निर्णय नं. १४९ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४९ - ज्यान भाग: ४ साल: २०१८ महिना: पौस अंक: ६ फैसला मिति :२०१७/०४/२६ २९७५ निर्णय नं. १४९ ने.का.प.२०१८ सिंगल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान नं. १७३४ वादी : अजुध्या मगर्नी विरुद्ध विपक्षी : जनबहादुर राई समेत मुद्दा : ज्यान (१) घा जाँच गर्दा भाँचिएको अंग थाहा हुने । घा जाँच रिपोर्टमा उल्लेख नभएको लासजाँचमा देखिन आएको तत्वबाट प्रतिवादीहरू उपर लगाइएको दोष मान्न हुने वा नहुने । यदि त्यसै अबस्था (घा जाँच गर्दा) स्टर्नम् हड्डी भाँचेको भए सो अबश्य थाहा हुनु पर्ने र घा जाँच रिपोर्टमा त्यसको उल्लेख हुनु पर्ने । त्यसो नभई मानिस मरी सकेपछि लासजाँचमा मात्रै स्टर्नम हड्डी भाँचिएको देखिन आएको हुनाले प्र. हरूको कुटपीटबाट भाँचेको भन्न नमिल्ने । (प्रकरण नं. १०) (२) नील सामान्य भए – लागेको चोटबाट मरेको नठहरिए र प्रहार गर्ने प्रष्ट नदेखिएमा सजाय गर्न नमिल्ने । प्र. जनकबहादुर राई र प्र. मानबहादुर राई वारदातमा सामेल थियो भन्ने ठहरिएको तर कसको चोटबाट मर्नेको छातीमा नील पर्न गएको मिसिलमा नदेखिएको र सो नील सामान्य भनी डाक्टरले लेखेको र त्यस चोटबाट खड्गबहादुर मरेको नठहरिएको हुनाले निज जनकबहादुर मानबहादुरलाई थुनाबाट तुरुन्त छाडी दिन फोन दिने । (प्रकरण नं. १३) फैसला १. यसमा ०१ साल फाल्गुण ११ गते बेलुका पवित्रा मगरनीले गुहार भनी हल्ला गर्दा मेरा लोग्ने खड्गबहादुर, दिल्ली सिं गुरुङ, हित मान मगर समेत पवित्राको घरमा गएका थिए । निजहरू फिरी आएपछि प्र. ७ जना पवित्राका घरमा रहेछन् । भुते राईले भात छोई दिएछ । किन यस्तो ग¥यौ ? भन्दा भनाभन भई कुटपीट गरे भन्थे । निज लोग्ने खड्गबहादुर १४ गते देखि हिंडडुल गर्न नसकी थला परी २६ गते मरे । कुटपीटको चोटपिरबाट मरे । अघिको इबी थिएन भन्ने व्यहोराको अजुध्या मगरनीको फिराद बयान भएपछि इलाम अमिनीले स्थानीय डाक्टरबाट लासजाँच गराई सरजमिन गर्दा प्र. भुते राईले भात छोई दिएर किन यसो गरेको भन्दा तलाई कुटछौं भने । गुहार भनी कराउँदा मर्ने खड्गबहादुर समेत ३ जना आए । भनाभन झगडा भई कुटाकुट गरे । म डरले ढोका थुनी बसें । एक घडी जति हल्ला गर्दै थिए ३।४ घडी पछि हेर्दा कोई थिएन । भोलिपल्ट बिहान खड्गबहादुर आई मलाई समेत कुटे । घा जाँच गर्न जान्छौं भन्थे । १४ गते देखि हिंडडूल गर्न सकेनन् । कुटेकै पिरबाट मरेका हुन् भन्ने लाग्छ भन्ने पवित्रा मगरनी । २. कुटपीट भएको घा जाँच गरेको र मरेको सुनेको हुँदा कुटपीटकै चोटले मरेका हुन् भन्ने लाग्छ भन्ने सरजमिन ५२ जना । ३. माजरा स्थानमा हामी थिएनौं । त्यस अघि नै बिदेश गएका थियौं । ०२।०३ सालमा मात्र घर आएका थियौं भन्ने प्र. जनकबहादुर राई र प्र. मानबहादुर राई, मचानबाट खसी सो चोटपिरले मरे होला भन्ने दुबै प्रतिवादीहरूको बयान । ४. बुझिएसम्म प्रमाणबाट कुटपिट वारदातमा प्र. हरू भएकै ठहर्छ । घा जाँच फाराममा छातीमा नील भन्ने र पछि सोही नील भएको ठाउँमा हड्डी भाँचिएकोबाट मरेको भन्ने डाक्टरले लेखेको । यसले पहिला चोट छोड्यो भन्ने समेत अरु कुरा खुल्न नसकी ७ जनाले कुटपीट गरे भन्ने लेखिएकोले ज्यान सम्बन्धीको २५ नं. बमोजिम दामल गर्नु पर्ने हो कि ? भन्न यिनैहरूका पिरबाट मरेको पनि देखिन नआएको । यतिकैबाट दामलको सजाय चर्को पर्ने । ज्यान सम्बन्धीका ३२ नं. मा ३ बर्ष देखि ६ बर्षसम्म तजविजले कैद गर्नु भन्ने भएकोले तजविजबाट तोकी बक्सेको सजाय गर्ने । फरार रहेका ५ जनाका हकमा मुल्तवी राख्ने भनी इलाम अमिनीले जाहेरी फैसला गरेको । ५. वारदातमा प्र. हर