निर्णय नं. १४३ - अंश जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४३ - अंश जालसाजी भाग: ४ साल: २०१८ महिना: कार्तिक अंक: ४ फैसला मिति :२०१६/०८/२१ २९२० निर्णय नं. १४३ ने.का.प.२०१८ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री डि. अ. नं. २०२ अपीलाट, वादी : तुल्सीबहादुर डंगोल विरुद्ध विपक्षी, प्रतिवादी : शेरबहादुर डंगोल समेत मुद्दा : अंश जालसाजी (१) शेषपछिको बकसपत्र भएमा – दाता जीवितै भए बकस पाउनेको हक नलाग्ने हुँदा जालसाज बिषयको मुद्दा २ बर्ष पछि हदम्याद नाघेर उजुर गरेको भन्न नमिल्ने । पेवाको सबुद दानदातव्यको ४ नं. मुताविक गुजार्न पर्ने – सगोलको अंशियारको आर्जनमा अंशबण्डाको ३७ नं. मुताविक सबै अंशियारको हक पुग्ने । यसमा ९० साल कार्तिक ११ गते रोज ६ मा पास भएको तमसुकमा प्रतिवादी कान्छी डंगोल्नीको दाइजो पेवाबाट खरीद भएको भनि नजनिएको र सो भएको मितिले २ बर्ष भित्र उजुर गर्न पर्ने भन्ने हकलाई वादी त्यस बखत नाबालक भएको र सो दाइजो पेवाबाट खरीद भएको साँचो भए प्रतिवादी कान्छीले नै आफ्नु नातिनीहरूलाई ११।१०।११ मा लेखी दिएको बकसपत्रमा पनि लेखिन पर्ने । सो पनि नभएको । अंश मुद्दामा नालिस गर्दा प्र. शेरबहादुरले आफ्नो प्रतिउत्तरपत्रमा लेखेको व्यहोराबाट मात्र अंश मार्न जाल गर्न थाले भनी थाहा पाउनु स्वभाविकै हुँदा र त्यस मितिले ऐनका म्याद भित्र यो जालसाजीमा उजुर परेकै देखिएकाले अरु सिंगलका रायमा लेखिएका बुँदा प्रमाणबाट समेत प्रतिउत्तरपत्रको व्यहोरा जालसाज गरेको होइन भन्न नमिल्ने । (प्रकरण नं. ८) अंशबण्डा हुने घरलाई अंश मार्न जाल गरी प्रतिउत्तर दिए भन्ने दावी भएकोबाट ९० सालको खरिदी मितिको २ बर्षको हद लाग्न र शेषपछि बकस पाउनेको हक पुगी भोग भएका २ बर्षसम्म दानदातव्यको १५ नं. ले नालिस लाग्नेमा कान्छी जीवतै हुनाले बकस पाउने नातिनीहरूको हकै पुगी नसकेबाट बकसपत्र उपर उजुर नगरेको भन्न समेत नमिल्ने र दानदातव्यको ४ नं. को रीत पुगेको पेवाको सबुद नआएको । अंश बण्डाको ३७ नं. ले सगोलको अंशियारको आर्जन सबै अंशियारलाई भाग बण्डा लाग्ने । अघिको स्वबासी घर ७९ सालमा प्र. शेरबहादुरले बिक्री गरेपछि ९० सालमा कान्छीका नाउँमा खरिद गरेको । पछि बनाउदा पनि सगोलमै बनाएको घर वादीको अंश लाग्दैन भन्न नभई । (प्रकरण नं. ७) अपीलाट तर्फबाट : प्लिडर नारायणप्रसाद । प्रतिवादी तर्फबाट : प्लिडर बलभद्र मिश्र । फैसला १. यसमा बाबु शेरबहादुरका नाउँमा अंशमा नालिस गरेकोमा मेरो घर १ थियो । ७९ साल मै बिक्री भई सक्यो । कान्छी स्वास्नीको पेवाबाट नरेन्द्रबहादुरसँग मोरु १०००१। मा ९०।७।।११ मा घर किनी स्वास्नीकै पेवाबाट भन्ने जालसाजी प्रतिवादी दिएकोले ऐन बमोजिम सजाय गरी पाउँ भन्ने समेत वादी । २. वादीको आमा मरी कान्छी ल्याएपछि निजको पेवाबाट र निजले सुढेनी भई कमाएकोबाट जोरेको हुँदा निजको खुस गर्न पाउने हुँदा निज कान्छीकै छोरीको छोरी नातिनीहरूलाई ११।१०।११ मा म हकदार लोग्ने साक्षी राखी शेषपछिको बकसपत्र लेखी पास गरी दिएको हुँदा र पछि सडकमा घर पर्नेलाई का. मिनिसिपल्टीबाट झिकाई कान्छीकै मन्जुरी गराएको छ । जालसाज गरेको भए म्यादै भित्र उजुर गर्न सक्नु पर्ने । म्याद नाघेपछिको उजुर हुँदा खारेज गरी पाउँ भन्ने समेत प्रतिवादी । ३. मु. नरेन्द्रबहादुरबाट ९० सालमा कान्छीले फार्छे पास गरी लिएको देखिएको । सगोलको धनबाट कान्छीका नाउँमा जालसाज गरी लिएको थियो भने ९०।७।११ का मितिले किर्ते कागजका २१ नं. बमोजिम २ बर्ष भित्रै उजुर गरी बदर गराउन सक्नु पर्ने नसकी प्रतिवादी दिंदा ज