निर्णय नं. ३०८५ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०८५ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०५/११ २३९० निर्णय नं. ३०८५ ने.का.प. २०४४ अङ्क ५ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रि.फु.नं. ३३ विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक/प्रत्यर्थी: संञ्चालक समिति नेपाल बैंक लिमिटेड तर्फबाट महाप्रबन्धक आनन्दभक्त राजभण्डारी । का.जि.का.न.पं. वडा नं.२६ यटखा बस्ने दुर्गेशमान सिंह । विरुद्ध विपक्षी/रिट निवेदक:जिल्ला ललितपुर ल.पु.न.पं. वडा नं.१ लक्ष्मी सदन चाकुपाट बस्ने बल्लभ शमशेर ज.ब.रा.। आदेश भएको मिति : २०४४।५।११।५ मा कुनै तोकिएको म्याद लागि नियुक्त भएको पुरै म्याद भुक्तान नगरी तोकिएको म्याद अगावै पदबाट कुनै कारणबस अलग हुन्छ वा बहाली रहँदैन भने त्यस्तो अवस्थामा त्यस्तो व्यक्तिको बहाल टुटेको मान्नु पर्ने । (प्रकरण नं. १४) तोकिएको म्याद अगावै सञ्चालकको मृत्यु भई रिक्त हुन आएको सञ्चालक पदलाई सञ्चालकको बहाल कायमै रहेको मान्न नमिल्ने । (प्रकरण नं. १५) रिक्त रहेको पदमा वाणिज्य बैंक ऐन, २०३१ को दफा ५ को उपदफा (६) बमोजिम बाँकी अवधिका लागि त्यसपछि हुने साधारण सभाबाट अनुमोदन गराउने गरी सञ्चालक नियुक्त गर्न पाउने अधिकार सञ्चालक समितिलाई भएकै देखिँदा सो अधिकार क्षेत्रभित्र रही सञ्चालकमा नियुक्त गरेको नेपाल बैंक लिमिटेड सञ्चालक समितिको निर्णय कानून अनुरुप भए गरेको देखिने। (प्रकरण नं. १६) निवेदक, प्रत्यर्थीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली,विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ,विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे विपक्षी, रिट निवेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्रप्रसाद सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४२।१२।२७ को निर्णय उपर उक्त निर्णय दोहर्‍याई पाउँ भनी सञ्चालक समिति नेपाल बैंक लिमिटेड तर्फबाट महाप्रबन्धक आनन्द भक्तराज भण्डारीले तथा दुर्गेशमान सिंहको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका जुनाफमा परेको विन्तिपत्र जाहेर हुँदा मौसूफ सरकारबाट उक्त मुद्दा दोहर्‍याई हेरिदिनु भन्ने हुकुमको प्रमांगी बक्स भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :– २. नेपाल बैंक लिमिटेड नियमावली, ०३२ को नियम २९ मा निर्वाचित हुने सञ्चालकले आफ्नो नाममा कमसेकम २० शेयर लिएको हुनु पर्दछ भन्ने कानूनी व्यवस्था अनुरुप म नेपाल बैंक लिमिटेडको २० भन्दा बढी शेयरको प्रमाणपत्र प्राप्त व्यक्ति हुँ । वाणिज्य बैंक ऐन, २०३१ को दफा ५(२) अनुसार सञ्चालकहरूको नियुक्ति साधारण सभाबाट हुने र ऐ ऐनको दफा ५(५) को अनुसार अध्यक्ष लगायत सञ्चालकहरको कार्य अवधि चार वर्षको हुने र अवधि समाप्त भएको सञ्चालक पुनः निर्वाचित वा मनोनीत हुन सक्ने छ, भन्ने कानूनी प्रावधान छ । वाणिज्य बैंक ऐन, २०३१ मा गरिएको परिभाषा अनुरुप नेपाल बैंक लि. वाणिज्य बैंक हो नेपाल बैंक लिमिटेड नियमावली, २०३२ को परिच्छेद १ को नियम २ को उपनियम (३) मा सञ्चालक समिति भन्नाले वाणिज्य बैंक ऐन, २०३१ को दफा ५ अन्तर्गत गठित यस बैंकको सञ्चालक समितिलाई जनाउँदछ भनिएको छ र ऐ को परिच्छेद ३ को नियम २१ मा वार्षिक साधारण सभा सञ्चालकहरू रोज्दा गुप्त मतदानद्वारा रोजि