निर्णय नं. १४२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४२ - कर्तव्य ज्यान भाग: ४ साल: २०१८ महिना: कार्तिक अंक: ४ फैसला मिति :२०१८/०६/१३ २५८० निर्णय नं. १४२ ने.का.प.२०१८ डिभिजन बेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षत्री प्र. सा. फौ. डि. नं. ४३/२० रिपोर्टवाला : पुलिस इन्सपेक्टर अपिस कं. ठाना अ. स. ई. नरबहादुर विष्ट विरुद्ध विपक्षी : कहरसिंह गिरी समेत मुद्दा : कर्तव्य ज्यान (१) बयान स्वभाविक तवरले एक मुख मिलानको भएमा र पोलापोल गर्न पर्ने कारण नदेखिएमा अभियुक्तहरू परस्पर साक्षी जस्तो भइ बयान गरे तापनि साविति भई गरेको कुरा मान्य नै हुने । नभएको कुरा हो कि भनी शंका गर्न पनि हामी खोलामा माछा मार्न लागेका बखत मूल बाटोबाट हिंडी आएका । लाहुरे ३ त्यहीं ओडारमा बास बस्छन्, भरे तिनीहरूलाई मारी धनमाल लिन पर्छ भनी हामीले सल्लाह गरी घर घरमा गई भात खाई सकेपछि राती जम्मा भई आई लाहुरेहरू निदाएछन् भनी बुझी निदाएको पक्का गरी खुकुरीले हानी मारी धनमाल ल्याएको हो भन्ने कुरामा सबै प्रतिवादीले एक मुख मिलानसँग ठानामा र अदालतमा बयान गरेका । सबै वारदात बनावटी र परस्पर झुट्टा पोलमात्र गरेका हुन कि भन्ने कुरालाई वारदातमा भएको काम कुराको अभियुक्तहरूले बयान गर्दा स्वभाविक तवरले बयान गरेको । बनावटी हो भन्ने कतै शंका नदेखिने । फेरि आपसमा झुट्टा पोलापोल गर्न पर्ने कारण पनि केही नदेखिने । आफू साबित भएको र पोलिएको अर्को अभियुक्तले उसै गरी आफु साबित भई अरुलाई पोल गरेको देखिंदा वारदात भएको कुरामा अभियुक्तहरू परस्पर साक्षी जस्तो भई बयान गरेको देखिने हुँदा वारदात होइन र मानिस पनि मरेका होइनन् भन्न इन्साफमा नमिल्ने । (प्रकरण नं. ८) फैसला १. यसमा १४।१०।१४ मा स. गौं. का पुर्जीबमोजिम रुबीलालका निवेदनबाट वन जाँच गर्न र कसूरदार पक्राउ गर्न गई आउँदा सल्यान कालीमाटी जुगेना भन्ने गाउँको खोलामा धनसिंह कवर जोगीले तरुल खन्न लागेको रहेछन् । निजलाई डाक्दा भागी गएको र पक्राउ गरी किन भागेको भनी खारखेर गर्दा मैले पोहर २०१३ साल फागुण महिनामा यस खोलाको ओडारमा ३ जना लाहुरेलाई हामीले काटी मारेका हौं भनी धनसिंह कवर जोगी साबित भएकोले निजलाई पक्राउ गरी सौंपा गर्न ल्याएको छु भन्ने अ. स. इ. नरबहादुरको १४।११।३ को रिपोर्ट । २. २०१३।११।८ गते नजाने कहाँको हो तीन जना लाहुरे हिन्दुस्थान तर्फबाट आई जुगेनी देखि पूर्व तर्फ ठाडो ओडार भन्ने ठाउँमा बास बसेका रहेछन् । कहरसिंह जोगी १ लोतीराम जोगी १ चित्रमान गिरी १ कोटे गिरी १ सर्वेपु मगर १ समेत ५ जना मेरो घरमा गई डुल्न जाउँ भनी भने । जान्न भन्दा मार्छौं भनेकाले डरका मारे मन्जुर भई गई लाहुरे सुतेको ठाउँमा पुगी निजहरूले थाहा नपाउने गरी निजको सिलेवरको बिंड भएको खुकुरी झिकी लोतीरामले गर्दनमा चोट छाडी छिन्यो । निजको झोला गुन्टा सर्वे, कहरसिंह, लोतीराम, चित्रमान, कोटे समेतले लिएपछि दक्षिंण पट्टी सुतेको लाहुरेलाई निजकै खुकुरी थुती मैले चोट छाडेपछि छिन्यो । कहरसिंह, लोतीराम समेतले झोला गुन्टा बोकी पर राखी पश्चिम पट्टीको लाहुरेलाई निजकै खुकुरी झिकी कहरसिंह गिरीले चोट छोडी छिन्यो । निजको झोला गुन्टा समेत लिई सबै जनाले सर्वेपुका घरमा लगी खोली हेरी मलाई १० दरको नोट हो भनी २ दिए । अरु कपडा रूपैयाँ निजहरूले के कति लिए थाहा छैन भन्ने समेत धनसिंह कवरको १४।११।३ मा पुलिसमा कागज गरेको र निजहरूको लास खाडल खनी दवाएको भन्ने र अरु कागज मिलनाको बयान । चित्रे, सर्वे, लोतीराम, धनसिंह तिले, पहल सिंह मु. रूप सिंह कोटे