निर्णय नं. ८८५१ - अश दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८५१ - अश दर्ता भाग: ५४ साल: २०६९ महिना: असोज अंक: ६ फैसला मिति :२०६८/१०/१८ ३७९१ ने.का.प. २०६९, अङ्क ६ निर्णय नं. ८८५१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६६-WO-०४३८ आदेश मितिः २०६९।२।२४।४ विषय : उत्प्रेषण । निवेदक : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. २ बस्ने मदनभूषण पराजुलीको छोरा गोपालभूषण पराजुली विरूद्ध विपक्षीः पुनरावेदन अदालत पोखरा समेत § तत्काल गरिने अन्तरकालीन प्रकृतिका आदेश फैसला सरहका नभई त्यस बेलाको औचित्यका आधारमा गरिने तत्कालका लागि दिइने आदेश हुन, जसले सवूद प्रमाण संकलन र परीक्षण पछि तिनको मूल्याङ्कनका आधारमा हुने फैसलालाई प्रभाव पार्न नसक्ने । § रोक्का आदेश विवादमा आएको चल अचल सम्पत्ति आवश्यकताअनुसार प्रतिउत्तर नपरेसम्मका लागि वा मुद्दा किनारा नभएसम्मका लागि यथास्थितिमा राख्ने समेतको कानूनी उपक्रम हो । यस्तो आदेश कसैका हकको सिर्जना र कसैको हकको समाप्तिकै आधार बन्न नसक्ने । (प्रकरण नं.७) § रोक्का आदेशहरू उत्प्रेषणद्वारा बदर गरी विवादित जग्गा निवेदकका नाममा दर्ता गरिदिनु भन्ने परमादेश जारी गर्दा फिराद र प्रतिउत्तरमा उठाइएको विषयमा प्रवेश गरी सबूद प्रमाणको मूल्याङ्कन गरी निष्कर्ष निकाल्नु पर्ने हुन्छ । बन्दीप्रत्यक्षीकरण बाहेक अन्य रिटका हकमा सबूद प्रमाणको मूल्याङ्कन गर्नै सकिन्न । त्यसमा पनि मातहत अदालतमा विचाराधीन मुद्दाका विषयवस्तुका हकमा निर्विवाद तथ्य र प्रष्ट कानूनी त्रुटि विद्यमान रहेको र सबूद प्रमाणको मूल्याङ्कन गर्नै नपरी सामान्य अवलोकनबाटै निष्कर्ष निकाल्न सकिने अवस्थामा बाहेक उपल्लो अदालतले हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं.१०) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल तथा विद्वान अधिवक्ताहरू प्रेमबहादुर खड्का, रमणकुमार श्रेष्ठ, जयनारायण पौडेल र गोपालभूषण पराजुली प्रत्यर्थी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता गंगाप्रसाद पौडेल एवं विद्वान अधिवक्ताहरू हरिप्रसाद सुवेदी, ज्ञानेश्वर पराजुी, कृष्णप्रसाद सापकोटा, कृष्णबहादुर गुरुङ र गोपालप्रसाद शर्मा अवलम्बित नजीरः नेकाप २०४८, असोज, नि.नं.४३१३, पृष्ठ ३०४, नेकाप २०४९, पुस, नि.नं. ४६२०, पृष्ठ ८५० सम्बद्ध कानूनः § अ.वं. १७, १७१ नं. § अंशबण्डाको २० नं. आदेश न्या.प्रकाश वस्तीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) को असाधारण अधिकारक्षेत्र अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ :– मेरो जिजुबाजे पण्डित रत्नाखर पराजुलीका नाममा १८७७ साल कार्तिक १ गतेका दिन पूर्व सेती गण्डकीको डिल दक्षिण कण्ठलोचन गौडाको साँध पश्चिम बलभद्र पराजुलीको मोहरिया कठ्ठी गुठीका डिलको साध र उत्तर कोइरालाको जबदी गुठीको साध यति चारकिल्लाभित्रको घैयाको बीज मुरी १९ पाथी ५ माना जाने जग्गा विर्तास्वरुप प्राप्त भै अविछिन्न भोगचलन गर्दै आइरहेको साविक कि.नं. ३३८ र ५९१ को बतासे लाम्पाटो र निबुवाघारी, २००२ सालको घरदर मुचुल्का, २०१० सालको मिलापत्र, २०११ सालको पारीत बण्डापत्र, २०१६ सालको विर्ता विवरण, २०१९ सालको नम्बरी दर्ता, २०२० सालको छोडपत्र, २०३० सालको नक्सा मुचुल्का, मिति २०३३।८।१४ को पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखराको फैसला, २०४८ सालको कास्की जिल्ला अदालतको फैसला, २०५० सालको पुनरावेदन अदालत पोखराको फैसला, २०६२।६।९ को सर्वोच्च अदालतको फैसला, २०६५।४।१३ र २०६५।४।१५ को पूर्ण इजला