निर्णय नं. १४५ - कृश्चियन धर्ममा लाग्यो भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४५ - कृश्चियन धर्ममा लाग्यो भन्ने भाग: ४ साल: २०१८ महिना: मंसिर अंक: ५ फैसला मिति :२०१८/०७/२३ ३२९२ निर्णय नं. १४५ ने.का.प.२०१८ डिभिजन बेञ्च का. मु. प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री क्षत्री फौ. डि. नं. ३५/१४ वादी : सरकार विरुद्ध विपक्षी, प्रतिवादी : ग्वारा गुभाजु समेत मुद्दा : कृश्चियन धर्ममा लाग्यो भन्ने (१) अबस्था परी पोल गरेको स्वभाविकै देखिने र सोलाई मान्यता दिन नमिल्ने । कृश्चियन धर्ममा लागेमा कृष्णबहादुर उपर दलबहादुर समेतले पोल गरे पनि निजले अहिलेसम्म आफ्नै धर्ममा छु । कृस्चियन धर्म मन परेन भनी इन्कार गरेकाले निजले आफ्नु धर्म छोड्न नचाहेको । एकै क्षेत्रमा काम गरेको मानिस हुँदा आफ्नु समाजमा मिल्न नआएको व्यक्ति उपर दलबहादुर समेतले पोल गर्नु पर्ने अबस्था परी पोल गरेको स्वभाविकै देखिन आएकोले निज कृष्णबहादुर कृस्चियन धर्ममा लागे लाग्न खोजेको समेत ठहर्दैन । (प्रकरण नं. १५) (२) अदालतको २९ नं. का २ दफा दुई खण्डमा छुट्ट्याइएको – पहिलोमा मत प्रचार गर्ने, सो मतमा लौजानेलाई सजायको व्यवस्था गरिएको र दोश्रामा जाने, जान उद्योग गर्नेलाई सजाय तोकिएको । त्यसै नम्बरको १ दफामा लेखिएको काम गर्नेलाई भन्ने वाक्यांशबाट दफा शुरु भएको देखिनाले १ दफामा लेखिएको दुवै किसिमको कसूर गर्नेलाई एउटै सजायको व्यवस्था गरिएको हो कि ? भन्नालाई २ दफाको पहिलो खण्डमा जाने वा जान उद्योग गर्नेमा उद्योगसम्म गरेको भए पचास रूपैयाँ जरिवाना गर्नु । गई सकेको भए त्यस्ताले आफ्नो अंश केही पाउँदैन । हकवाला भए हकवालाको हुन्छ । नभए सरकार लाग्छ । भात पानीमा पारेको भए सो पारेको ऐनले हुने सजायमा १ बर्ष थप कैद गरी बिदेशी मानिस रहेछ भने देश निकाला गरी दिनु भनी जुन किसिमसँग माथिल्लो खण्डमा भनिएको छ, सोही किसिमसँग भात पानीमा परे–पारेको भए बिदेशी मानिस भए देश निकाला गरी दिनु भन्ने समेतको व्यवास्था गरेको देखिएको छ । यदि यो पछिल्लो खण्ड जान उद्योग गर्नेलाई मात्र हो भनौं भने भात पानीमा परे–पारेको र बिदेशी मानिस भए देश निकाला गरी दिनु भनी दोहर्याई लेखिरहनाको केही मतलव थिएन । जब कि माथि शुरुमा नै त्यसको उल्लेख गरिएकै छ । फेरि जान उद्योग गरिने मात्र नभई “जाने, जान उद्योग गर्ने” भन्ने प्रष्ट शब्दमा लेखिएको छ । २९ नं. को देहाय १ दफामा जुन विधर्मी मतमा लैजाने र जानेलाई जताततै वाक्यमा प्रष्ट रूपमा लेखियो । त्यसबाट २ दफामा सजायको व्यवस्था गर्दा पनि ऐन निर्मात्री शक्तिले विधर्मी मत प्रचार गर्न वा लैजाने कसूर गर्नेलाई एक सजाय र विधर्मी मतमा जाने कसूर गर्नेलाई अर्को सजायको व्यवस्था गरेको देखिएको छ । जहाँ २ दफामा २ खण्ड छुट्ट्याइयो, पहिलोमा मत प्रचार गर्न, सो मतमा लैजानेलाई भनी सजाय दिने व्यवस्था गरी सजाय तोकिएको । दोस्रामा जाने, जान उद्योग गर्नेलाई सजाय तोकिएको । त्यसैले लैजाने र जाने व्यक्तिहरूलाई अलग सजायको व्यवस्था भएको देखियो । (प्रकरण नं. २०) सरकार तर्फबाट : एटर्नी जनरल प्रतिवादी तर्फबाट : वैतनिक प्लीडर नन्दीकेशर सिबाकोटी, एडभोकेट नीरकुमार र एडभोकेट टोपबहादुर फैसला १. यसमा मिशनरी कार्यकर्ताहरूले गाउँ गाउँमा जाँदा क्रिश्चियन धर्मको प्रचार गरेको छैन । अस्पतालमा काम गर्ने स्टाफलाई आइतबारमा प्रार्थनामा उपस्थिति हुन अनिबार्य गरिएको भन्ने कुरा आधारहीन हो । हाम्रो कुनै प्रार्थना वा सभामा स्टाफहरू आफू खुसीले भाग लिन सक्छन् । हामीले कसैलाई यसमा उपस्थित हुन दवाव राखेको छैनौं । साथै यो कृस