निर्णय नं. ३०८३ - उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०८३ - उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०५/०२ २०५४ निर्णय नं. ३०८३ ने.का.प. २०४४ अङ्क ५ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट पूर्ण इजलास नम्बर ३२ विषय : उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक/रिट निवेदक : जि.दाङ विजौरी गा.पं. वडा नं. मनिकापुर बस्ने जेराम थारु । विरुद्ध प्रत्यर्थी/विपक्षी : अर्थ मन्त्रालय मालपोत विभाग, मालपोत कार्यालय, दाङ । त्रि.वि.वि. संस्कृत अध्ययन संस्थान बेलझुंडी,दाङ । आदेश भएको मिति: २०४४।५।२।३ मा रिट क्षेत्रबाट निर्विवाद हकको प्रचलन हुन सक्ने हो, विवादित हकमा रिट क्षेत्रबाट हक कायम गर्न नमिल्ने । (प्रकरण नं. १३) रिट निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री दमन ढुंगाना प्रत्यर्थीतर्फबाट :विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंहः श्री ५ महाराजाधिराजका जुनाफमा सर्वोच्च अदालत डिभिजन बेञ्जबाट फैसला भएको एक पटक फुलबेञ्चबाट हेरी इन्साफ गरिदिनु भन्ने हु.प्र.बक्स पाउँ भनी रिट निवेदकले चढाएको विन्तिपत्रमा फुलबेञ्चबाट दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ, भनी मौसूफ सरकारको विशेष जाहेरी विभागबाट मिति २०४२।४।८ मा तोक लागी आई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. काटाछिली मौजे मनिकापुरको साविक जिमिदारमा रैती नं. १७ आसामी जैराम थारुका नाममा दर्ता भएको ज.वि. ५।२ नापीमा ज.म.वि.वि.गा.पं. वडा नं. ३(क) कि.नं. ४२२ मा दर्ता भएको रहेछ । निवेदक नापीका बखत उपस्थित हुन नसकेकोले जग्गाधनी मोहीको महल खाली भएकोले उक्त ७ नं. फाँटवारी भरेको तिरो बुझाएको रसीद अन्य प्रमाणका आधारमा मेरो नाममा दर्ता गरिपाउँ भनी निवेदन दिएकोमा सरजमीनले संस्कृत अध्ययन संस्थानको नाममा दर्ता हुन पर्ने भनेकोले निवेदकका नाममा दर्ता गर्न नमिल्ने हुँदा मिसिल तामेलीमा राखिदिने भनी मालपोत कार्यालय, दाङबाट मिति २०३९।५।१५ मा टिप्पणी आदेश भएको रहेछ । ३. विपक्षी मालपोत कार्यालयले केवल मिति २०३४।१२।२३ को सरजमीनको मात्र आधार लिएको छ । साविक रैती नं. १७ को ७ नं. फाँटवारीको साथै तिरो बुझाएको रसीद समेत प्रमाण पेश गरेकोमा त्यसको कुनै वास्ता नगरिएकोले उक्त निर्णय प्रमाण ऐन, २०३१ को दफा ३, १८, ५४ र अ.बं. १८४(क) १८५ को प्रतिकूल छ । नापीका बखत उपस्थित नहुँदैमा मेरो हक जाने होइन दर्ता गर्न छुट भएको जग्गा दर्ता गराउन सक्ने कानूनी व्यवस्था भएकोमा सो बमोजिम नगरी संस्कृत अध्ययन संस्थानका नाममा दर्ता गर्ने गरेको निर्णयले मालपोत ऐन, २०३४ को दफा ६।७ को उल्लंघन गरेको छ । उक्त कि.नं. ४२२ को जग्गा मेरो हो भन्ने कुरा विजौरी गाउँपञ्चायतले २०३९।९।२८ मा सिफारिश गरेको छ । जग्गाको हक बेहकमा निर्णय गर्न सक्ने अधिकार विपक्षी कार्यालयलाई छैन । तसर्थ विपक्षी कार्यालयको मिति २०३९।५।१५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी कानून बमोजिम निर्णय गर्नु भनी आदेश गरिपाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ झिकाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालतको आदेशानुसार प्राप्त हुन आएको लिखितजवाफ यस प्रकार रहेछ । ५