं. ३०८१ ने.का.प. २०४४ अङ्क ५ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट पूर्ण इजलास नं. २५ विषय : उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक/रिटनिवेदक:जिल्ला धनुषा बटेश्वर गा.पं वडा नं.६ को हाल गाउँ पञ्चायत शान्तिपुर वडा नं. १ बस्ने गोदावरी देवी कायस्त । विरुद्ध विपक्षी/प्रत्यर्थी : ऐ.ऐ. बस्ने फौडी ठाकुर बडही । श्री भूमि सुधार कार्यालय,धनुषा । आदेश भएको मिति: २०४०।४।१४।५ मा रिट निवेदिकालाई जग्गाधनी नदेखाएको २ नं. अनुसूची उपर रिट निवेदिकाले उजूर नगरेको भनी दोष लगाउन मिल्ने देखिन्न, यस स्थितिमा एकाको नामको २ नं. अनुसूची समेतको आधारमा प्रत्यर्थी भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय धनुषाले मोही कायम गरी मोहीको प्रमाणपत्र बनाई दिने गरी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११) रिट निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री कमलनारायण दास प्रत्यर्थी तर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री जीतबहादुर कार्की उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंहः श्री ५ महाराजाधिराज सरकारका हजूरमा सर्वोच्च अदालत डिभिजन बेञ्जबाट मिति २०४१।३।१ मा भएको निर्णय दोहर्‍याई पाउँ भन्ने गोदावरीदेवी कायस्तको हकमा शिवनाथ तिमिल्सीनाले न्यायिक समिति मार्फत चढाएको न्या.स. १४२ र २७६ को विन्तिपत्रहरू तथा सो बारे न्यायिक समितिले चढाई पठाएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ, भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट लेखी आए अनुसार लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. संक्षिप्त तथ्य एवं जिकिर : मेरो नाम दर्ताको महोत्तरी गा.पं. वडा नं. १ को साविक कि.नं. ३ को २–१७–१९ को हाल कायम हुन आएको कि.नं. १५४ को २–१–१५ ऐ. कि.नं. १५३ को ०–१६–१८ धूर समेत जम्मा जग्गा २–१८–३ जग्गा मैले सदा सर्वदा देखि आफैंले जोत आवाद गरी भोगी आएको र ऐन लागू भएपछि १ नं. लगत आफ्नै नामबाट अनुसूची प्रकाशित भई ४ नं. जो.अ.नि. समेत पाएकोमा प्रतिरक्षीले मेरो कि.नं. १५३ को पूर्वतर्फबाट ६ कठ्ठा र कि.नं. १५४ को पश्चिमतर्फबाट १० कठ्ठा समेत जम्मा १६ कठ्ठा जग्गामा मोही भई जोति आएकोले मोहियानी हकको प्रमाणपत्र पाउँ भनी फिरादपत्र दिइएको र मैले प्रतिरक्षी मोही होइन जग्गा आफैंले कमाई आएको छु भनी प्रतिउत्तरपत्र दिइएकोमा सो मेरो भोगको जग्गामा प्रतिरक्षीलाई मोहियानी प्रमाणपत्र दिने ठहर्‍याई मिति २०३९।६।२५।२ मा निर्णय भएको छ । मेरो जग्गामा मोही दावी गर्न पाउने प्रतिरक्षीलाई अ.बं. ८२ नं. ले हकदैया नै छैन । जग्गाधनी महलमा पितनाथ उपाध्यायको नाम मात्र उल्लेख भएको हुँदा हुँदै ऐनको दफा २५(१) अन्तर्गत आफैंले जोतेको जग्गा मोहियानी हकको प्रमाणपत्र दिने अधिकारीको निर्णय अ.बं. ३५ नं. बमोजिम बदरभागी छ खास र प्रत्यक्ष प्रमाणपत्र छाडी लाग्नै नसक्ने प्रमाणहरूका आधारमा मोही कायम गरेको हुँदा अ.बं. १८४(क) १८५ र १८९ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्याँशको त्रुटि हुन गएको हुनाले विपक्षीको निर्णयलाई उत्प्रेषणको आदेश जारी गरी मेरो हक तथा संरक्षण