निर्णय नं. ३०८६ - ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०८६ - ज्यान । भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०५/२३ २१३२ निर्णय नं. ३०८६ ने.का.प. २०४४ अङ्क ५ पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्र केशरी वास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको फौ.पु.नं. २० मुद्दा : ज्यान । निवेदक/प्रतिवादी: जिल्ला महोत्तरी सहरवा गाउँ पञ्चायत वडा नं. ७ हरिदिया बस्ने बद्री नारायण यादव । विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार । फैसला भएको मिति : २०४४।५।२३।३ मा प्रहरीमा भएको बयानमा निजको लेखात्मक सहिछाप परेको देखिन्छ, बेहोशी अवस्थामा रेखात्मक सहिछाप गराउन समर्थ भए पनि स्वेच्छा वेगर लेखात्मक सहिछाप गराउन सकिने हुँदैन, यस स्थितिमा प्रमाण ऐन, २०३१ को दफा ९ ले प्रहरीमा गरेको बयान प्रमाण लिन सकिने । (प्रकरण नं. २९) कुटपिट मुद्दामा सकारेको सरजमीनको बकपत्रलाई पछि होइन प्रहरीले आफूखुशी लेखी सहिछाप गर भनेकोले सहिछाप गरेको भनी प्रहरीलाई दोष दिएको कुरा वास्तविक र कानूनी तथ्य हो भनी मान्न र लिन नमिल्ने । (प्रकरण नं. ३०) पुरानो रिसइवी केही नभई वारदात स्थलमा दुई पक्ष बीच भनाभन हुँदा तत्काल उठेको रीसबाट भिडको अगाडि रहेको भरोसीलाई हानेको लाठीको चोटबाट निज भरोसीको तत्कालै मृत्यु भएको देखिँदा प्रतिवादीलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजायँ गर्ने ठहर्याएको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. ३१) निवेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ तथा विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी, वादीतर्फबाट : विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री वलराम के.सी. उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४१।१२।१८ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्जबाट छिनिएको ज्यान मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी छिनिदिनु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ। २. २०३७ साल आषाढ ९ गतेको राती गरीब र धनी पक्षको बीच वादविवाद हुँदा वातावरण चर्कन गई बद्रीनारायण यादव समेतका व्यक्ति हात हातमा भाला लाठी लिई आई बद्रीनारायण यादवले गरेको लाठीको चोटबाट भरोसी मण्डललाई टाउकोमा लाग्न गई सोही तत्काल मृत्यु भएको हुँदा कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको लक्ष्मण वलीले दिएको जाहेरी । ३. मिति २०३७।३।९ को साँझमा ७।८ बजेतिर गरीब पक्षका ३०।३२ जना महावीर र पुरणको घरनिर जम्मा भएकोमा थाहा पाई धनी पक्षको २५।३० जना त्यस ठाउँमा पुगी दोहोरो भनाभन हुँदा पुरणले बद्रीलाई बोलाई ल्याउनु भनी खबर पठाई बोलाई ल्याएपछि बद्रीनारायण यादवले हातमा लिएको बाँसको लाठी एक्कासी प्रहार गर्दा गरीब पक्षको भरोसी मण्डललाई लाग्न गई घटनास्थलमै मृत्यु भएको हो भन्ने समेत विनोद झा, बुन्धा झा, मोहन झा, दशरथ यादवले गरेको बयान । ४. मिति २०३७।३।९।१ को साँझ गरीब पक्षका मानिसहरू पुरणको घरनिर आई झगडा हुन थालेको छ । तपाई पनि जान पर्यो भनी मलाई घरमा आई सत्येन्द्र समेतले भनेपछि म हातमा लाठी लिई उनीहरूको साथमा जाँदा धनी र गरीब पक्षका बीच भनाभन भएको रहेछ । त्यस अवस्थामा महावीर र पूर्णको घरबाट लाठा ढुड्डा चलाउन लागेकोले गरीबहरू रीसाई हामीलाई मार्न पाउँदैनौ भनी अगाडि बढ्न