निर्णय नं. ३०८२ - जग्गा दर्ता बिक्री बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०८२ - जग्गा दर्ता बिक्री बदर भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०४/२८ २४१८ निर्णय नं. ३०८२ ने.का.प. २०४४ अङ्क ५ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४२ सालको दे.पु.ई.नं. ११० मुद्दा : जग्गा दर्ता बिक्री बदर । निवेदक/प्रतिवादी: जि.झापा बाहुन डाँगी गा.पं. वार्ड नं.४ बस्ने चन्द्रबहादुर सुवेदी । ऐ.ऐ चन्द्र बहादुर सुवेदी । ऐ.ऐ बस्ने अम्वर बहादुर कार्की । ऐ.ऐ बस्ने लोक बहादुर प्रधान । ऐ.ऐ बस्ने शेर बहादुर बुढाथोकी । विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. बस्ने दुखीसरी मेचे फैसला भएको मिति: २०४४।४।२८।५ मा संग बसेको अन्य हकवाला नभएको स्थितिमा बाबुको अपुताली छोरीलाई प्राप्त हुने । (प्रकरण नं. १८) निवेदक, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल उल्लेखित मुद्दाःX फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह: सर्वोच्च अदालत संयुक्त इजलासको निर्णय उपर निवेदकहरूको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्जबाट किनारा भएको विन्तिपत्रमा लेखिएको जग्गा दर्ता बिक्री बदर मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बकस भई आएको हुकुम प्रमांगी बमोजिम यस इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. विपक्षीहरू उपर कारवाही गरी जग्गा दर्ता बिक्री बदर गरिपाउँ भन्ने दुखीसरी मेचेको श्री ५ महाराजाधिराजका जुनाफमा परेको विन्तिपत्रमा ठाडै बुझी कानून बमोजिम गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई झापा जिल्ला अदालतमा गएको र झापा जिल्ला अदालतबाट दुखीसरी मेचेलाई झिकाई बयान गराउँदा बाजे मन्जन मेचेका दुई छोरा जेठा विपक्षी पागल सिंको बाबु सोमा र कान्छा मेरा बाबु कोन मेचे हुन् । बडा बाबु सोमा बाजेसंग मिल्न नसकी मेरा पिता जन्मनु भन्दा अगाडि नै बेग्लै बसी आएका थिए । बाजे मन्जन २०१३ सालमा सोमा २०११ सालमा र बाबुको देहान्त २०२४ सालमा भएछ । बाबुको देहान्त हुँदा म आमाकै गर्भमा रहेकी रहेछु र मेरो जन्म २०२४ साल माघ महीनामा भएपछि दुई वर्ष जस्तो पछि बाबु २०२६ सालमा आमा गाला मेचेसंग पोइल जानु भएकोले हालसम्म आमाकै साथमा छु । बाबुको मृत्यु पछि बाबुको नामको जग्गा मेरा नाममा दर्ता भएको थिएन । यसै बीच पागल मेचे र शेरबहादुर बुढा क्षेत्री समेत मिली बाबुको जग्गा मेरा नाममा नामसारी दर्ता गराई दिन्छु भनी २०३० साल माघ महीनामा भन्न आएबाट विश्वास गरी मेरो लिफा र बाबुको नाउँको धनीपूर्जा रसीद समेत दिएकोमा विपक्षीहरूले बाहुन डाँगी गा.पं. वार्ड नं. ३ को कि.नं. ४३२, ४६८, ४६९, ४७०, ६५७ को जम्मा ज.वि. ९–३–६ नमालुम कसरी पञ्चायतको समेत सिफारिश गराई भू.सु.का. झापाबाट (साविक पेज न.. ५०७) दर्ता गराए भन्ने हल्ला सुनी बुझ्दा उल्लिखित जग्गाहरू २०३०।१२।१ मा पागल सिंले आफ्नो नाउँमा दर्ता गराउने र शेरबहादुर समेतलाई बिक्री समेत गरी मेरो हक मेट्न खोजेकोले विपक्षीहरूको खिचोला मेटाई मेरो हक कायम गरी भू.प्र.का. को निर्णयले भएको दर्ता र सो पछि भएको बिक्री समेत बदर गरी मेरा नाममा नामसारी दर्ता गरिपाउँ भन्ने समेत दुखीसरी मेचेको बयान रहेछ । ३. दुखीसरी मेरो काकाको छोरी बहिनी