निर्णय नं. १४७ - जग्गा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४७ - जग्गा भाग: ४ साल: २०१८ महिना: मंसिर अंक: ५ फैसला मिति :२०१७/१०/११ २४८८ निर्णय नं. १४७ ने.का.प.२०१८ फुलबेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट दे. फु. नं. ६।५ निवेदक, प्रतिवादी : डि. चन्द्रकुमारीको सकार गर्ने नजरमान कर्माचार्य विरुद्ध विपक्षी : मे. क. लिलाबाहादुर अधिकारी मुद्दा : जग्गा (१) भएको फैसला कतैबाट दोहरिएको नदेखिएमा चित्त बुझाएकै भन्नु पर्ने । थैलि हाली जग्गा लिनेले कत्ति पनि जग्गा नपाउने भन्ने कुरा मनासिब भन्न नहुने । ले. लिलाबहादुरले मेरो ५२।। रोपनी जग्गा मा १२।। रोपनी जग्गा साँध मिचि खाए । जग्गा पुर्याई पाउँ भन्ने समेत राजमान समेत उपर गरेको मुद्दामा जग्गा मिचेको ठहर्दैन भन्ने समेत श्री कमाण्डर इन्चीफबाट २००७।८।१५।५ मा सदर गरी तोक फैसला भएको र सोही मितिमा यस मुद्दा तर्फ डि. चन्द्रकुमारीलाई ४।। रोपनी ले. लिलाबहादुरलाई ७।।///।।। १ जग्गा पाउने गरी श्री कमाण्डर इन्चीफबाट तोक फैसला भएकोमा लिलाबहादुरले आफूले चले उपरोक्त मुद्दामा मिचेको ठहर्दैन भन्ने तोक फैसला उपर सो मुद्दा कतैबाट दोहरिएको नदेखिएको र थैलि हाली जग्गा लिने चन्द्रकुमारीले कत्ति पनि जग्गा नपाउने गरी फुलबेञ्चबाट फैसला भएको देखिंदा उक्त ०७।८।१५।५ का श्री कमाण्डर इन्चीफबाट भएका तोक फैसला बमोजिम डि. चन्द्रकुमारीलाई ४ ।। रोपनी ले. लिलाबहादुरलाई ७।///।।।१ पाउने गरेको इन्साफ मुनसिब छ । (प्रकरण नं. १४) निवेदक तर्फबाट : वैतनिक वकिल कृष्ण श्रेष्ठ फैसला १. यसमा हाम्रो हकको सु. दुर्गाप्रसादले कमाएको इ. नं. ११६ को धुमबाराहीको हिजाखुसी खेत रोपनी ४।। नक्कली हर्षवीर दर्तावाला भन्ने खडा गरी डि. चन्द्रकुमारीले किनी लिई दर्ता गरेको बुझिएकाले सो हाम्रो पोता रसिद खरिद–बिक्री गर्ने गरेमा सजाय गरी १९९१।९।१३ मा दर्तावाला हर्षवीरबाट मोहरू २० बीसमा खरिद गरी लिएको जग्गा हामीहरूकै नाउँमा दर्ता गरी पाउँ भन्ने समेत मैयाँ नानी चनमति रंजितकारनीहरूको दर्खास्त उजुरी । २. लिलाबहादुर समेतसँगको जग्गा मुद्दामा पनि मेरै हक ठहरी फैसला भएको ९९।९।३।६ मा मो. रु. २२००। मा दर्तावाला हर्षवीरबाट खरिद गरी लिएको ४२८ नं. पोताको मौजा नं. २२१ कि. नं. १३२।१३४।१३८।१४२ को हिजाखुशी जग्गा मेरा नाउँमा दर्ता भएको मेरै हक सदर गरी पाउँ भन्ने समेत चन्द्रकुमारीको वा. डि. नजरमान समेतको जिकीर बयान । ३. वादीको दाता हर्षवीर मरी सकेको भन्ने देखिएको । प्रतिवादीको दाता हर्षवीर हाजिर हुन नआएको । हर्षवीरका नाउँको ४२८ पोता नं. को ४।। रोपनी हिजाखुसी जग्गा साविक ७०६ नं. हर्षबीर भन्ने पोता अड्डाको जवाफ ६१ साल देखि हर्षबीरका नाउँमा दर्ता भएको देखिएको । ९९ सालमा डि. चन्द्रकुमारीलाई बिक्री गर्ने हर्षबीरले बर्ष ३६ को उमेर लेखाएकोले ६१ सालमा डि. चन्द्रकुमारीलाई बेच्ने हर्षबीर जन्मेकै नदेखिने । ६१ साल देखि हर्षबीरका नाउँबाट पोता तिरेका रसिद पनि चनमति मैयाँ नानि तर्फबाट हस्तिवारी बुझाई आएको रसिद पेश भएकोले प्रतिवादीको दाता हर्षबीरको भोग पनि नदेखिने हुनाले समेत साविक ७०६ नं. पोताको हाल ४२८ नं. हर्षबीरको पोता बिर्ता हिजाखुशी सु. दुर्गाप्रसादले कमाएको । मौजा नं. २५ कि. नं. ११६ को त्यही रहेछ भन्ने प्रष्ट देखिएको । हाल ४.८ नं. पोताबाट डि. चन्द्रकुमारीका नाममा कि. नं. १३२।१३४।१३८।१४२ मा दर्ता गरेको जग्गा रोपनी १२।.।।। बेनिस्साको देखिन ठहर्न आएकोले सर्वेलाई भएका सवालले रैकर हुने र २२०० परेको भन्ने राजिनामाबाट देखिंदा अरुक