निर्णय नं. ३०८४ - उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०८४ - उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०५/१३ २०७३ निर्णय नं. ३०८४ ने.का.प. २०४४ अङ्क ५ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४३ सालको रिट फु. नं. ३५ विषय : उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरिपाउँ । निवेदक : का.जि.का.न.पं. वडा नं.२० भीमसेन स्थान बस्ने शिवराज श्रेष्ठ । ऐ.ऐ बस्ने मोहन राज श्रेष्ठ । विरुद्ध विपक्षी : श्री मालपोत विभाग, बबरमहल, काठमाडौं । श्री मालपोत कार्यालय,काठमाडौं । श्री मालपोत कार्यालय,काठमाडौं जि.का.को प्रतिनिधि र पंच सदस्य समेत भएको समिति। का.जि.का.न.पं. वडा नं.१३ टंकेश्वर ताहाचल बस्ने भक्तेन्द्र ध्वज सिलवाल । ऐ.ऐ बस्ने भवन कुमारी सिलवाल । ऐ.ऐ बस्ने झंकध्वज सिलवाल । आदेश भएको मिति: २०४४।५।२३।३ मा दुई जनाका नाममा संयुक्त दर्ताको जग्गा भएपछि विवादित जग्गाहरू प्रत्यर्थी मोहीहरूका नाममा रैकरमा परिणत दर्ता गर्ने निर्णय गर्दा दुवै जना विर्तावाल जग्गाधनीहरूलाई बुझी निजहरूलाई आफ्नो कुरा भन्ने मौका प्रदान गरी प्रतिवाद गराई निर्णय गर्नु पर्ने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ तथा विद्वान अधिवक्ता श्री चूडामणिराज सिंह मल्ल प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री लवदेव भट्ट उल्लखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्ज समक्ष पेश हुँदा माननीय न्यायाधीशहरूका बीच रायमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. पिता हिरा श्रेष्ठ र जेठा बाबुका छोरा भक्तराज श्रेष्ठ समेतको सगोल दर्ता भएको जग्गाहरू पिता पछि छोरा हामी दुईको एक भाग भक्तराज र प्रयागराज दुई भाइको एक भाग गरी मिति २०२०।६।१५ गते घरसारमा बण्डा भएकोमा बण्डापत्र पास गर्न काठमाडौं जिल्ला अदालतमा फिराद परी अदालतबाट पास हुने ठहरी मिति २०२२।९।२६ मा फैसला भई मालपोत कार्यालय, काठमाडौंमा पास गरी दिन पुर्जी भई गए बमोजिम तारिखमा रहेका थियौं । फैसला र अदालतको पुर्जी बमोजिम बण्डापत्र पास नगरी मिति ०३७।१०।८ मा तारिख टुटाई दिएको छ । रैकर परिणत गराउनु पर्ने जग्गा बण्डापत्र पास भएपछि गर्ने भन्ने कुरा बण्डापत्र नै उल्लेख छ । बण्डापत्र पास नगरी दिएबाट मालपोत कार्यालयमा तारिखमा रहेको अवस्थामा जग्गा रैकर परिणत गरी पाउँ भनी श्री ५ महाराजाधिराज सरकारका हजूरमा मिति २०३५।१।१२ मा विन्तिपत्र चढाउँदा आवश्यक कारवाही गर्नु भन्ने हु.प्र. बक्स भई मालपोत विभाग मार्फत मिति २०३५।१०।२।३ मा मालपोत कार्यालय, काठमाडौंमा दाखिल भई कारवाही हुँदा मिति २०३६।४।१० मा दाजु भक्तराज मोही भवनकुमारीका पति कुवेरध्वज तथा भक्तेन्द्रध्वज समेत झिकाई मिति ०३५।८।२ मा कागज समेत गराएको छ । उक्त कारवाहीको सिलसिलामा फिल्डबुकबाट टंकेश्वर ताहाचल गाउँपञ्चायत वडा नं. ८ कि.नं. १२०, १२१, १२२, १२३, १२४ मध्ये कि.नं. १२३ र १२४ मा मोही भक्तेन्द्रध्वज सिलवाल र कि.नं. १२० र १२२ मा मोही झंकध्वज सिलवाल कि.नं. १२१ मा कुवेरध्वज भनी जग्गाधनीमा हामी निवेदकको नाम जनिएको र कैफियतमा हीरा भक्तराजको नाम जनिएको उक्त जग्गा साविक किचनडोल १६१ नं. मा दर्ता भ