निर्णय नं. १४४ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४४ - लिखत बदर भाग: ४ साल: २०१८ महिना: मंसिर अंक: ५ फैसला मिति :२०१८/०४/०८ २३६५ निर्णय नं. १४४ ने.का.प.२०१८ डिभिजन बेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट अ. नं. ७३३ अपीलाट, वादी : टीकाराज पाध्या विरुद्ध विपक्षी, प्रतिवादी : बाबुलाल माडवारी समेत मुद्दा : लिखत बदर (१) आफ्नै उजुरबाटै अंशबण्डाको कागज तैयार भई बण्डापत्रमा मन्जुर समेत गरी सकार गरी सकेपछि – मन्जुरी बेगर भएको भनी बदर गर्न नमिल्ने – दावी गरेकोमा – एकलौटी हकको सबुद पुराउनु पर्ने – हक सबुद गुजार्न नसके दावी साँचो भन्न नहुने । अपीलाटले नै मेरो भाग अंश पाउँ भनी उजुर गरेबाट उहाँको पिताज्यू कुवलयराज बुझ्दा मेरो १ भाग जयराजको १ भाग समेत २ भाग जयराजलाई र टिकाराजको १ भाग निज जिम्मा दिनु भन्ने जवाफ आएबाट अंशबण्डा गर्ने कागज बनाई अपीलाटलाई देखाउन पठाउदा भाग बण्डा मिलाएको ठिक दुरुस्त छ । सो बमोजिम भाग बण्डा गरी लिन दिनामा मेरो मन्जुर छ भनी अपीलाटले नै मन्जुर गरेबाट २०००।४।१०।१ मा अंशबण्डाको खड्गनिशाना भएको मिसिल सामेल रहेको खड्गनिशाना नक्कलबाट देखिएको । उसबखत अंश पाउँ भनी उजुर गर्ने आफैं बण्डा मिलाएको ठीक छ । सो बमोजिम लिना दिनामा मन्जुर गरी बण्डा लिने आफै त्यो बण्डामा कदाचित चित्त नबुझेको भए अंश पाउँ भनी उजुर गर्न सक्नेले चित्त नबुझेको कुरामा उसै बखत मौकैमा उजुर गर्न सक्नुपर्ने, नगरी आफ्नै मन्जुरी बमोजिम बण्डाको खड्गनिशाना भई सो बमोजिम आफ्ना भागमा परेको बण्डा सकार गरी लिएपछि सो खड्गनिशाना अंशियारको मन्जुरी बेगर भएकोले बदर हुने भनी दावी गर्दैमा बिक्री भएको घर जग्गा एकलौटी हक हो भन्ने सबुद प्रमाण बेगर अपीलाटको अपील जिकिर उजुर दावी साँचो मान्न नहुने हुनाले समेत वादी अपीलाटको उजुर झुट्टा ठहराएको इन्साफ अपील दोश्रा फाँटको मुनासिब छ । (प्रकरण नं. ५) अपीलाट तर्फबाट : प्लीडर नारायणप्रसाद फैसला १. यसमा पिताज्यू भू. पू. बडागुरुज्यू कुवलयराजको म कान्छो र माहिला जयराज छोरो हुन् । १९७६ सालमा पिताजी साथ बम्बई गएको । म उमेर पुगेपछि पिताजी दाजुसँग छुट्टी बेगल डेरा गरी बसेको । ८२ सालमा आई घर जग्गा खोजी गरी घर जग्गा मैले कब्जा गरी भोगचलन गरेको । अंशबण्डा ३७ नं. ले उहाँहरूको हक पुग्न नसक्ने । ज. मि. १ नं. ले मेरो हक पक्का भईसकेको । मेरो घर जग्गालाई दाजु जयराजले म उपर कुनियत चिताई मो. रु. ७०००१। बाबु लालबाट लिई १४।८।४ मा पर्सा मालमा पास गरी माडबारी सेवा समितिलाई बिक्री गरी दिनु भएछ । २०००।४।३० का खड्गनिशाना बमोजिम बण्डा भएको भन्ने लेखिएको अंशबण्डा ४९ नं. ले अंशियारको मन्जुरीबाट बण्डापत्र खडा गरी रजिष्ट्रेशन पास भएको हुन पर्ने नभएकोबाट खड्गनिशाना बदर हुने । अंश अ‍ैले सम्म पाएको छैन । बिदेशको नागरिकता प्राप्त गरी सकेकोले नेपालको सम्पत्तीमा हक रहन नसक्ने । मेरो हकको जग्गा प्रतिवादीहरूले ऐन विरुद्ध बिक्री गरेको । सो लिखित बदर गरी पाउँ भन्ने समेत टिकाराज उपाध्यायको फिरादपत्र । २. उहाँहरू भातरमा गइ बसे भन्दैमा नेपालको अंश हरण हुन नसक्ने । वादीले एकलौटी खान पाउने कुरा थिएन । असूल तहसील बडागुरुज्यू तर्फबाटै भईरहेकोमा सो झिकी ९२।७।२९ गते देखि नगदी तहवीलबाट गरी वादीलाई महिनावारी दिई रहेको । पछि २००० सालमा उहाँहरूको अंशबण्डा हुँदा भाग खोली खड्गनिशाना भएकोबाट वादीका भागको वादी जिम्मा लागिसकेको कुवलयराजज्यूको भाग जेठा छोरा जयराजलाई दिई २ भाग मध्ये जयराजज्यूको भागको घर जग्गा उहाँबाट लिई माडबार